• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सरिता गिरी प्रकरणमा व्यक्त प्रतिक्रियाबारे


  •   शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    नेपालले कालापानी सहितको भूभागलाई नेपालको नक्सामा समावेश गरेपछि त्यस अनुरुप गरिएको संविधान संशोधनमा संसद भित्र र बाहिर ऐतिहासिक राष्ट्रीय सहमति कायम भएको थियो । तर तात्कालिन सांसद सरिता गिरीले संविधान संशोधनका विरुद्ध प्रस्ताव दर्ता गराउनुका साथै कालापानी सहितको भूभागलाई समेटेर नक्सा जारी गर्ने कार्यको समेत विरोध गरेकी थिईन । सरिता गिरी सम्बद्ध दलले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । त्यस अनुरुप आफना सांसदहलाई संविधान संशोधनका पक्षमा मतदान गर्न ह्पि समेत जारी गरेको अवस्था थियो ।

    तर सरिता गिरीले राष्ट्रिय महत्वको विषयलाई उपेक्षा गर्नुका साथै पार्टी निर्णयलाई समेत उल्लंघन गरेर कालापानी सहितको भूभागलाई नक्सामा समावेश गर्ने कार्यका विरुद्ध खडा हुनुका साथै संसदमा मतदानमा समेत उनुपस्थित भएकी थिइन् । जसको परिणाम गिरी सम्बद्ध दलले निजलाई पार्टीबाट निष्काशन गर्नुपरेको थियो । गिरीको हकमा पार्टीले उठाएको कदम निश्चितरुले स्वागतयोग्य थियो ।

    यो बताई रहनुपर्ने आवश्यकता छैन कि, राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको सवालमा मधेशवादी शक्तिहरु शुरुदेखि नै नकारात्मक रहँदै आएका छन् । यद्यपि कालापानीको सवालमा मधेशवादी शक्तिहरुले पनि, राष्ट्रियताको पक्षमा लिएको अडान स्वागतयोग्य छ । त्यो अडानका विरुद्ध सरिता गिरीले गरेको क्रियाकलाप समेत अनुशासनको दायरामा पर्ने भएकोले त्यस अवस्थामा सांसद र पार्टी सदस्यताबाट समेत गरेको निष्कासन स्वागतयोग्य छ । त्यसका साथै सरकारले कालापानी सहितको भूभागलाई समेटेर जारी गरेको नक्साप्रति उनीहरुको ईमान्दारीतालाई देखाउँछ । यदि सरिता गिरिलाई कारवाही नगरेको भए कालापानीको सवालमा उनीहरुको ईमान्दारीतामाथि शंका उत्पन्न हुने स्थिति पैदा हुन्थ्यो ।

    सरिता गिरी सांसद र पार्टी सदस्यताबाट निष्काशीत भएपछि विभिन्न प्रतिक्रिया देखा परेका छन् । देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा भएका शक्तिहरुले यसलाई सही कदमको रुपमा अथ्र्याएका छन् वा मुल्यांकन गरेका छन् । देशको सार्वभौमसत्ता र अखण्डताका विपक्षमा भएका शक्तिहरुले यो कार्यवाहीलाई गलत बताएर यसको विरोध गरि रहेका छन् ।
    सर्वप्रथम त शुरुमा यो कार्वाहीको विरोधमा भारतीय सञ्चार माध्यमले नै अभियान चलाएको थियो । भारतले कालापानी सहितको भूभागलाई आफ्नो नक्सामा सामेल गरेको विरोधमा नेपालले भारतीय अतिक्रमणका विरुद्ध यो कदम उठाउनु परेको थियो । नेपालको यो निर्णयले भारतीय स्वार्थलाई धक्का पुग्ने भएकोले उसले नेपालको विरोध गर्नु स्वभाविक हो ।

    त्यस्तो अब नेपालमा बसेर नेपालको कदमको विरोधले भारतलाई सहयोग पुग्ने भएको हुनाले भारतले सरितालाई नायीकाको रुपमा प्रस्तुत गर्नु स्वभाविक नै हो । त्यसैले भारतीय सञ्चार माध्यमले सरिता गिरीलाई विद्रोही नायीकाका रुपमा प्रस्तुत गर्ने पूरा कोशिस गरेको थियो । यदि आफ्नो मुलुकको राष्ट्रियताको विपक्षमा उभिने पात्रलाई विद्रोही मान्ने हो भन्ने व्रिटीशका विरुद्ध भारतका पक्षमा लड्ने चाहिँ के हुन्छन ? भारतीय सञ्चार माध्यमको तर्क अनुसार भारतीयहरु नभएर ब्रिटीशहरु विद्रोही हुन जान्छन् ।

