• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिरोध त्याग्ने राष्ट्रहरू ढिलोचाँडो समाप्त हुन्छन्


  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
  • डिल्ली अम्माई ##

    Advertisement

    साम्राज्यवाद विरुद्ध विश्वभरका देशभक्त एकजुट हुनु आज विकल्प होइन, ऐतिहासिक बाध्यता हो । अमेरिकी साम्राज्यवादलाई भरणपोषण गर्ने डिपस्टेट र मुसादले बनाई पर्दापछाडि राखिएको ब्ल्याक्मेलिङ मिसायल जेफ्री एपस्टेनको फाइल खुलेपछि पश्चिमा प्रजातन्त्रको रोल्मोडेल छर्लङ्ग संसारले देख्न पायो । साम्राज्यवादीले तयार पारेको बल्छीरूपी फाइल र धन्दा अरू पनि हुन सक्ने भए । विश्वका प्रभावकारी नेताहरूको स्वाभिमान समाप्त पार्न यस्ता जेफ्री अरू कति होलान्, जसले कति निरीह बच्चाको जीवन बर्बाद बनाएको होस् । यो केवल हाम्रो अनुमानभन्दा बाहिरको कुरा भयो । साम्राज्यवादको असली धन्दा यस्तै हुन्छ ।

    अहिले विश्वका अन्य देशको जस्तै नेपालको अवस्था पनि पश्चिमा नवऔपनिवेशिकताको चङ्गुलभित्र छ । चुनावी राग छ तर कुनै पार्टीको पनि चुनावी एजेन्डा छैन । मङ्गलधुन बजाउँदै अमेरिकी सेना टुडिखेलमा उत्रिसकेको अवस्था छ । नेपालमा अमेरिकाले नयाँ दलाई लामाको कटेरो हालिसकेको हल्ला व्याप्त छ । चुनावमा अमुक नेतालाई जिताउने र अबको नेतृत्वमा ल्याउने भनेर सञ्जाल आतङ्क मच्चाइएको छ ।

    अमेरिकाको प्रसिद्ध मिडिया वासिङटन पोस्ट र अर्को एक मिडियाकर्मी आएर प्रायोजित प्रधानमन्त्रीका उम्मेदवार भनिने व्यक्तिको अन्तर्वार्ता लिएर गएका छन् । सायद चुनाव हुनुभन्दा हप्ता दश दिनअगाडि ती अन्तर्वार्ता पनि प्रसारण होलान् । यदि चुनाव नभएमा त्यसको प्रयोग अर्को प्रयोजनको लागि पनि हुन सक्छ । अब विदेशी शक्तिको चलखेलमा छिमेकीले पनि औँला उचाल्न थालेका छन् । चीनले त एक खालको समयसीमा दिएर नेपाल सरकारलाई चुनौती पनि दिएको छ । दक्षिण आफ्नै गोलचक्कर छ । यो दर्दनाक अबस्थामा नेपालीले पनि आफ्नो राष्ट्रका बारेमा सोच्नुपर्ने होला, कि कसो हो ?

    त्यो जमाना सामन्तवादी राष्ट्रवादको जमाना थियो । माक्र्सवादको उदय भइसकेको थिएन तर नेपालका मानिस देशभक्त थिए । विदेशी पैसामा नबिक्ने खालको नेपालीले नेपालमा बसोबास गर्थे । भनौँ, त्यति बेलाको स्कुलिङ देशभक्तिको लागि उर्वर थियो । देश जोड्ने र जोगाउनेबारे नेपालीले गम्भीरतापूर्वक सोच्दथे । माटोप्रतिको गहन प्रेमले मानिसमा अद्भुत खालको सौर्य र बहादुरी जन्माएको थियो । आयो गोर्खाली भनेपछि आक्रमणकारीको होस गुम हुन्थ्यो । त्यही सूर्यको कारणले देश जोडियो र बाँच्यो पनि । त्यो बेलाको लागि यति कर्म नै यथेष्ट कर्म हो भन्ने लाग्छ ।

