• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चुनावी परिणाम र पराधीनता

"युगदर्शन साप्ताहिक वर्ष १७, अंक २७ मा प्रकाशित सम्पादकीय "

  •   बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
  • कुनै पनि देशको भविष्य त्यहाँका जनताले तय गर्छन् । जनताले यस्तो निर्णय लिनुभन्दा अगाडि आफ्‌नो सम्पन्नता र विपन्नतालाई आधार बनाउँछन् । सम्पन्नता छ भने जनताको प्राथमिकतामा अरू नै विषय हुन्छ तर सम्पन्नता सापेक्ष हुन्छ । जबसम्म मानिसमाझ विभेद रहन्छ, तबसम्म निरपेक्ष समानता स्वैरकल्पनाभन्दा बढी हुन्न । हामी अमेरिकामा देख्न सक्छौँ, त्यहाँ सम्पन्नताको लोभमा संसारभरिका मानिस पुग्दछन् तर त्यहीँ रङ्गभेद छ; जर्ज फ्‌लोयडजस्ता मानिस त्यहाँ मारिन्छन् । अर्कोतिर, चीनलाई हेरौँ, त्यहाँ अमेरिकाको लाख प्रयत्नका बाबजुद तिब्बती जनताले दलाई लामा पुनर्स्थापनाको पक्षमा आवाज उठाउँदैनन् । यस सन्दर्भमा एउटा कुरा भने सत्य हुन्छ । त्यो हो– जनता परिवर्तन चाहान्छन् । जनताको बदलिँदो चाहनाअनुसार शासनसत्ता कायम हुन सकेन भने जनमत परिवर्तन भइरहन्छ । त्यसो गर्दा पनि जनताले राम्रोमध्येबाट बढी राम्रो र खराबमध्येबाट कम खराबलाई रोज्दछन् । पक्कै पनि जनताले सबै परिस्थितिमा सही फैसला लिन्छन् भन्ने होइन । जनता पटकपटक जनता भ्रमित पनि हुन्छन् तर समग्रमा जनता अग्रगमनतर्फ अघि बढ्छन् अर्थात् अब विश्व मानव समुदाय सामन्तवाद, दासयुगतर्फ फर्कने छैन ।

    Advertisement

    सन्दर्भ नेपालको राजनीतिक अवस्थाको लिऊँ । यहाँ छोटो समयमा धेरै राजनीतिक परिवर्तन हुने गरेको छ । नेपालको नक्सा विश्व मानचित्रमा कायम भएदेखि लामो समयसम्म राजतन्त्रको शासन रह्यो । राजतन्त्रभित्रै एक सय चार वर्ष राणाशासन र तीस वर्ष पञ्चायती शासन कायम रहे । यी दुवै शासन निरङ्कुश चरित्रको भएकाले जनताको आन्दोलनले उनीहरू बढारिए । २०४६ सालपछि २०६३ सालसम्म पनि राजतन्त्र नै रह्यो तर यसैबिचमा माओवादीको सशस्त्र युद्ध चल्यो भने २०५९ सालबाट राजतन्त्रको विरुद्ध माओवादीसमेतको सहकार्यबाट २०६२–६३ सालको जनआन्दोलनबाट त राजतन्त्र नै समाप्त भयो तर देशको सामाजिक विभेद र विपन्नता मूलतः यथावत् नै रहेकाले त्यसको प्रतिक्रियास्वरूप २०६३ सालमा मधेस आन्दोलन प्रायोजित गरियो । त्यस्तै युद्धबाट आएको शक्तिलाई मौका दिन २०६४ सालको पहिलो संविधानसभा चुनावले तत्कालीन माओवादीलाई बहुमत दिए तर सुशासन कायम हुन सकेन । २०७४ सालको निर्वाचनमा तत्कालीन ठुला कम्युनिस्ट भनिएका दलहरू एमाले र माओवादीलाई बहुमत दिइयो । फेरि पनि उनीहरूले सुशासन दिन सकेनन् । २०७९ निर्वाचनपछि तत्कालीन माओवादीले राजनीतिक पदलोलुपताको ताण्डवनृत्य नै देखायो । फलस्वरूप दुई ठुला दलको सरकार गठन भयो तर कुशासनका कारण उत्पन्न असन्तुष्टिलाई साम्राज्यवादी शक्तिहरूले उपयोग गर्दा जेनजी आन्दोलन अगाडि आयो । त्यो आन्दोलन र साम्राज्यवादी चलखेलका माझ जनताले रास्वपालाई बहुमत दिएका छन् ।

    संसदीय व्यवस्थामा कुनै पनि दलको बहुमत स्थायी हुँदैन किनकि जनता परिवर्तन चाहान्छन् । सापेक्षतामा कतिपय पक्षले राम्रै काम गरे पनि नकारात्मक प्रचारले चुनाव प्रभावित हुन सक्छ । नेपालजस्तो देशमा, जहाँ कुशासन छ, त्यहाँ झन् राजनीतिक स्थायित्वको आशा गर्न सकिन्न । अर्कोतिर नेपालका लागि राजनीतिक स्थायित्व आफ्‌नो आन्तरिक विषयभन्दा बाहिरको विषय हुन्छ । देशको सार्वभौमसत्ता अर्धसामन्ती र अर्धऔपनिवेशिक भएकाले देशको राजनीतिक नियन्त्रण साम्राज्यवादीले गर्दछन् । देशमा प्रष्ट बहुमतको सरकार हुनुका बाबजुद कुशासनमाथि टेकेर साम्राज्यवादले मध्यावधि चुनाव गराए र अहिले बन्न थालेको नयाँ सरकारलाई पनि साम्राज्यवादी शक्तिहरूले आफ्‌नो स्वार्थअनुकूल हिँडाउने प्रयत्न गर्नेछन् नै । त्यसको स्पष्ट लक्षण देखा परिसकेको छ । झापामा “अबकी बार, मोदी सरकार” को नारा लगाइनु, मतपरिणाम सार्वजनिक हुनुपूर्व बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई आउनु, अहिल्यै मोदीले लामिछाने र बालेनसित फोनवार्ता गर्नु, अमेरिकी दूताबासले नयाँ सरकारसित सुरक्षा विषयमा सहकार्य गर्ने बताउनुले आगामी सरकारको साम्राज्यवादपरस्त पोजिसनलाई नै बताउँछ तर नेपाल प्रत्यक्षतः कसैको पराधीन नबनेको देश हो । जनताले नेपाललाई पराधीन हुन दिने छैनन् ।

    बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.