• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

फागुन २१ मा भोट कसलाई दिने ?


  •   बुधबार, माघ २८, २०८२ मा प्रकाशित
  • निमबहादुर बुढाथोकीमगर ##

    नेपाली जनताले फागुन २१ गते मतदान गर्न अब २७ दिन बाँकी रहँदा राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मात्र चुनावी घोषणापत्र जारी गरेका छन् । घोषणापत्र लेखनको क्रममा आफूलाई अरूभन्दा अलग र विशिष्ट देखाई मतदाताको मन जित्ने उद्देश्य दल र स्वतन्त्रले राख्ने गरेको पाइन्छ । यसमा दलहरूले अघिल्ला निर्वाचनमा गरेको आफ्नै बाचाप्रति भने जबाफदेही वहन गरेको पाइँदैन तैपनि सबै पार्टी अहिले आआफ्ना उम्मेदवार लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

    Advertisement

    अत: पाटीहरू जितको अन्तिम दौडमा छन् यति बेला । करिब करिब ४० ओटा राजनीतिक पार्टी गरी तीन हजार ४०० भन्दा बढी प्रत्यक्षमा र २,११५ जना समानुपातिक उमेदवार चुनावी मैदानमा उत्रिएका छन् । ती सबैका लक्ष्य भनेको संसद्भित्र छिर्ने र राज्यको नीतिनिर्माता बन्ने रहेको छ । पार्टीहरूको चाहना सरकार बनाउनेछ भने माथिका नेताहरूको चाहना प्रधानमन्त्री, मन्त्री बन्ने रहेको छ । सबैले हिसाबकिताब गरेर हातका औला भाच्दै भोटको आँकलन गरिरहेका छन् तर पनि दलहरूलाई वा आफूलाई नयाँ पार्टी ठान्नेले यो चुनाव खास केका लागि, के उद्देश्यले हुँदैछ भन्ने कुराको हेक्का कसैले नराखेको देखिन्छ । उही पुरानै किसिमको पद्धति भएको चुनाव त २०८४ सालमा हुनेवाला नै थियो भने २०८२ सालमै चुनाव किन गर्नुपर्‍यो ? यसबारेमा अनभिज्ञ भएको देखिन्छ ।

    प्रश्न त्यति मात्रै छैन, जेनजी आदोलन भ्रष्टाचार र भ्रष्टचारी नेता विरुद्ध थियो भन्ने आफूलाई नयाँशक्ति भन्नेहरूले स्थायी सरकार, सुशासन र सुदृढ लोकतन्त्रका लागि जेनजी आन्दोलन भएको तलदेखि माथिसम्म नेतृत्वशैलीका विरुद्ध थियो । यो संविधान फेल खायो र यसको पुनर्लेखन गरी शासकीय स्वरूप आमूल परिवर्तन गर्नुपर्छ जस्ता गलत कुरा बोकेर उही नेता, उही पार्टी, उही पद्धति र उही संस्कार, नयाँ वैकल्पिक शक्ति भने बोकेर धेरै उम्मदेवार घरघरमा भोट माग्दैछन् ।

    कतिलाई त पुरानै बिरासत जोगाउनुछ त कतिपय उम्मेदवारलाई सांसद बनेर धनआर्जन गर्नुछ भने कतिपय उम्मेदवारलाई देश र समाज नबुझी मौकामा चिठ्ठा परिहाल्छ कि भन्ने होडमा चुनावमा होमिएका छन् । यस्ता खालका उम्मेदवारले नेपालमा हिजोको राजनीति कुन अवस्थामा थियो ? भोलि देश र जनताका लागि के दिनुपर्छ भनेर मतदातालाई कुनै कुरा भन्न सकिरहेका छैनन् । उही पुरानै कुरा सडक बनाउने, पुल बनाउने, रोजगारी दिने, भवन बनाइदिने, शिक्षा, स्वास्थ्य निशुल्क गर्ने आदि कुरा गरिरहेका छन् ।