    “म बाघको बच्चा डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ” साम्राज्यवादीसँग प्रतिरोध युद्धको मैदानबाट अङ्ग्रेज कमान्डरको मिल्न आएमा ठुलो इनाम दिने भन्ने पत्रको जबाफमा राष्ट्रिय विभूति देशभक्त अमरसिंह थापाले दिएको प्रतिउत्तर थियो । देउथलको युद्ध चलिरहेका बेला बडाकाजी अमरसिंह थापालाई अङ्ग्रेजका तर्फबाट ठुलो रकम घुसको प्रस्ताव आएपछि उनले त्यस्तो जबाफ दिएका थिए । भनिन्छ, त्यस बेला सहरानपुरबाट डिसेम्बर २९, १८१४ (१८७१ पुस १६ गते) जोन एडमले अक्टरलोनीलाई एउटा लामो पत्र पठाई अमरसिंहलाई किन्ने प्रयास गरेका थिए । उनलाई उनको अख्तियार भएको भूभाग गोग्रादेखि पश्चिमका सबै क्षेत्रको साथै आफ्नो मातहतका सम्पूर्ण गोरखालीलाई अङ्ग्रेजसँग मिल्न लगाई त्यसबापत जमिनबाट हुने आय वार्षिक रु. ३० हजार र पारिवारिक भत्ता रु. २४ हजार गरी रु. ५४ हजारका साथै उनलाई भारतीय स्थानीय रजवाडा सरहको मान्यता दिने सर्तमा मनाउन खोजिएको थियो (डा. इन्दिरा जोशी, नेपाल–अङ्ग्रेज युद्ध–२०६३, पृ. ५३) तर अक्टरलोनीमार्फत आएको घुसको प्रस्तावलाई उनले ठाडै अस्वीकार गर्दै माथि उल्लेख गरेको जबाफ फर्काएको इतिहासमा उल्लेख छ (आचार्य, उही, पृ. २९) ।

    अमरसिंहले लेखेका ती शब्द केवल इतिहासका पहलु मात्र थिएनन्, आज पश्चिमा खुराकमा बाँचेका स्वार्थी नेपालीमाथि लक्षित चेतावनीसमेत हुन् ती शब्द ।

    आज प्रश्न उठ्छ : के हामी तिनै देशभक्त पुर्खाका सन्तान हौँ कि साम्राज्यवादी सूचनाको गुलाम पुस्ता ? हामीले टिष्टादेखि सतलजसम्म फैलिएको राष्ट्र बनाएका पुर्खाको नाम लिने हक राख्छौँ, जब हामी आफैँ मेची–कालीभित्र पनि सार्वभौम हुन नसक्ने अवस्थामा पुगेका छौँ ? किन, किन ?

    बुझौँ, साम्राज्यवाद मरेको छैन, रूप फेरेर चौतर्फी सिकन्जा कस्दै पुन हाम्रासामु नै उभिइसकेको छ । अमेरिकी साम्राज्यवादकै कारण संयुक्त राष्ट्र सङ्घ निशब्द ब्रह्मनालमा राखिएको छ । नेपाल, भेनेजुयलाजस्ता साना र मझौला देशको अस्तित्व सङ्कटमा छ । हाकाहाकी देश र देशभक्त नेताहरूको कत्लेआम हुने अवस्था छ । अन्तर्राष्ट्रिय कानुन जता फुक्यो, त्यतै उड्ने अर्थात् खरानी भएको छ । यसले अन्तर्राष्ट्रिय कानुन केवल कमजोर राष्ट्रका लागि मात्र हो भन्ने कुरालाई प्रमाणित गरेको छ ।

    आज संसारमा नियम होइन, अमेरिकी प्राथमिकता चल्छ । चुनौती दिनेहरू सिकार हुन्छन् । अघिल्लो साम्राज्यवादी कालमा बेलायतले बन्दुक र कम्पनी प्रयोग गरेर अन्य देशमाथि शासन गर्‍यो । आधुनिक अमेरिकाले आफ्नो प्रभुत्वको लागि एनजिओ, मिडिया, सूचना, डलर, मानव अधिकार र लोकतन्त्र प्रयोग गर्छ र साना र कमजोर देशमाथि शासन चलाउँछ । यसैलाई फिडेल क्यास्ट्रोले डाइनोसर डिप्लोमेसी भनेर नामकरण गरेका थिए ।

    आफ्नो अस्तित्व जोगाउन संसार कुल्चिन तयार भएको मरणासन्न साम्राज्यवादको हिंसक प्रतिक्रियाले अहिले संसार आक्रान्त छ । कतै शान्ति र चयन छैन । युक्रेन साम्राज्यवादी उक्साहटकै कारण सकिने अवस्था छ । देशको त कुरै छोडौँ, फिलिस्तिनी जनताको बाँच्न पाउने अधिकार पनि साम्राज्यवादीको गोलीले तय गर्दछ ।

