• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

युएईका अमेरिकी सैन्य क्याम्पमा इरानको प्रत्याक्रमण


  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • दुबई । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि उसले प्रत्याक्रमणस्वरूप संयुक्त अरब इमिरेट्समा रहेको अमेरिकी बेसक्याम्पमा प्रत्याक्रमण गरिरहेको छ ।

    Advertisement

    युएईको रक्षामन्त्रालयले भने इरानबाट प्रहार गरिएका एक सय ३७ ब्यालेस्टिक मिसाइल र दुई सय नौओटा ड्रोन आकाशमै नष्ट (इन्टरसेप्ट) गरेको बताएको छ ।

    युएईको वायुरक्षा प्रणालीले धेरैजसो आक्रमण विफल पारे पनि आकाशमा नष्ट गरिएका मिसाइल र ड्रोनका टुक्रा (भग्नावशेष) खस्दा एक जनाको मृत्यु भएको छ भने केही स्थानमा आगलागी र भौतिक क्षति भएको बताइएको छ ।

    आबुधाबी एयरपोर्टस्का अनुसार जायद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आएको ड्रोन खसाल्दा त्यसको टुक्रा लागेर एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

    त्यस्तै, दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा चार जना घाइते भएका छन् । उनीहरूको तत्काल उपचार गरिएको छ। ड्रोनको टुक्रा खस्दा विश्वप्रसिद्ध बुर्ज अल अरब होटलको बाहिरी भागमा र पामेजुमेराहको एक भवनमा सामान्य आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिइएको छ ।

    हवाई उडान ठप्प

    सुरक्षा जोखिम बढेपछि युएईले आफ्नो हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेको छ ।

    इमिरेट्स एयरलाइन्सले आइतबार दिउँसो ३ बजेसम्मका लागि दुबईबाट हुने र आउने सबै उडान स्थगित गरेको छ भने इतिहाद एयरवेजले आइतबार दिउँसो २ बजेसम्मका लागि अबुधाबीबाट हुने सबै उडान रद्द गरेको छ ।

    यस्तै एयर अरेबियाले आइतबार दिउँसोसम्मका लागि सारजाहबाट हुने उडान स्थगित गर्दा सारजाह र दुबई एयरपोर्टमा हालका लागि सबै उडान बन्द गरिएको छ ।

    अधिकारीले यात्रुलाई विमानस्थल जानुअघि आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न र उडानको स्थिति बुझ्न आग्रह गरेका छन् । उडान रद्द भएर अलपत्र परेका करिब २० हजार यात्रुलाई युएई सरकारले होटल र खानाको व्यवस्था गरेको छ ।

    सुरक्षा सतर्कता अपनाउँदै युएईको शिक्षा मन्त्रालयले मार्च २ देखि मार्च ४ सम्म (३ दिन) देशभरका सबै सरकारी तथा निजी विद्यालय र विश्वविद्यालयमा भौतिक उपस्थिति बन्द गरी अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय गरेको छ ।

    हल्ला नफैलाउन अनुरोध

    युएईको पब्लिक प्रोसिक्युसनले सामाजिक सञ्जालमा घटनाबारे गलत हल्ला, फोटो वा भिडियो सेयर नगर्न कडा चेतावनी दिएको छ ।

    आधिकारिक स्रोतबाहेकका जानकारी सेयर गर्ने वा रिपोस्ट गर्ने व्यक्तिलाई कानुनी कारबाही हुने बताइएको छ ।

    त्यसका साथै बजारमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेकाले आत्तिएर सामान थुपार्नुनपर्ने सरकारले स्पष्ट पारेको छ

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.