    हाम्रो समाजको सोचविचार पनि अझै वर्गीय छ, जातीय छ, शोषणको चिन्तनले भरिएको छ । यस्ता सोच भएका मतदाता भएकै कारण र उम्मेदवारका यस प्रकार आश्वासनले देश उभो लाग्न नसकेको हो । त्यस खालको सोच, संस्कार बदल्ने कसैमा चिन्ता छैन । अझै पनि पुरानो राजनीतिक प्रणालीले जात र वर्गका नाममा नागरिक, मतदातामा विभाजन, फाटो ल्याइदिएको छ, जसले गर्दा नागरिक दायित्वलाई अझ खुम्च्यादिएको छ । प्रश्न त्यति मात्रै होइन, पार्टीको सिद्धान्त, नीति, विचार राम्रो भए पनि पावर र पहुँच नभएका इमानदार नेतालाई जनताले नटेर्ने र शक्तिशाली नेतालाई जिताएर पठाउने, पछि गएर गाली गर्ने काम जनताबाट हुने गरेका छन् । यदि मतदाता सचेत र जागरुक बनेको खण्डमा जस्तो पायो त्यस्तै पार्टी र उम्मेदवारले चुनाव जित्ने सम्भावना हुँदैन ।

    नेपालमा फिल्मी नायक होइन, देशको बहुआयामिक सङ्कट हल गर्ने सही विचार, दृष्टिकोण, राजनीति र योजनासहितको प्रतिबद्ध नेतृत्वको आवश्यकता छ । एउटै वर्ग, जात, लिङ्गको दबदबामा भएको अहिलेको राज्यसत्ताबाट वास्तविक मुक्ति हुन सक्दैन । वैदेशिक हस्तक्षेप र वैदेशिक ऋणले देशको अर्थतन्त्र चौपट भएको छ । गरिबी र आर्थिक सङ्कबिच बाँच्नुपरिरहेका नेपाली जनता आप्रवासनबाट प्राप्त रेमिट्यान्स, जनताको ट्याक्स र वैदेशिक ऋणबाट मात्रै अर्थतन्त्र धान्नुपरेको अवस्था छ । त्यसकारण सामाजिक न्याय नारामा छ, व्यवहारमा छैन । यस्तो विषम परिस्थितिबाट देशलाई मुक्त गर्न पपुलिस्ट नारा र टालटुले राजनीतिले समाधानको बाटोले सम्भव छैन । दीर्घकालीन समाधानको सही वैचारिक दृष्टिकोण र योजना दिन सक्ने त्यसका उम्मेदवारले विजय गरेर आए भने र त्यस्ता पार्टीको नेतृत्व देशले चाहेको छ, जसले गर्दा चुनावबाट वास्तविक जनताको प्रतिनिधित्व गर्ने र जनताको सरोकार हल गर्ने नेतृत्व आयो भने केही हदसम्म सुधारका काम हुन सक्ला तर चुनावले मात्रै त्यस्तो राजनीतिक नेतृत्व निर्माण गर्न सक्दैन ।

    आर्थिक–सामाजिक समस्या हल गर्ने सही विचार, दृष्टिकोण र योजनासहितको इमानदार र प्रतिबद्ध उम्मेदवार र नेतृत्वले मात्रै देशलाई अग्रगतितर्फ लैजान सक्छ । जनतालाई भावनात्मक रूपमा, मनोवैज्ञानिक प्रभावमा पारेर, आश्वासन र सपना बाँडेर कतिपय अवस्थामा प्रलोभनमै पारे गैरगैरकानुनी आर्थिक चलखेल, पैसा बाँडेर निर्वाचन जित्न सक्छन् । त्यस प्रकारको छलकपटको राजनीतिमाझ जनताको आवश्यकता पूरा गर्ने ती सांसदले भूमिका खेल्न सक्दैनन् ।

