ईरानराई ##
Advertisement
एउटा बच्चा
झोलाभरि किताबकापी बोकेर
रुँदै रुंँदै
आफ्नो भविष्य खोज्न
विद्यालय जान्छ
साँझपख
हाँस्दै हाँस्दै
ऊ घर फर्कन्छ
भोलि बिहान
उसको एउटा भविष्य
ऊभन्दा अगाडि नै उठेर
अन्तर्राष्ट्रिय हवाई जहाज चढेर उड्छ
उसको दोस्रो भविष्य
ऊभन्दा ढिलो उठेर
गाउँकै दूरदराजका कुनाकन्दरातिरै अलपत्र पर्छ
उसका विदेश उडेको भविष्य
र दूर्गम भिरपहरातिरै अड्किएको भविष्यलाई जोडेर
देशको भविष्य बनाउनुपर्छ
किनकि
देशको भविष्यभित्रै उसको भविष्य पनि अडिएको छ