    नेपाललाई पनि बिस्तारै छिमेकी विरुद्ध प्रयोगशाला बनाइँदैछ । तत्कालका लागि नेपाललाई सूचना कब्जामार्फत चीन र भारत विरुद्ध प्रयोग गर्दैछ । आज नेपालमाथि अमेरिकन ट्याङ्क आएको छैन तर सूचनामार्फत उसले देश कब्जा गरिसकेको छ । भोलि नेपालमा मिसाइल र युद्धक ड्रोन उड्न र पड्किन थाले भने आश्चर्य नमान्दा हुन्छ ।

    भदौ २४ पछि नेपालको राज्यसत्ता औपचारिक रूपमा होइन तर व्यावहारिक रूपमा अमेरिकी प्रभावक्षेत्रमा प्रवेश गरिसकेको देखिन्छ । अमेरिकी हतियार उनीहरूकै सैनिकले ओसारिरहेका छन् । किन यति धेरै अमेरिकी सैनिक जहाजको उडान भइरहेको छ त नेपालमा ? के भवितव्य भएको छ नेपालतिर ? अवस्था शङ्कास्पद र खतरनाक छ ।

    विदेशी मिडियाले नै खुलासा गरेका तथ्यअनुसार नेपालमा अमेरिकाले धेरै अदृश्य लगानी गरिएको छ । चिनियाँले चेतावनी दिँदासमेत नेपालको बार्बरा सरकार चकमन्न छ । एक अमेरिकी मिडियामा आएको खबरअनुसार एन.ई.डी., आई.आर.आई. जस्ता अमेरिकी संस्थाले राजनीतिक परिवर्तनको नाममा लाखौँ डलर खर्च गरेको कुरा उल्लेख छ । पत्रिका लेख्छ– नेपालका युवा, पत्रकार, नेता र नागरिक अगुवा अमेरिकी हितको पक्षमा जेनाजी विद्रोहको लागि तयार पारिए र रास्वपामार्फत राज्ययन्त्र अमेरिकाको नियन्त्रणमा गई नै सक्यो। उनीहरूकै वित्तपोषणमा नेपालबाट भारत–चीनको प्रभाव घटाउने र अमेरिकी प्राथमिकतासँग मिल्ने शासन थोपर्न विभिन्न स्तरका तालिम दिइयो । रसियन र चाइनिज सहयोग रोकियो । लाखौँ नेपालीले रोजगार प्राप्त गरेका रुस र चीनको सहयोगमा निर्मित उद्योगधन्दा समाप्त पारियो । चीन र रुसको सम्झना गराउने सबै कुरा मेट्न २०४७ सालपछिका सबै सरकारले पश्चिमा निर्देशनमा काम गरे । कृषि र औद्योगिक आत्मनिर्भरता खतम बनाइयो । देशभक्तको कत्लेआम गरियो ।

    भदौ २४ गतेपछि नेपालको शासन प्रत्यक्ष रूपमा सिआइएको हातमा गइसकेको छ । सत्तामा देखिने मुखौटा पश्चिमा वित्तपोषित उनीहरूकै शिष्य हुन् भन्दा फरक नपर्ने अवस्था छ । पश्चिमा एनजिओले हुल बाँधेर सत्ता कब्जा गरे र अहिले हुल बाँधेरै रास्वपा पार्टीतिर हुर्रिएर चुनावमा उठेका छन् । यो कुनै षड्यन्त्र सिद्धान्त होइन, नेपालको वर्तमान वास्तविकता हो । यो अमेरिकी दस्तावेजमै लेखिएको सत्य हो तर यसबारे नेपालका पश्चिमा वित्तपोषित मूलधारका भनिने मिडिया मौन छन् किनकि उनीहरू सबै स्वतन्त्रताका प्रतीकबाट पश्चिमा वर्चस्वका निरीह दासमा रूपान्तरित भइसकेका छन् । दासले मालिकको आदेशलाई अन्देखा गर्न पाउँदैन ।

    साम्राज्यवादबाट नियन्त्रित सामाजिक सञ्जाल अहिले अफिमजस्तै भएको छ । जसरी बेलायती साम्राज्यवादद्वारा चीनलाई अफिमको लतमा फसाएर हङकङ र मकाउ टप्कायो, त्यसरी नै अहिले सामाजिक सञ्जालले मानिसको मगज बिथोलिरहेको छ । अफिमले ज्युँदो लास बनेपछि लाखौँ चिनियाँको कत्लेआम गरेको थियो अमेरिकाले, ठिक त्यही अवस्था छ अहिले नेपालको ।