    सन् १९४८ मा बेलायतको निर्वाचनले पनि एउटा महत्त्वपूर्ण सन्देश दिएको थियो । युद्धनेताका रूपमा स्थापित, शक्तिशाली, चर्चित देशको प्रभुत्वशाली अख्तियार पाएका विन्स्टन चर्लिललाई लेबर पार्टीका नेता क्लेमेन्ट एटलीले हराइदिए । एटली शक्तिशाली र प्रभुत्वशाली चर्चित केही पनि थिएनन् तर उनी जनताको दैनिकीसँग जोडिएका थिए । जनताको दु:खसुखमा साथ दिन्थे । त्यसैले उनले शक्तिशाली चर्चिललाई शक्तिबाट पाखा लगाउन सफल भए । त्यसैले आसन्न निर्वाचनमा मिडियाबाजी, इन्टरनेटका नक्कली प्रचारले नयाँ वैकल्पिक शक्ति, नयाँ युवा र पुरानो बुढोले केही अर्थ राख्दैन, नेपालको राष्ट्रिय सङ्कट, वैदेशिक हस्तक्षेप, जनताका आवश्यकता सम्बोधन गर्न सक्ने र सामाजिक–आर्थिक रूपान्तरणका लागि ठोस विचार, दृष्टिकोण र योजनासहितको नेतृत्व—त्यस खालको सांसदले मात्रै गर्न सक्छ । त्यस्ता उम्मेदवार र पार्टीलाई जिताउन जनता वा मतदाताले पनि विचार पुर्‍याउनु अहिले गम्भीर आवश्यक छ ।

    देश अहिले गम्भीर परिस्थितिमा छ । त्यसकारण फागुन २१ गते भोट कसलाई दिने भन्ने प्रश्न गम्भीर बनेको छ । त्यसैले यो चुनावमा त्यस्तो पार्टी राष्ट्रिय जनमोर्चा र त्यसका उम्मेदवार देशैभरि चुनावी मैदानमा होमिएका छन् । जनता, मतदाताका घरआँगन, घरदैलोमा मतदातासँग जोडिँदै भोट माग्दै हिँडेका छन् अर्थात् जनताका आवश्यकता सम्बोधन गर्न सक्ने, सामाजिक, आर्थिक रूपान्तरणका र सही ठोस विचार, दृष्टिकोण र योजनासहित चुनावी मैदानमा छन् । राष्ट्रिय जनमोर्चाका प्रतिनिधि, उम्मदेवारले भन्दै आएका छन्, चुनावमा स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले हुने गरेको छैन । पैसाको प्रयोग गरिन्छ । मतदातालाई झुटा आश्वासन दिइन्छ र चुनावद्वारा स्वच्छ छवि भएका व्यक्तिभन्दा पनि भ्रष्ट र गलत तत्त्व नै बढी चुनाव जितेर आउँछन् । निर्वाचित भएर आएपछि तिनै व्यक्तिले भ्रष्ट तरिकाले धेरै पैसा जम्मा गर्छन् र देशमा विकास हुन पाउँदैन । त्यसैले फागुन २१ मा हुने चुनावमा त्यस्तै प्रकारका भ्रष्ट, कुशासनको पक्षधर उम्मेदवारलाई भोट दिने कि त्यसका विरुद्धमा लागेका पार्टीका उम्मेदवारलाई भोट दिने ? यो नै राष्ट्रिय महत्वको विषय हो ।

    जेनजीले उठाएका मुद्दा देशमा भ्रष्टाचार कुशासन भयो भन्ने थियो । त्यो राम्रो र सही थियो । विगतमा ठुला दलले गरेका त्यस प्रकारका क्रियाकलाप भ्रष्ट मानसिक व्यवहार, जनतालाई सुशासनभन्दा पनि कुशासन गरेको कारण यो मुद्दा उठ्यो । त्यो पक्ष सकारात्मक र राम्रो हो । पुराना नेतालाई भ्रष्टाचारको मुद्दा चलाई जेल हाल्ने, चुनावमा जानै नदिने, कारबाही गर्ने, चुनावमा पुराना नेतालाई प्रतिस्पर्धाबाट बाहिर गराउने, फागुन २१ गतेको चुनावमा नयाँ व्यक्तिलाई विजय गराउने हो भने त्यो चुनाव स्वच्छ र निष्पक्ष हुन सक्ला ? प्रचण्ड, ओली, माधव केही बाहेक अरू चुनावी मैदानबाट बाहिर नै छन् ।

