काठमाडौँ । इरान युद्धमा थप आक्रमणको आदेश दिनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक्नेगरी ल्याइएको संकल्प प्रस्ताव अमेरिकी सिनेटले अस्वीकृत गरेको छ ।
Advertisement
माथिल्लो सदन सिनेटमा युद्ध रोक्नुपर्ने संकल्प प्रस्तावका पक्षमा ४७ र विपक्षमा ५३ मत पर्यो ।
डेमोक्रेटिक पार्टीका सिनेटरहरुले ल्याएको यस प्रस्तावमा केन्टुच्कीका रिपब्लिकन सिनेटर रान्ड पाउलले पनि समर्थन गरे । तर, अन्य रिपब्लिकनले साथ दिएनन् । पेन्सिलभेनियाका डेमोक्रेटिक जोन फिटरम्यान भने ट्रम्पका पक्षमा खडा भए ।
कंग्रेसबाट स्विकृति नलिइ आक्रमणको आदेश दिएको भन्दै ट्रम्पविरुद्ध डेमोक्रेटिक सांसद्ले सङ्कल्प प्रस्ताव ल्याएका थिए । ट्रम्पलाई भेनेजुएला, इरान र ल्याटिन अमेरिकामा ड्रग्स तस्करीविरुद्ध डुंगामाथि आक्रमण गर्ने प्रयासमा रोक लगाउने तयारी डेमोक्रेटिक पार्टीले गरेको थियो ।