भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल महिला नगर विभागको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न पारिएको छ ।
Advertisement
कार्यक्रमको श्रीमाया खम्चाकीको सञ्चालनमा र लक्ष्मी रोका मगरको अध्यक्षताबाट अगाडि बढेको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सममितिबाट ताल बहादुर खड्का, मध्य उत्तर भारत क्षेत्रीय समिति संयोजक सोनु थापा र भोपाल नगर समितिबाट राजसिंह रुचाल लगायतको आतिथ्यता एवं मन्तव्य रहेको थियो ।
व्यापक रुपमा महिलाहरूको उपस्थिति रहेको सो कार्यक्रममा वक्ताहरू नेपालको वर्तमान राजनीतिक अवस्था तथा नारी अधिकारका विषयमा विचार राख्नुभएको थियो ।