• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पराजयमा पनि निराश हुँदैनौँ, राष्ट्रियता र विचारको लडाइँ जारी रहन्छ


  •   सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
  • गणेश अधिकारी ##

    Advertisement

    जहाँ जहाँ राष्ट्रिय जनमोर्चाका उम्मेदवार थिए, त्यहाँ इमानदार, स्वच्छ छवि भएका र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने नेताहरू पराजित भए । यो केवल एउटा पार्टीको हार मात्र होइन, प्रतिनिधिसभामा देशभक्ति र राष्ट्रियताको पक्षमा बोल्ने बलियो आवाजलाई मौन गराइनु पनि हो । नेपालको पछिल्लो चुनावी परिणामले एउटा गम्भीर प्रश्न हामी सबैसामु राखेको छ । इतिहासले हामीलाई एउटा पाठ सिकाएको छ– साँचो राजनीति चुनावले मात्र कहिल्यै तय हुँदैन ।

    राष्ट्रिय जनमोर्चाको बलियो जग र पहिचान

    राष्ट्रिय जनमोर्चा नेपालको राजनीतिमा एउटा विशेष पहिचान बोकेको पार्टी हो । यो पार्टी सत्तामा पुग्ने लोभले होइन, राष्ट्रियता, जनताको अधिकार र स्वाभिमानको लागि सङ्घर्ष गर्ने उद्देश्यले निर्माण भएको शक्ति हो । यसको जरा नेपालको कम्युनिस्ट आन्दोलनको गहिराइमा गएर जोडिएको छ ।

    पार्टीले विगतमा २०४८ साल, २०५१ सालको चुनावदेखि नै राष्ट्रघाती सम्झौता र जनघाती कदमको प्रतिवाद गर्दै आएको इतिहास बोकेको छ । २०५९ सालमा एकता केन्द्रसँग एकीकरण भएर जनमोर्चा नेपाल बनेपछि पनि यसले सिद्धान्त र राष्ट्रियतालाई केन्द्रमा राख्यो। २०६२–६३ सालको जनआन्दोलन–२ मा सातदलीय गठबन्धन र अन्तरिम सरकारमा सहभागी भएतापनि चित्रबहादुर केसीको नेतृत्वमा २०६३ सालमै सत्ताको मोहभन्दा वैचारिक स्पष्टता र राष्ट्रिय हितलाई ठुलो ठान्दै पुन: राष्ट्रिय जनमोर्चालाई पुनर्जीवित गरियो । यो फुट र पुनर्गठनले नै राष्ट्रिय जनमोर्चाको सिद्धान्तप्रतिको गहिरो प्रतिबद्धता देखाउँछ ।

    सडक र संसद् दुवैमा सङ्घर्ष

    नेपालमा धेरै पार्टीहरू चुनाव जितेपछि जनताको आवाज बिर्सन्छन् तर जनमोर्चाको राजनीति फरक छ । जनमोर्चाले सुरुदेखि नै महँगो र जटिल सङ्घीयता खारेजीको मुद्दा उठाउँदै आइरहेको छ । संविधानसभामा सङ्घीयताको विरुद्धमा एक्लो आवाज उठाउने पार्टी जनमोर्चा नै थियो । जब ठुला दलहरू सङ्घीयताको पक्षमा उभिएका थिए, जनमोर्चा राष्ट्रिय एकता र स्वाभिमानको पक्षमा एक्लै सडकमा उत्रियो । अन्तरिम संसद्मा सङ्घीयता घुसाइएदेखि नै निरन्तर खारेजीको माग राखी आन्दोलनमा होमिएको थियो । त्यसपछि पनि लगातार राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजी, गणतन्त्रको रक्षा र राष्ट्रियता जोगाउन नेपाल बन्द, जुलुससभा गरेर आवश्यकताअनुसार सडकलाई आफ्नो कर्मथलो बनाउने शक्तिको रूपमा आफूलाई स्थापित गरेको छ।

    चुनाव परिणाम : किन भयो यस्तो ?

