• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

बाँदर नियन्त्रण गर्नेलाई बागलुङका मतदाताले भोट दिने


  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
  • बागलुङबजार । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् ।

    Advertisement

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् ।

    जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएपछि बाँदर गाउँका घरमा बस्न थालेको उहाँले बताइन् ।

    बारीमा लगाएको बालीदेखि घरमा राखेको सबै सामान बाँदरले नष्ट गरी दिँदा गाउँमा बस्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

    टोल छिमेकी सबै बजार झरेको भन्दै गाउँमा बस्ने वातावरण बनाउने नेतालाई जिताउनुपर्ने थापा बताउँछिन् ।

    ‘बाँदरले गाउँमा बस्न गाह्रो बनाइ सक्यो, न बारीका बाली राम्रो हुन दिन्छ, न घरमा राखेका सरसामान सुरक्षित हुन्छन् । यस्तो अवस्थामा कसरी गाउँमा बस्न सकिन्छ र ?’ उनले भनिन्– ‘पहिलो मान्छे विकास नभएर बजार झरे, अहिले विकास भएको छ तर बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ, जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ, उसैलाई भोट दिने हो ।‘

    स्थानीय प्रतीमा पौडेलले केटाकेटी र वृद्धवृद्धालाई गाउँमा एक्लै बस्ने समस्या हुने गरेको बताइन् । पहिले वनमा बस्ने बाँदर हिजोआज गाउँमा बस्न थालेको भन्दै केटाकेटी र बुढाबुढीलाई आक्रमण गर्न आउने उनको भनाइ छ । घर छोडेर मेलापातमा जाँदा एक/दुई जना घरकुरुवालाई राखेर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।

    उनले भनिन्– ‘पछिल्लो पाँच वर्षदेखि गाउँमा बाँदरले आतङ्क मच्चाएको छ, हुनेखानेहरू सबै सहर बजार गइसके । गाउँमा हुने त उही सामान्य परिवारका मात्रै छन् । पहिले पहिले गाउँमा धेरै मान्छे भएर होला बाँदर डराउँथे । अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन् । यो हिसाबले गाउँमा बस्न सक्ने अवस्था छैन, चुनावमा भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरी गाउँमा बस्ने वातावरण मिलाइ दिनु अनुरोध गरेका छौँ ।’

    जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्न ‘बाँदर पार्क’ को योजना अगाडि सारे पनि बजेट अभावमा यो योजना पूरा हुन सकेको छैन ।

    बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • २.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ३.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ४.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ५.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ६.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ७.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ८.
      युग दर्शनलाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.