• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा ठुलो पार्टी नबन्दासम्म देशमा भ्रष्टाचार रहिरहनेछ


  •   शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    जनताले धेरैतिर यो गुनासो गरेको पाइन्छ कि राष्ट्रिय जनमोर्चा सही छ तर सानो छ । त्यही प्रकारले त्यसका अध्यक्ष कमरेड चित्रबहादुर केसीलाई पनि जनताले आम रूपमा विरोध गरेको पाइँदैन । उनीहरूले यो देखेका छन्, उहाँ पहिले लेखा समितिको सभापति बन्नुभयो । त्यो बेला बैङ्कमाथि अरबौँ रुपैयाँको घोटालाका मुद्दा थिए । ती मुद्दाबाट उन्मुक्ति पाउन उहाँलाई करोडौँ रुपैयाँ घुस दिन खोजिएको थियो तर उहाँले कहिल्यै कसैबाट एक रुपैयाँ पनि घुस लिनुभएन ।

    उहाँ उपप्रधानमन्त्री हुँदा पनि उहाँले कुनै घुस नलिएको मात्र होइन, भ्रष्टाचारमा बदनाम भएका आफ्नै कार्यालयका कतिपय अधिकृतलाई पनि बर्खास्त गर्नुभयो तर त्यस्ता व्यक्तिले तुरुन्तै सर्वोच्च अदालतबाट स्टेअर्डर ल्याएर आफ्नो पदलाई कायम राखे र त्यसरी भ्रष्टाचार विरुद्धको उहाँको कारबाहीलाई असफल गराइयो । त्यसबाट नेपालको प्रशासनयन्त्रमा भ्रष्टाचारको कति धेरै बोलवाला छ र त्यसालाई न्यायपालिकाले समेत कति धेरै संरक्षण गर्ने गर्दछ ? त्यसमा कुनै शङ्का रहन्न ।

    त्यही प्रकारले राष्ट्रिय जनमोर्चाको तर्फबाट गत ३ दशकका बिचमा सांसद बनेका एउटा सांसदको पनि आर्थिक अनियमितता वा भ्रष्टाचारी गरेकोको कुनै रेकर्ड छैन तर ठुलो परिणाममा भ्रष्टाचार गरेका पार्टीका उम्मेदवारलाई जनताले धेरै भोट दिन्छन् । त्यसकारण चुनावमा ठुलो परिणाममा खर्च गरेर उनीहरूले धेरै सिट जित्छन् र तिनीहरू ठुला पार्टी बन्छन् तर कुनै प्रकारको आर्थिक अनियमितता वा भ्रष्टाचार नगर्ने पार्टी राष्ट्रिय जनमोर्चालाई जनताले कम भोट दिन्छन् र त्यस कारण, त्यो ‘सानो’ पार्टीका रूपमा खुम्चिँदै आउनु परेको छ ।

    भ्रष्टाचार गर्ने पार्टीले अरबौँ रुपैयाँ भ्रष्टाचारद्वारा जम्मा गर्छन् र पुन: त्यो पैसाले भोट किनेर ठुला पार्टी बन्दछन् तर राष्ट्रिय जनमोर्चाले कुनै भ्रष्टाचार गर्दैन र नाजायज प्रकारले धनराशि पनि जम्मा गर्दैन । त्यसपछि त्यो चुनावको बेलामा पैसा होइन, आफ्नो नीति र कार्यक्रम लगेर नै जनताका बिचमा जान्छ ।

    अब यो विचार गर्ने कुरा हो : राष्ट्रिय जनमोर्चाले आर्थिक अनियमितताद्वारा पैसा जम्मा गर्ने प्रयत्न नगर्नु वा भ्रष्टाचार गरेर तथा जनतालाई पैसा दिएर भोट किन्न कुनै प्रयत्न नगर्नु गलत हो ? कुनै पनि न्यायप्रेमी व्यक्तिले राष्ट्रिय जनमोर्चाको त्यस प्रकारको व्यवहारलाई अर्थात् भ्रष्टाचार गरेर पैसा कमाउने प्रयत्न नगर्ने वा पैसाद्वारा भोट नकिन्ने कार्यलाई गलत बताउन सक्ने छैनन् । त्यसको निष्कर्ष यो निस्किन्छ, भ्रष्टाचार गरेर वा अन्य कुनै नाजायज तरिकाले जम्मा गरेको पैसाबाट जसले भोट किनेर ठुलो पार्टी बन्न सफल भएका छन्, त्यो प्रणालीलाई समर्थन गर्ने वा विरोध गर्ने ? यो एउटा विचारणीय प्रश्न हो र त्यसप्रति जनताको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    त्यस सन्दर्भमा यो पनि प्रश्न उठाउन सकिन्छ : केही त्यस प्रकारको भ्रष्ट प्रणालीद्वारा ठुलो पार्टी बन्नु सही हो ? र जनताले त्यस प्रकारको ठुलो पार्टीलाई नै समर्थन गर्नु सही हुन्छ ? सही कुरा यो हुनेछ, पैसा छरेर भोट किन्न आउने पार्टी वा उम्मेदवारलाई भोट दिन बन्द गर्नुपर्दछ । त्यस्ता भ्रष्ट उम्मेदवारले चुनाव हुनु एकदुई दिनपहिले नै पैसा बाँड्ने काम सुरु गर्दछन् र अहिले उनीहरूको पैसा बाँड्ने कालो धन्दा सुरु हुने बेला नजिक आउन थालेको छ र जनता त्यस प्रकारको कालो धन्दा बन्द गर्न सचेत र साहसपूर्वक अगाडि आउनुपर्दछ । यदि चुनावको बेलामा जनताले त्यस प्रकारको कालो धन्दालाई बन्द गर्न सके भने राष्ट्रिय जनमोर्चा पनि अहिले जस्तो ‘सानो’ पार्टी नभएर ठुलो र शक्तिशाली पार्टीमा बदलिनेछ र त्यसले जनताको महान् आन्दोलनद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्था समेतलाई समाप्त गर्न खोजेका र देशको राष्ट्रियता र सार्वभौमिकतालाई सौदाबाजी गर्ने तत्त्वका विरुद्ध संसद्भित्र वा बाहिर पनि पूरै सशक्त प्रकारले आवाज उठाउन वा सङ्घर्ष गर्न सक्नेछ ।

