चोरको खुट्टा काट्नुपर्छ भन्दा आफ्नै खुट्टा उचाल्नेहरूले चित्र बहादुर केसीको बिश्लेषण नबुझेको देख्दा तिम्रो विज्ञतामा पनि प्रश्न गर्न मनलाग्यो । एआई र एल्गोरिदमको प्रयोग गरेर आफ्नै देशलाई सत्तो सराप गर्नेहरूले केसीको कुरा बुझ्न पनि बर्षौं पो लाग्ने हो कि ? सिआइएले तयार गरेको मनोबिज्ञानका रोगीहरूलाई खपीसक्नु नभएको देखेर उदेक लाग्यो । ‘हिजो संघीयता नेपालले धान्न सक्दैन, यो सेतो हात्ती देशले पाल्न सक्दैन’ भन्दा गालीगर्नेहरूले अहिले बल्ल बुझ्दै छन् ।
केसीको बोलीलाई असफल बनाउन आधा घण्टीधारी मित्रहरूलाई चुनौती दिन चाहन्छु । अघिल्लो सरकारले एमसिसी पास गर्यो । तर जनताको उच्च दवावका कारण एसपिपी पास गराउन पुराना पार्टीहरूबाट सम्भव नभए पछि सिआइएले पुराना पार्टीहरूलाई पाखा लगाउँदै नयाँ, सक्षम र पढेलेखेको जस्ता नाराका आधारमा एआई र एल्गोरिदमको मार्फत नेपाली जनताका ब्रेनवास गर्न सफल भयो । फलस्वरूप २०६४ मा माओवादीकै शैलिमा यो पटक जनताले रास्वपा रोजे । २०६४ मा माओवादीलाई युद्धबाट फर्काएर उनीहरूको एजेण्डा सकाएर बेकामे बनाउनु थियो । फलस्वरूप पहिलेको प्रचण्ड अहिलेको प्रचण्ड बने ।
बोली र ब्यबहार नमिले जनताले सजाय दिन्छन् भन्ने सोझो अर्थका लागि नेपाली जनतालाई धन्यबाद पनि दिन चाहन्छु । तर त्यस पछाडिको कारण पनि बिस्तारै जनताले बुझ्ने नै छन् । अहिले जो जसले बिदेशमा बसेर घरमा भित्ताको सहारा लिन पुगेका बा–आमालाई मनोबैज्ञानिक ब्ल्याकमेलिङ गरेका छन् । उनीहरूले परिवारलाई दिएको मनोबैज्ञानिक दवावको मूल्यका बारेमा बुझ्दै जाँदा पछि पछुताउनु सिवाय केहि बाँकी रहने छैन । जसले त्यो काम गरे उनैले अहिले चित्रबहादुरलाई बढि गाली गरिरहेका छन् । तातो पानीले घर जल्दैन मित्रहरू, गाली गर्दै जानुस् शुभकामना । बिदेशमा त हामी पनि बसेका छौँ तपाईहरू मात्रै होइन ।
नेपालमा बाबु–आमालाई मनोबैज्ञानिक दवाव दिने प्रशिक्षण चलाएरै घण्टीमय बनाउन सिआईएको योजनामा एल्गोरिदमको प्रयोग गरेर देश खतमै भएको, केहि पनि हुँदै नभएको र भएका कुरालाई लुकाएर नकारात्मक कुराहरूमात्रैको बिउ रोपेर नेपाली युवाहरूलाई समेत मनोबैज्ञानिक तरिकाले ब्रेनवास गर्न सफल भएको कुरा त बिस्तारै खुल्दै जानेछ र बुझ्दै पनि जानेछौँ ।
खुबी भए चित्र बहादुरको भनाइलाई फेल गराएर देखाउन बन्ने सरकारलाई चुनौती दिन चाहन्छु र तपाईहरूले सरकारलाई घचघचाउनु होला । केसीजीलाई मैले बोलेको गलत रहेछ भनेर महशुस हुनेगरी तपाईहरूको पार्टीलाई सुझाव दिनुहोला ।
अन्तमा के भन्न चाहन्छु भने आधाघण्टी मित्रहरू तपाईहरू धेरै नमच्चिएकै राम्रो होला । अब गाली गर्न मनलागे मलाई पनि गर्नुहोला तर राजनीतिक यथार्थतामा उभिएर । प्रश्न गर्नुभयो भने निरन्तर जवाफ दिइरहने छु । तपाईका प्रत्येक प्रश्नलाई सकारात्मक उत्तर दिन म पनि प्रयत्न गर्ने छु ।