    एमसिसीको सम्झौतामार्फत नेपालको पाता फर्काएर छिमेकी विरुद्ध प्रयोग गराइँदैछ । अमेरिकी इन्डो प्यासिफिक मिसनमा झोस्न लागिएको छ नेपाललाई ।

    अहिले गलत सुचनाको बाढीले कालो तुवालो बर्साइरहेको छ । नेपाललाई फेक न्यारेटिभमा जेलिएको मात्र छैन, जलाइएको छ । लाइक र कमेन्टले नेपालीको स्वविवेक, आत्मसम्मान र इमोसनलाई निर्धारण र नियन्त्रण गर्न थालेको छ । यो अवस्था नेपालको लागि अति पीडादायी छ ।

    आज नेपाली जनता आफै आफ्नो र देशको भविश्यबारे विश्लेषण गर्दैनन् । सिलिकन भ्यालीनियन्त्रित एल्गोरिदमले उनीहरूको भविष्यबारे सोचिदिन्छ । नेपालीले आफ्नो देशको इतिहास पढ्दैनन् । टाइमलाइन स्क्रोल गर्छन् । स्वनिर्णयलाई मनमनै निचोर्छन् र मानसिक रोगीझैँ एक्लै एक्लै बर्बराउँछन् । यो नै एल्गोरिदममार्फत थोपरिएको आधुनिक औपनिवेशीकरण हो ।

    तत्कालीन राजा पृथ्वीनारायण शाह बेलायती साम्राज्यवाद रोक्ने सुरुआती बाँध थिए । त्यसपछि बहादुर शाह, बलभद्र, अमरसिंह, भक्ति थापा र २००७ सालपछि भीमदत्त पन्त, राजा महेन्द्र, वीरेन्द्र, मदन भण्डारीलगायतका देशभक्त यो धर्तीमा जन्मे । उनीहरूको इतिहासलाई समेत राक्षसीकरण गर्न साम्राज्यवादले शैक्षिक अभियान नै चलाइरहेको छ । उनीहरूलाई पनि पृथ्वीनारायणलाई जस्तै पश्चिमा वा पश्चिमापोषित लेखकले नेपालीको स्मरणबाट मेट्न कम्मर कसेर लागेका छन् । यो कुरा पश्चिमाको मौन विषपान गरिरहेको नेपालीसत्ता, नेतृत्व र नागरिकले बुझ्न नसक्नु अति नै दुखद पक्ष हो ।

    यदि पृथ्वीनारायण शाह नहुँदा हुन् त नेपाल भारतभित्र हुन्थ्यो । तिब्बत ब्रिटिस व्यापारचौकी बन्थ्यो । चीन हिमालय पारिबाटै घेरिन्थ्यो । एसियाको नक्सा अहिले जे छ, त्योभन्दा धेरै फरक हुन्थ्यो । कुनै पनि देशको लागि एउटा व्यक्ति त्यति धेरै निर्णायक र महान् हुन्छ भन्ने कुराको उदाहरण हुन् पृथ्वीनारायण । यो भावनात्मक दाबी नभएर बेलायती रणनीतिक दस्तावेजको तार्किक निष्कर्षसमेत हो ।

    “विदेशका महाजनलाई गोड प्रसाह देषि उभ आउन नदिनु ।” “विदेशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनिञा कंगाल गरि छाड्दछन्” । त्यस्तै “यो राजे दुई ढुङ्गाबिचको तरुलजस्तो रहेछ ।” “चीन बादसाहसित ठुलो घाहा राष्नु ।” “दषिनको बादसाहसित घाहा ता राष्नु तर त्यो महाचतुर छ । हिन्दुस्थाना दबाई राषेछ । सरजिमीमा परिरहेछ । हिन्दुस्थाना जाम्यो भन्या कठिन पर्ला भनि किल्ला खोज्न आउन्या छ । सन्धी सर्पन् हेरी गढि तुल्याइ राष्नु र रस्ता रस्तामा भाजा हालि राष्नु र यक दिन त्यो बल आउन्या छ ।”

    पृथ्वीनारायण शाहका उक्त दिव्योपदेश आजका दिनमा पनि उत्तिकै महत्त्वपूर्ण छ । वर्तमान समयमा नेपाल र अमेरिकाबिच सम्पन्न एमसिसी सम्झौताको सन्दर्भमा पनि यो उपदेश लागु हुन जान्छ । त्यस्तै ब्रिटिस उपनिवेशको सन्दर्भ र छिमेकीसँगको सम्बन्धमा समेत पृथ्वीनारायणको बुझाई अहिलेसम्म सान्दर्भिक छ । “घुष लिन्या र दिन्या देशका शत्रु हुन्” भन्ने भनाइलाई हेर्ने हो भने उनको चेतना चीरकालिक महत्त्वको देखिन्छ ।