    वास्तवमा राष्ट्रिय जनमोर्चाले सही नीति र सही कार्यशैली अपनाएको हुनाले र त्यसले कहिल्यै पनि भ्रष्टाचार नगरेको हुनाले नै त्यो ‘सानो’ भएको हो । अब यो कुरा जनताले निर्णय गर्ने कुरा हो– भ्रष्टाचारको बलमा कमाएको पैसाबाट भोट किन्न आउने पार्टी र त्यसका उम्मेदवारलाई धेरै भोट दिएर उनीहरूलाई ठुलो बनाउँदै जाने वा सही नीति र कार्यशैली अपनाउने तथा कुनै प्रकारको भ्रष्टाचार नगर्ने पार्टीलाई धेरै भोट दिएर ठुलो बनाउने ? जबसम्म चुनावमा भ्रष्ट कार्यशैलीको प्रवृत्ति रहिरहन्छ, देशमा भ्रष्टाचार र कुशासन व्याप्त भइरहने छ र देशको कहिल्यै पनि विकास हुनेछैन ।

    त्यो अवस्थामा राष्ट्रिय जनमोर्चाजस्तो कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने पार्टीलाई ठुलो सङ्ख्यामा भोट दिनु नै देशमा भ्रष्टाचार र कुशासनको अन्त्य तथा देशको विकासका लागि एक मात्र विकल्प हो । जबसम्म देशमा चुनावमा पनि त्यस प्रकारको भ्रष्टाचारले प्रमुख र निर्णायक भूमिका खेलिरहनेछ, सयओटा चुनाव भए पनि भ्रष्टाचार र कुशासनको अन्त्य हुने छैन र देशको विकास हुन सक्ने छैन । अब यो फैसला गर्ने जिम्मा जनताकै हातमा छ । केही पैसाको लोभमा भ्रष्ट तत्त्वलाई भोट दिएर देशको भविष्य माथि सधैँ कुठाराघात गरिरहने वा चुनावमा हुने त्यस प्रकारको कालो धन्दालाई सधैँका लागि बन्द गरेर देशको विकासलाई अगाडि बढाउने ? त्यसबारे जनताले लिने सही फैसलामाथि देशको भविष्य वा देशको विकास निर्भर गर्नेछ ।

    त्यस सन्दर्भमा एउटा अर्को प्रश्न पनि विचारणीय छ : अहिले चुनावको बेलामा साम्राज्यवादी शक्तिले पनि ठुलो पैमानामा पैसा खर्च गरेर चुनावलाई प्रभावित गर्ने कोसिस गर्दछन् । पहिले भारतीय साम्राज्यवादले त्यस प्रकारको नीति अपनाउने गर्दथ्यो, त्यसको त्यो नीति अहिले पनि कायम छ तर त्यो प्रश्नमा अब अमेरिकी साम्राज्यवाद धेरै अगाडि आएको छ ।

    अमेरिकी साम्राज्यवादको मुख्य सरोकारको विषय नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्नु र त्यसरी नेपाललाई आफ्ना साम्राज्यवादी स्वार्थको पक्षमा पूरै उपयोग गर्नु हो । अहिले अमेरिकाको चीनसितको प्रतिस्पर्धा धेरै नै बढेर गएको छ र त्यसको रणनीति तिब्बतमाथि आक्रमण गरेर त्यसलाई ‘स्वतन्त्र’ बनाउनु र त्यहाँ दलाई लामालाई पुनस्र्थापना गर्नु पनि हो । त्यो रणनीति पूरा गर्न नै त्यसले नेपालमा आफ्नो कठपुतली सरकारको निर्माण गर्न चाहन्छ र त्यसका लागि नै त्यसले अहिलेको चुनावलाई उपयोग गर्न चाहन्छ । त्यति मात्र होइन, त्यो उद्देश्य पुरा गर्न नै त्यसले नेपालमा संसद्को विघटन गर्न लगाएको हो र नयाँ चुनाव पनि गर्न लगाएको हो । त्यसले संसद्को सत्ता र प्रतिपक्ष दुबैतिर आफ्नो नेतृत्व कायम गर्न चाहन्छ र त्यही कुरामाथि ध्यान दिएर त्यसले एकैसाथ प्रधानमन्त्रीका कैयौँ उम्मेदवारलाई अगाडि सारेको छ ।

    बताइरहनुपर्ने आवश्यकता छैन कि उक्त नीतिअन्तर्गत सत्ता र प्रतिपक्षमा आफ्ना उम्मेदवारलाई चुनावमा विजय बनाउनका लागि ठुलो पैमानामा पैसा खर्च गरिरहेको छ । अमेरिकी पैसामा बिकेर अमेरिकाको नेपालमा आफ्नो कठपुतली सरकार बनाएर नेपाललाई युद्धभूमि बनाउने अमेरिकी साम्राज्यवादी षड्यन्त्रलाई असफल पार्न पनि जनता अगाडि आउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.