काठमाडौँ । इरान युद्धका कारण अमेरिकाद्वारा आफ्ना १४ मुलुकका नागरिकलाई देश छाड्न निर्देशन गरेको छ ।
मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ ओटा देश छाड्न अपिल गरेको हो ।
यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो।
अमेरिकी दूतावासले चेतावनी दिँदै नागरिकहरूलाई ‘तत्काल इराक छाड्न’ भनेको छ।
दूतावासले लेखेको छ, ‘इराकमै बस्ने निर्णय गरिरहेका अमेरिकी नागरिकहरूलाई इरान समर्थित आतंकवादी मिलिसिया समूहहरूबाट उत्पन्न गम्भीर खतरालाई मध्यनजर गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरिन्छ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाले शनिबार ओमानबाट गैर(आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई बाहिरिन आदेश दिएको जनाएको छ।
यसैबीच, स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्रबाट अमेरिकी सेनालाई उडान भर्न दिने दुईवटा अनुरोधलाई खारेज गरिदिएको छ। स्विस सरकारले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। स्विट्जरल्यान्डले इरान युद्धलाई लिएर यस्तो निर्णय गरेको जनाएको छ।
स्वीस सरकारले आफ्नो निर्णयको पछाडि देशको ‘तटस्थता कानुन’ लाई उद्धृत गरेको छ।