    पृथ्वीले आत्मसमर्पण होइन, साम्राज्यवाद विरुद्ध प्रतिरोधको लागि केन्द्रीकृत शक्ति र सशस्त्र सङ्घर्ष रोजे । त्यसको लागि राज्य एकीकरण गर्नु उनको रहर नभएर तत्कालीन बाध्यता थियो । उनको एकीकरण अभियान कुनै “राज्य विस्तार” मात्र थिएन । साम्राज्यवादसँग टकरावको अवस्थामा देश जोगाउन संयुक्त प्रतिरोध अति आवश्यक थियो ।

    राज्य एकीकरण अभियान नेपालको अस्तित्वका लागि साम्राज्यवाद विरुद्धको युद्ध रणनीति पनि हो । शक्ति केन्द्रीकरणको लागि भूमि, जलस्रोत र निर्णायक सङ्कल्प सबै चाहिन्छ । त्यसको सहायक पक्ष राज्यको बिस्तार थियो भने मुख्य पक्ष साम्राज्यवादबाट देशको रक्षा थियो । यसमा विवाद हामीले हैन, साम्राज्यवादले सिर्जना गराएको हो । त्यसको लागि उनले अङ्ग्रेज विरुद्ध गरेको प्रतिरोध युद्धलाई बुझ्न र मनन गर्न जरुरी छ । माओले बिपीसँग भनेका थिए रे– नेपालका रणबहादुर अगाडिका राजा चीनको कोमिङताङभन्दा धेरै देशभक्त थिए ।

    पृथ्वीनारायणले देशनिकाला गरेका पादरी र अङ्ग्रेज व्यापारी र आजका एनजिओ उस्तै उस्तै हुन् । हिजो साम्राज्यवादी मिसन बोकेर व्यापारी र पादरी आए । उनीहरूले बाइबल अगाडि, तरबार पछाडि राखेर आए । अहिलेकाले दाम दिएर र राष्ट्रिय अस्मिता लिएर जान्छन् ।
    आज तिनै पादरीको जस्तै देश खाने भित्री एजेन्डा बोकेर एनजिओ आइरहेका छन् । उनीहरूले मानवअधिकार अगाडि, राष्ट्रिय एजेन्डा पछाडि राखेर आएका छन् । उनीहरूले देशभक्तलाई देखिसहदैनन् । पृथ्वीनारायणले देश विरुद्ध जासुस गर्ने ५७ जना पादरीलाई देशनिकाला गरे । आज हामी हजारौँ वैचारिक पादरीलाई सत्ताको चाभी सुम्पेर पालिरहेका छौँ ।

    अमर सिंह, भक्ति थापा र बिसे नगर्चीहरू पश्चिमा शिक्षाप्रणाली लादेर इतिहासभित्र दबाउन खोजिएको छ । बहादुर शाह बेलायती साम्राज्यवाद विरुद्ध दोस्रो रणनीतिक कमान्डरलाई अन्तरविरोधमा फसाएर दरबारभित्रै समाप्त पारियो । बिसे नगर्ची दलित, योजनाविद्, राष्ट्रनिर्माता इतिहासको फुटनोटमा धकेलियो किनकि साम्राज्यवादलाई जनताको योगदान र देशभक्ति भावना देखिसक्नु हुँदैन ।

    अब तटस्थता देशद्रोह हो । आज नेपाल निर्णायक मोडमा छ । या त हामी देश जोगाउन प्रतिरोध गर्छौं, या त इतिहासले हामीलाई विदेशीको बुटतल दबिन बाध्य पार्छ । पश्चिमी लेखोटलाई धर्मग्रन्थ ठान्नेले याद राखुन्, पृथ्वीनारायणले जासुस पादरीलाई देशबाट निकाल्न ढिला गरेनन् । आधुनिक राष्ट्रिय मुक्ति सङ्घर्ष आयो भने आजका साम्राज्यवादी कारिन्दाका लागि पनि त्यही नियति दोहोरिन सक्छ । संसारमा बाँचेका राष्ट्र प्रतिरोधले बाँचेका हुन्, प्रतिरोध त्याग्ने राष्ट्र ढिलोचाँडो समाप्त हुन्छन् ।

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.