गौर । रौतहटको गौरमा कर्फ्यु हटेको छ । त्यससँगै त्यहाँ आज नागरिक समाजको अगुवाइमा गौर–६ सबगढामा शान्ति सद्भाव र्याली निकालिएको छ ।
Advertisement
सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले प्रभावित गाउँ परिक्रमा गरेको थियो । गाउँमा शान्ति कायम राख्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्याली निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार बिहान ६ बजेदेखि कर्फ्यु हटाएको छ ।
केही दिनदेखि गौर अशान्त बनेको थियो । दुई समुदायबिचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो ।