• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

फागुन २१ गते हुने चुनावमा राष्ट्रिय जनमोर्चा नै सही विकल्प हो


  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
  • दुर्गा पौडेल, उपाध्यक्ष तथा प्रवक्ता, राष्ट्रिय जनमोर्चा

    Advertisement

    १
    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कथित स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र त्यसका सभापति रवी लामिछानेलाई बारम्बार एमसीसीको विरोध गर्न चुनौति दिने गरेका छन् । तर ती दुवै जनाले त्यसो गर्न सकेका छैनन् र गर्न पनि सक्दैनन् । त्यसबाट उनीहरूको कथित स्वतन्त्र पार्टीको निर्माण अमेरिकी साम्राज्यवादको सेवाको लागि भएको र उनीहरू दुवै जनाको राजनीतिक उद्देश्य पनि अमेरिकी साम्राज्यवादको नेपालप्रतिको साम्राज्यवादी नीतिको सेवा गर्नु नै भएको कुरामा कुनै शङ्का रहन्न ।

    अमेरिकाको अहिलेको नेपालप्रतिको रणनीति एमसीसीद्वारा नेपालको तटस्थ परराष्ट्र नीतिलाई समाप्त गरेर हाम्रो देशलाई अमेरिकाको सुरक्षा नीतिअन्तर्गत ल्याउन र दलाई लामालाई पुनर्स्थापना गर्न तिब्बतमाथि आक्रमण गर्न नेपाललाई युद्ध भूमि बनाउनु हो । त्यो उद्देश्य पूरा गर्न अमेरिकाले नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्न चाहन्छ । त्यसैका लागि त्यसले बालेन र रवी जस्ता पात्रहरूलाई अगाडि सारेको छ । उनीहरूको चुनाव चिन्ह घण्टी हो ।

    अमेरिकाले अन्य कतिपय पार्टीका नेताहरूलाई पनि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । त्यसका पछाडिको अमेरिकाको उद्देश्य हो सत्ता र विपक्ष दुवैको नेतृत्व आफ्नो हातमा लिनु र त्यसरी सम्पूर्ण संसदमाथि आफ्नो प्रभुत्व कायम गर्नु । त्यही योजनाअन्तर्गत नै अमेरिकाले नेपालको संसदको विघटन गराएर नयाँ चुनावको घोषणा पनि गराएको हो । अहिले चुनावको माध्यमद्वारा अमेरिकाले संसदमा पूरै नै आफ्ना मान्छेहरूलाई विजयी बनाउन चाहन्छ ।

    अहिले देशमा एक प्रकारले घण्टीको जुन लहर जस्तो देखापरेको छ, त्यसका पछाडि पनि अमेरिकाको पूरै संसदमाथि कब्जा जमाउने र त्यसरी नेपालमा आफ्नो कठपुतली सरकार बनाएर नेपालमाथि पूरै प्रभुत्व कायम गर्ने उद्देश्यले नै काम गरेको छ । त्यसका लागि त्यसले ठुलो पैमानामा डलर खर्च गर्नुका साथै त्यसको मातहतमा भएका सामाजिक सञ्जाललाई पनि धेरै नै प्रयोग गरेको छ । त्यो अवस्थामा यो कुरामा कुनै शङ्का रहन्न कि घण्टीमा भोट हाल्नुको अर्थ नेपालमा अमेरिकाको कठपुतली सरकार बनाउनु र नेपाललाई युद्ध भूमि बनाउन अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै हुने छ ।

    २
    सङ्घीयता नेपाली जनताको माग वा आन्दोलनका आधारमा कायम भएको व्यवस्था नभएर विदेशी शक्तिहरूको दबाबमा कायम भएको व्यवस्था हो । त्यो कुरा यसबाट पनि प्रस्ट हुन्छ कि प्रजापरिषददेखि लिएर पछि बनेका वामपन्थी वा प्रजातान्त्रिक पार्टीहरूमध्ये कसैले पनि कहिल्यै आफ्ना नीतिहरूमा सङ्घीयताको उल्लेख गरेका थिएनन् र त्यसका लागि आन्दोलन पनि गरेका थिएनन् । पछि विदेशी दबाबमा आएर नै नेपालका प्रमुख राजनीतिक पार्टीहरूले सङ्घीयतालाई अपनाएका हुन् । प्रस्ट छ कि त्यसबाट राष्ट्रिय विखण्डन तथा क्षेत्रीय र जातीय विखण्डनको स्थिति उत्पन्न हुने छ र त्यो हुँदै पनि गइरहेको छ । त्यसैले सङ्घीयतालाई खारेज गर्नु अहिले राष्ट्रिय आवश्यकता भएको छ ।

    सङ्घीयतामा अहिले अत्यन्त ठुलो धनराशि अनावश्यक रूपले खर्च भइरहेको छ । त्यसको प्रादेशिक संरचनामा पनि देशको ठुलो धनराशि खर्च भइरहेको छ । सङ्घीयता र त्यसको प्रादेशिक संरचनालाई खारेज गरेपछि त्यसका लागि जुन अनावश्यक धनराशि खर्च भइरहेको छ, त्यसमा बचत भएर स्वास्थ्य र उच्चस्तरसम्मको शिक्षा निःशुल्क हुन सक्ने छ र सङ्घीयतालाई खारेज गरेर ती दुवैलाई निःशुल्क गराउनुपर्दछ । त्यसपछि स्थानीय निकायहरूको अधिकार र बजेटमा समेत वृद्धि हुन सक्नेछ र त्यसरी देशको विकासमा धेरै मद्दत पुग्ने छ । हाम्रो जोड यो कुरामा छ कि सङ्घीयतालाई खारेज गरेर त्यसका ठाउँमा पुरानो प्रकारको केन्द्रीकृत र नोकरशाही प्रकारको एकात्मक प्रणाली होइन, प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्नुपर्दछ ।

