• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

इरानमा २०० लक्ष्यमा इजरायली आक्रमण


  •   शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
  • इरान । इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका २०० भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायल–इरानबीच जारी तनावका बीच गरिएको यस आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको बताइएको छ ।

    Advertisement

    इजरायली वायुसेना (आइएएफ) का अनुसार सैन्य गुप्तचर निकायको निर्देशनमा दर्जनौँ लडाकू विमानले एक दिनभित्र तीव्र आक्रमण अभियान सञ्चालन गरेका थिए । आक्रमणका क्रममा ब्यालिस्टिक मिसाइल प्रक्षेपण प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा युद्धका लागि प्रयोग हुने उत्पादन स्थलहरूलाई लक्षित गरी धेरै हतियार प्रयोग गरिएको बताइएको छ ।

    आइएएफले ‘रोअर अफ द लायन’ नामक अभियान सुरु भएयता इजरायलतर्फ हुने सम्भावित मिसाइल आक्रमण घटाउने उद्देश्यले इरानका विभिन्न सैन्य पूर्वाधारहरूमा सयौँ आक्रमणात्मक उडान सञ्चालन गरिएको जनाएको छ ।

    यसअघि इजरायली रक्षा बल (आइडिएफ) ले इरानी शासनले आणविक हतियार क्षमता विकास गर्न प्रयोग गरेको दाबी गरिएको ‘तालिबान’ नामक परिसर नष्ट गरिएको जानकारी दिएको थियो । उक्त परिसर सन् २००० को दशकमा सञ्चालन गरिएको गोप्य ‘एएमएडी परियोजना” अन्तर्गत उन्नत विस्फोटक विकास र संवेदनशील परीक्षणका लागि प्रयोग गरिएको आइडिएफले दाबी गरेको छ ।

    यसैबीच लेबनान मोर्चामा पनि इजरायली सेनाले हिजबुल्लाहसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेको जनाएको छ । आइडिएफका अनुसार बेरुतस्थित हिजबुल्लाहभित्र इरानी रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को मिसाइल एकाइका अपरेसन कमान्डर अबु धर मोहम्मदी मारिएका छन् । इजरायली सेनाले मोहम्मदी हिजबुल्लाह र इरानबीच समन्वय गर्ने प्रमुख व्यक्तित्व रहेको तथा ‘अपरेसन नर्दन एरोज’ पछि हिजबुल्लाहको क्षेप्यास्त्र कार्यक्रम पुन:स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ ।

    आइडिएफले इरानको इमाम हुसेन डिभिजनका वरिष्ठ कमान्डर अली मुस्लिम तबाजालाई पनि मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार तबाजा हिजबुल्लाह तथा उक्त डिभिजन दुवैभित्र विभिन्न सैन्य जिम्मेवारी सम्हाल्दै आएका प्रमुख व्यक्ति थिए । इमाम हुसेन डिभिजनलाई इरानी कुद्स फोर्सले क्षेत्रीय सहयोगी शक्ति सुदृढ बनाउन र इजरायलविरुद्ध सञ्चालनका लागि प्रयोग गर्ने सैन्य संरचनाको रूपमा लिने गरिएको छ ।

    यसैक्रममा हिजबुल्लाहको ‘रादवान फोर्स’ को दक्षिणी लेबनान एकाइका कमान्डर अबु अली रियान पनि मारिएको आइडिएफले दाबी गरेको छ । रियानले अपरेसन समन्वय, लडाकू भर्ती तथा हतियार आपूर्ति सञ्जाल व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको इजरायली सेनाले जनाएको छ । आइडिएफका अनुसार १०० भन्दा बढी लडाकू मारिएका छन् भने ‘रादवान फोर्स’ का ६० भन्दा बढी कमान्ड तथा नियन्त्रण केन्द्रहरू ध्वस्त पारिएको छ ।

    यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका नयाँ सर्वोच्च नेता आयोतल्लाह मोजताबा खामेनीलाई लक्षित गर्दै कडा चेतावनी दिनुभएको छ । खामेनीका छोरा तथा सम्भावित उत्तराधिकारी मोजताबा खामेनीलाई इजरायलले लक्षित गर्न सक्छ कि भन्ने प्रश्नमा नेतान्याहुले आफूले कुनै पनि ‘आतङ्कवादी सङ्गठनका नेतामाथि जीवन बीमा नीति जारी नगर्ने’ प्रतिक्रिया दिनुभयो ।

    उहाँले मोजताबा खामेनीलाई इरानको रिभोलुसनरी गार्ड कर्प्सको ‘कठपुतली’ भन्दै सार्वजनिक रूपमा खुलेर देखिन नसक्ने व्यक्तित्व भएको आरोप लगाउनुभयो ।

    नेतान्याहुले पछिल्ला घटनाक्रमले इजरायल, इरान तथा व्यापक मध्यपूर्व क्षेत्रबीचको रणनीतिक सन्तुलन परिवर्तन हुन थालेको सङ्केत दिएको बताउनुभयो । साथै इजरायलले आफूले आतङ्कवादी सङ्गठन ठानेका समूहहरू विरुद्ध आवश्यक परे भविष्यमा पनि कारबाही जारी राख्न सक्ने सङ्केत दिनुभयो ।

    शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.