चंडीगढ । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली र जातिय समता समाजका पूर्व महासचिव रामबहादुर नेपाली मातृशोकमा पर्नुभएको छ । नेपाली दाजुभाईकी ममतामयी आमा चम्फादेबी नेपालीको मार्च १०, २०२६ को बिहान दुखद निधन भएको हो । चम्फादेबी नेपाली ८४ वर्षकी हुनुहुन्थ्यो ।
Advertisement
परिवारका अनुसार उहाँको दुःखद निधन गुल्मी जिल्लाको छत्रकोट गाउँपालीका ६ दौंगास्थित आफ्नै निवासमा भएको थियो ।
चम्फीदेबी नेपालीको निधन पछि मूल प्रवाह सुदुर पश्चिमोत्तर समितिले स्मृतिशेष आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।