    चुनावको परिणाम कस्तो आउला ? बालेन, रवि वा रास्वपाजस्ता व्यक्ति चुनावमा उम्मेदवारले विजय भए भने पुरानै प्रकारको हुन्छ कि त्योभन्दा अझै गम्भीर प्रकारको अवस्थामा यो मुलुक पुग्छ ? प्रश्न यहाँनेर छ किनकि भदौ २३–२४ गतेको जेनजी आन्दोलन जेनजीकै नभएर विदेशी साम्राज्यवादी शक्तिहरू विशेष गरेर अमेरिकी साम्राज्यवाद र देशीय प्रतिक्रियावादी शक्तिको दीर्घकालीन योजनाअनुसार भएको घटनाक्रम, अहिले परिस्थितिले त्यही देखिन्छ । त्यो आन्दोलन जेनजीको नभएर देशी वा विदेशी शक्तिको त्यसलाई हाइज्याक गरेको छर्लङ्ग छ ।

    फागुन २१ गतेको चुनावलाई पनि त्यसरी हाइज्याक गर्ने र यो चुनावलाई यो वा त्यो नामबाट आफ्नो साम्राज्यवादी वा प्रतिक्रियावादी स्वार्थको पक्षमा काम गराउने प्रकारको नयाँ पार्टी र उम्मेदवार चाहिएको छ । प्रश्न त्यति मात्रै होइन, चुनावबाट विजयी भएर आउने पार्टी र सांसदले फ्री तिब्बत वा दलाई लामाको पक्षमा काम गर्ने नयाँ सरकार चाहिएको छ । त्यसैले त्यस प्रकारको पात्र, उम्मेदवार खोजिरहेको छ । यो चुनावमा साम्राज्यवादी शक्तिको ठुलो षड्यन्त्र जारी रहने देखिन्छ । नेपाली मतदाताले आफ्नो जनप्रतिनिधि कस्तो छान्ने भन्ने मनमस्तिष्कबाट बाहिर जाने अवस्था छ । यदि यो चुनावमा ती षड्यन्त्रका विरुद्ध सङ्घर्ष गरेनौँ भने मतदातालाई बुझाएनौँ भने देश ठुलो दुर्घटनामा फस्नेछ र अमेरिकी साम्राज्यवादको प्रभुत्व कायम हुने र नेपाल युद्धको रणभूमिमा बदलिने खतरा छ । त्यसकारण फागुन २१ गतेको चुनावमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले नेपालमा भइरहेको चलखेल, बढिरहेको अमेरिकी साम्राज्यवादी खतराका विरुद्ध लगातार सङ्घर्ष गर्दै आइरहेको छ । त्यो पार्टीका उम्मेदवारले पनि मतदाताका बिचमा त्यो कुरा सम्प्रेषण र खबरदारी गर्दै आइरहेका छन् ।

    विगतमा पनि अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय जनमोर्चाले राष्ट्रिय रूपमा सन्देश दिन चितवनको उपचुनावमा भाग लिएको थियो र अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान पनि सञ्चालन गरेको थियो । नेपालमा पुराना विभिन्न अमेरिकापरस्त राजनीतिक दल त छन् तर उनीहरूमाथि ती साम्राज्यवादी स्वार्थ पूरा गराउन विश्वास नलागेर अमेरिकाले अहिले नेपालमा स्वतन्त्र (घण्टी) पार्टीलाई अगाडि ल्याएको छ, जसले इन्डोप्यासिफिक रणनीति र तिब्बतमा दलाई लामाको पक्षमा काम गर्ने, नेपालमा दलाई लामाको कार्यालय स्थापना गर्न चाहन्छ, जसले गर्दा अर्को खम्पा विद्रोह होस् ।