    २०८२ को युवाविद्रोह (जेन्जी आन्दोलन) पछि भएको यो चुनावमा धेरै ठाउँमा इमानदार र राष्ट्रवादी उम्मेदवार हारे । यसको पछाडि धेरै कारण छन् :

    १. पुराना दलप्रति आक्रोश

    नेपाली कङ्ग्रेस, एमाले, माओवादीकेन्द्रप्रति जनता, विशेष गरी युवा, भ्रष्टाचार, गुटबन्दी र बेरोजगारीले गर्दा अत्यन्तै निराश थिए ।

    २. सामाजिक सञ्जालको प्रभाव

    यसपटकको चुनावमा फेसबुक, टिकटक, युट्युबले ठुलो भूमिका खेल्यो । रवि लामिछानेको रास्वपा, बालेन्द्र शाह (बालेन) र हर्क साम्पाङजस्ता नयाँ अनुहारले सामाजिक सञ्जाललाई हतियार बनाएर युवाको मन जित्न सफल भए ।

    ३. भ्रामक सूचना र डिजिटल प्रभाव

    डिस्कर्ड सर्भरदेखि विभिन्न प्लेटफर्ममा भावनात्मक रूपमा उत्तेजित गर्ने सामग्री भाइरल भए, जसले मतदाताको धारणा प्रभावित पार्‍यो । यसले सूचना प्रविधि र डिजिटल माध्यम कसरी भूराजनीतिक हतियार बन्न सक्छ भन्ने देखायो ।

    ४. विदेशी हस्तक्षेपको आशङ्का

    नेपाल भारत र चीनका बिचमा भएकाले, एमसिसी, एसपिपजस्ता परियोजनाको वहाबसँगै चुनावी परिणाममा पनि बाह्य शक्तिको प्रभाव हुन सक्ने आशङ्का गरिएको छ । विदेशी खुफिया एजेन्सीले सामाजिक सञ्जालमार्फत जनमत परिवर्तन गर्न खोजेको टिप्पणी हुने गरेको छ ।
    हामी के गर्न सक्छौँ ?

    यो हार अन्तिम होइन, नयाँ ढङ्गको सङ्घर्षको सुरुवात पनि हो । हामीले केही कुरामा ध्यान अवश्य दिनु आवश्यक छ :

    १) सङ्गठन बलियो बनाऔं । गाउँगाउँसम्म पुग्ने र जनताको घरदैलोमा हाम्रो पहुँच पुर्‍याऔँ ।

    २) युवालाई जोडौँ । युवालाई सचेत, सङ्गठित र डिजिटल प्रविधिमा प्रशिक्षित गरौँ ।

    ३) जनतासँग नजिक हौँ । किसान, बेरोजगार, विद्यार्थीको दैनिक समस्या बुझेर समाधानको बाटो देखाऔँ ।

    ४) प्रचारको नयाँ रणनीति अपनाऔँ । सामाजिक सञ्जालमा हाम्रो विचार र राष्ट्रियताको पक्षमा व्यापक बहस गरौँ ।

    ५) राष्ट्रवादी शक्तिसँग सहकार्य गरौँ । सिद्धान्त र राष्ट्रियताको मुद्दामा कुनै सम्झौता नगरी समान विचार भएका शक्तिसँग सहकार्य गरौँ ।

    निराश होइन, अठोट

    इतिहासले देखाएको छ, फ्रान्सेली क्रान्ति होस् वा रुसी क्रान्ति चाहे चिनियाँ क्रान्ति साँचो परिवर्तन सडक र जनताको बिचबाट सुरु भएको थियो । नेपालको प्रजातन्त्रको आन्दोलन गणतन्त्रको स्थापना पनि सडकबाटै सुरु भएको हो ।

    प्रेणाका स्रोत

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आफैँ एउटा प्रेरणा हुन् । यो उमेरसम्म पनि देश जनताको लागि निरन्तर रूपमा विचलित नभई सादगी जीवनशैली अपनाउँदै सम्झौताहीन सङ्घर्षको नेतृत्व गर्दै आउनुभएको छ । अझै पनि देश विदेश र नेपालमा समेत विचारमा परिपक्व भएका नेताकार्यकर्ता हजारौँको सङ्ख्यामा चट्टानझैँ उभिएको पङ्क्ति छ । त्यसैले हामी यो चुनावी परिणाम देखेर निराश हुने होइन, अझ बलियो भएर उठ्ने समय हो । जनता एक दिन अवश्य बुझ्नेछन्, साँचो राजनीति पैसा र प्रचारले होइन, राष्ट्रियता र इमानदारीले जन्मिन्छ ।

    सङ्घीयता खारेजी, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको यो लडाइँ जारी रहनेछ । चुनावी हार वा परिणाम अन्तिम हुँदै होइन, यो सङ्घर्षको एउटा अध्याय मात्र हो । राष्ट्रियता बलियो बनाउन, जनताको आवाज सधैँ उठाइरहन सङ्घर्ष निरन्तर जारी रहिरहनेछ ।

    सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.