    ३
    भ्रष्टाचार अहिलेको देशको गम्भीर समस्या बनेको छ र त्यसले गर्दा देशका कुशासन कायम भएको छ । त्यो अवस्थामा भ्रष्टाचार र कुशासनलाई समाप्त गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यस पछि नै देशको दिगो विकास हुन सक्नेछ । कतिपय नयाँ बनेका राजनीतिक समूहहरू वा नयाँ देखापरेका राजनीतिक नेताहरूले पुराना पार्टी वा नेताहरूलाई विस्थापित गरेपछि नै भ्रष्टाचारको अन्त्य हुने र देशको विकास हुने भ्रम जनतामा फैलाउने गरेका छन् । तर प्रश्न को पुरानो हो र को नयाँ हो भन्ने होइन, प्रश्न कसको नीति, कार्यक्रम वा राजनीतिक पृष्ठभूमि सही छ वा छैन भन्ने कुराको हो । जुन राजनीतिक समूह वा नेताहरू अगाडि आएका छन्, प्रथम, उनीहरूमध्ये नयाँ छदै उनीहरू आर्थिक अनियमितता वा भ्रष्टाचारका कैयौँ मुद्दामा बदनाम भएका छन् भने, द्वितीय, नयाँ आएका नेताहरू खालि उनीहरूको चर्का र आकर्षण भाषण वा पुराना पार्टी र नेताहरूको आलोचना गरेको आधारमा होइन, लामो व्यवहारको कसौटीमा खारिएपछि नै उनीहरूमध्येको कति सही वा गलत छन् ? त्यो कुरा थाहा हुने छ । त्यस प्रकारको परीक्षा बिना कसैमाथि विश्वास गर्दा देशलाई धोखा नै हुने छ ।

    ४
    राष्ट्रिय जनमोर्चा नेपालको एउटा पुरानो राजनीतिक पार्टी हुनुका साथै त्यसका अध्यक्ष कामरेड चित्रबहादुर केसी पनि निष्कलङ्क र इमानदार छवि भएको नेता हुनुहुन्छ र उहाँको लामो राजनीतिक जीवनद्वारा त्यो कुरा प्रमाणित भइसकेको छ । लेखा समितिको सभापति वा सरकारको उपप्रधानमन्त्री हुँदा पनि उहाँले कुनै भ्रष्टाचार नगरेको कुरा आम जनतामा सर्वविदित छ । त्यही प्रकारले गत तीन दशकदेखि त्यसका कैयौँ नेता वा कार्यकर्ताहरू संसदमा निर्वाचित हुने गरेका छन् । विभिन्न राजनीतिक पार्टीहरूका सांसदहरूले आर्थिक अनियमितता वा भ्रष्टाचार गरेका कैयौँ कुरा आम जनतालाई थाहा हुने गरेको छ । तर राष्ट्रिय जनमोर्चाका अध्यक्ष कामरेड चित्रबहादुर केसीले मात्र होइन, त्यसका कुनै पनि सांसदले कुनै पनि प्रकारको आर्थिक अनियमितता वा भ्रष्टाचार नगरेको कुरा आम जनतालाई थाहा छ । त्यही प्रकारले त्यसका विभिन्न स्थानीय निकायहरूमा निर्वाचित जनप्रतिनिधिहरूले पनि कहिल्यै कुनै प्रकारको भ्रष्टाचार गर्ने गरेका छैनन् । त्यस प्रकारको पृष्ठभूमिमा देशमा कायम भएको भ्रष्टाचार र कुशासनको सही विकल्प राष्ट्रिय जनमोर्चाजस्तो पार्टी नै हुन सक्ने कुरा दिनको उज्यालो झैँ छलङ्ग छ । त्यसैले, त्यसका उम्मेदवारहरू ठुलो सङ्ख्यामा निर्वाचित भएर संसदमा पुगेपछि नै भ्रष्टाचार र कुशासनको अन्त्य र सुशासनको स्थापना तथा देशको विकासमा महत्त्वपूर्ण बल पुग्ने कुरा अवश्यम्भावी छ । त्यसैले हामीले प्रत्यक्ष वा समानुपातिकतर्फका राजमोका उम्मेदवारहरूलाई भारी मत दिएर विजयी बनाउन जनतासित सादर अनुरोध गर्दछौँ ।

    ५
    आज देशमा नेपाली जनताले करिब एक शताब्दीसम्म महान् सङ्घर्ष तथा त्याग र बलिदान गरेर प्राप्त गरेका गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्थालाई समाप्त गरेर राजतन्त्र र निरङ्कुश शासनको पुनर्स्थापना लागि प्रतिगामी खतरा बढ्दै गइरहेको छ । त्यसका साथै साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणका कारणले देशको राष्ट्रियता र सार्वभौमिकतामा पनि गम्भीर खतरा उत्पन्न भएको छ । त्यो अवस्थामा गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्थाको रक्षाका लागि प्रतिगमनका विरुद्ध तथा देशको राष्ट्रियता र सार्वभौमिकताको सुरक्षाका लागि साम्राज्यवादी शक्तिहरूका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि पनि राष्ट्रिय जनमोर्चाले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

    अन्त्यमा, यसबारे पनि हामीहरू स्पष्ट हुनुपर्ने आवश्यकता छ कि विद्यमान गणतन्त्र र बहुदलीय व्यवस्थाका ठाउँमा उच्च प्रकारको लोकतन्त्र वा नयाँ जनवादी व्यवस्थाको स्थापना पछि नै जनताका आधारभूत समस्याहरूको समाधान हुने छ । त्यसका लागि पनि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.