    विगतमा खम्पाहरूलाई सहयोग गर्न बनेका काठमाडौँका स्युचाटार, एयरपोर्ट, रसुवाको लाङटाङ एयरपोर्ट र हालको चिलिमे एयरपोर्ट, ओलाङचुङगोलाको एयरपोर्ट, सोलुखुम्बुको स्यान्बोचे, फाप्लु र लुक्ला एयरपोर्ट, बागलुङको ढोरपाटन एयरपोर्ट, र डोल्पाको एयरपोर्टलाई अमेरिकी दूताबासमार्फत दलाई लामाका सेना “खम्पा” लाई ओसार्न, तिनीहरूलाई हातहतियार, रासन, लुगा फाटोको सप्लाई गर्नसमेत बनेका थिए । भारतको हासिमारा एयरपोर्ट (बङ्गाल) बाट ओलाङचुङगोलामा प्लेन ल्यान्ड गरी खम्पाका लागि सामान र खम्पालाई झारिन्थ्यो । तिनीहरूलाई निगरानी र नियन्त्रण गर्न नेपालमा २०२२ सालमा उत्तरी प्रशासनिक कार्यालयसमेत स्थापना भएका थिए । ओलाङचुङगोलामा कर्णेल शैलेन्द्रबहादुर महत, सोलुखुम्बुमा कर्णेल चन्द्रबहादुर विष्ट, जोमसोममा मेजर भोजेन्द्रबहादुर खाँड र हुम्लामा सिभिल प्रशास जगबहादुर बुढाथोकीमगर (तत्कालीन मन्त्री गिरीबहादुर बुढाथोकीमगरका भाइ) लाई जिम्मेवारी दिइएको थियो ।

    तत्कालीन मेची अञ्चलदेखि महाकाली अञ्चलका उत्तरी सीमाक्षेत्रमा स्थायी र अस्थायी गरी करिब १८ ओटा खम्पाका ठुलासाना पोस्ट राखिएका थिए । तिनीहरूलाई भारतीय सेना, रअ र अमेरिकाको सिआइएले खम्पालाई मदत गरेका थिए । त्यसकारण अमेरिकी साम्राज्यवादले पुराना पार्टीको सरकारलाई विस्थापित गरेर उसको आफ्नो स्वार्थमा चल्ने, सरकार नेपालमा स्थापना गर्न चाहन्छ । त्यही उद्देश्य पूरा गर्न जेनजी आन्दोलनलाई हाइज्याक गरिएको हो । संसद् विघटन गर्न लगाएर नयाँ चुनाव गराएर बहुमत गराएर आफ्नो निर्देशनमा चल्ने, नयाँ कठपुतली सरकार बनाउने उसको रणनीति रहेको छ । यसरी अमेरिकी सामाज्यवाद नेपालमाथि नाङ्गो हस्तक्षेप गर्न खोजिरहेको छ । तसर्थ फागुन २१ गतेको चुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले त्यसका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्दै, एउटा हिम्मत, आँट र साहसका साथ आम नेपाली जनता, मतदातासँग यसपालिको चुनावमा हामीलाई भोट दिनुस् हाल्नुस भन्दै मतदाताका घरदैलोमा हिँडिरहेका छन् । त्यसका विरुद्ध व्यापक भण्डाफोर राजनीतिक अभियान चलाइरहेका छन् ।

    नेपालको यस्तो सङ्कट र घेराबन्दीमाझ आम निर्वाचन हुँदैछ । एउटा सार्वभौम, असंलग्न र पञ्चशीलको आधारमा परराष्ट्रनीति तय हुँदै आएको देशमा कुनै देश वा राष्ट्रले यस प्रकारका गतिविधि गर्ने छुट छ ? भोलि अन्य कुनै ढङ्गले यस्तै गतिविधि बढाउन चाहेमा वा गरेमा हामी के गर्छौं ? यसको जबाफ ढिलाचाँडो जनताले खोज्ने नै छन् । त्यसकारण फागुन २१ गतेको चुनावमा भोट कसलाई दिने ? अमेरिकी साम्राज्यवाद विरुद्ध उभिएका राष्ट्रिय जनमोर्चाका उम्देवारलाई भोट दिनुपर्दछ, जसले हाम्रो देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनताका लागि संसद्मा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

    २०८२ माघ २८ गते

    बुधबार, माघ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.