• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

धादिङ बस दुर्घटनामा मृतकको सङ्ख्या १९, गृहले छानबिन गर्दै


  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
  • धादिङबेसी । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने सो घटनाको छानबिन गृहमन्त्रालयद्वारा गठन गरिने समितिले गर्नेभएको छ ।

    Advertisement

    दुर्घटनामा घाइते भएका एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि मृतकको सङ्ख्या १८ पुगेको हो ।

    काठमाडौँ प्रहरीका अनुसार ३२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।

    दुर्घटनापछि २३ जनालाई काठमाडौँ ल्याइएको थियो । तीमध्ये १० जनालाई नेसनल अस्पताल कलङ्की र १३ जनालाई ट्रमा सेन्टरमा लगिएको थियो ।

    पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख१४२१ नम्बरको बस सोमबार करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडकखण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    सशस्त्र प्रहरी बलका अनुसार बसमा कुल ४५ जना सवार थिए । तीमध्ये २६ जना घाइते भएका छन् । बाँकी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त बस आइतबार बेलुकी ७ बजे पोखराबाट छुटेको थियो ।

    गृहको छानबिन समिति

    धादिङमा बस दुर्घटनाको विषयमा गृह मन्त्रालयमा बैठक बसेर छानबिन समिति बनाउने बताइएको छ तर समितिको संयोजक टुङ्गिएको छैन ।

    सोमबार बिहान मन्त्रालयमा बैठक बसेर छानबिन समिति गठन गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।

    बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी, सुरक्षा अंगका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

    धादिङ प्रहरीका सूचना अधिकारी प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा बेलायतका २४ वर्षीय स्टिवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराइच घर भएका वर्ष ३२ का मनिष शुक्ला छन् ।

    दुर्घटनामा मृत्यु भएका नेपालीहरू :

    १. कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ३० बस्ने अन्दाजी वर्ष ४० का विवेक बस्तोला

    २. स्याङ्जा जिल्ला वालिङ–१४ घर भई हाल जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका वडा नं ६ बस्ने वर्ष ६३ का चन्द्रबहादुर कुँवर

    ३. तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष ४० का ओमकुमार मल्ल

    ४. धादिङ जिल्ला साविक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ठकुरी

    ५. तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–७, मालेबगर बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकाल

    ६. काठमाडौं जिल्ला काडमाडौ महानगरपालिका बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष ४२ का लोबसाङ गोले

    ६. तनहुँ जिल्ला भीमनगर नगरपालिका वडा नं ६ बस्ने अन्दाजी वर्ष ४६ का हरिप्रसाद सिग्देल

    ८. पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं २ बस्ने अन्दाजी वर्ष ५५ का नबिन्द्र श्रेष्ठ

    ९. तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ६३ का रुद्रप्रसाद ढकाल

    १०. तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं २ बस्ने वर्ष २० की अर्चना पौडेल

    ११. कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं-१४, चाउथे बस्ने वर्ष २१ की अञ्जली क्षेत्री

    १२. कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का रोहित नेपाली

    १३. स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी

    १४. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२, बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन

    १५. मोरङ जिल्ला उर्लाबारी–१ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी

    १६. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं- १९ बस्ने वर्ष २६ का सुजित नेपाली

    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.