    भारतको स्वार्थको पक्षमा बोलेको हुनाले जसरी सरिता भारतका लागि आदर्श पात्र बनिन् त्यसै गरि एक जना पत्रकार धर्मेन्द्र झाकालागि पनि आदर्श पात्र बनेकी छिन् । धर्मेन्द्र झाले नयाँ पत्रिका दैनिकमा ‘सरिता नियतीको मधेश कनेक्शन’ शिर्षकको लेखमा सरितामाथिको कारवाहीलाई गैर न्यायिक बताएका छन् । उनका अनुसार कारवाहीले उदार लोकतन्त्रको धज्जी उडाउने काम भएको छ । प्रजातान्त्रिक प्रणालीमा समेत बोलेका कारण कारवाही ब्यहोर्नुु परेको बताएका छन् । त्यसका साथै यो कारवाहीसँग मधेश कनेक्शन जोडिएको तर्कसमेत दिएका छन् ।

    देशको अस्तित्वको प्रश्न मुख्य कुरा हो । शासन प्रणाली त्यस पछिको विषय हो । देशको सार्वभौमसत्ता र अखण्डताका विरुद्ध उभिने कसैलाई पनि अधिकार छैन । निश्चित रुपले विभिन्न विषयमा आफ्ना अभिब्यक्ति दिने स्वतन्त्रता सबैलाई छ । तर देशको राष्ट्रियताका विरुद्ध अभिब्यक्ति दिने स्वतन्त्रताको अधिकार कसैलाई पनि हुँदैन । यो कुनै कार्यक्रम, वाद, विचारधारा वा सिद्धान्तको प्रश्न होइन । त्यस्तोमा पनि स्वतन्त्रताको अधिकारको वकालत गर्नुलाई सही मान्न सकिँदैन । दलीय ब्यवस्थासँग दलीय अनुशासनको प्रश्न अभिन्नरुपले जोडिएको हुन्छ । यद्यपि अनुशासनको प्रश्नलाई हामीले निरपेक्षरुपमा हेर्न मिल्दैन । यो प्रश्नलाई सदैव जनता र राष्ट्रको हितसँग जोडेर हेर्नु पर्दछ । विभिन्न ब्यवस्था सञ्चालनका आ आफ्ना नियम हुन्छन् ।

    विद्यमान ब्यवस्था दलीय ब्यवस्था हो । दलीय आधारमा नै सरकारको निर्माण र परिवर्तन हुने गर्दछ । त्यसैले संविधानमा समेत सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने ब्यवस्था गर्नुका पछाडीको उद्धेश्य पनि यही हो । यो ब्यवस्थाले दलीय अनुशासन कायम गर्नुका साथै राजनीतिक स्थिरतालाई सुदृढ गर्ने काम गर्छ । दलीय अनुशासन कायम गर्न त्यही प्रकारले राजनीतिक दल सम्बन्धी कानुनी ब्यवस्था गरिएको हुन्छ । त्यसै अनुरुप नेपालमा पनि त्यस प्रकारको ब्यवस्था गएिको छ । दलीय अनुशासन सम्बन्धी ब्यवस्था नगर्ने हो भने दलले आफ्ना सदस्यहरुमाथि नियन्त्रण कायम गर्न सक्दैन र त्यसको सम्पूर्ण असर शासन प्रणालीमा पर्दछ ।

    राजनीतिक दल सम्बन्धी नेपालको कानूनी ब्यवस्था अनुसार दलीय आचरणको पालना नगर्ने सदस्यलाई कारवाही गर्न सक्ने अधिकार सम्बन्धित दलको केन्द्रीय समितिलाई दिएको छ । सम्बन्धित दलको केन्द्रीय समितिले आफ्ना सदस्य वा सांसदहरुमाथि कारवाही गर्ने अधिकार राख्दछ । त्यति मात्र नभएर स्थानीय तहमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई समेत कारवाही गरेर पद खाली गर्न सक्ने अधिकार दललाई रहेको छ । त्यसैले सरिता गिरीमाथिको कारवाही कानून सम्मत छ । कारवाही राजनीतिक तथा कानूनी दृष्टिकोणले न्यायीक छ । बरु सरिताको पक्ष लिने पत्रकार मित्रलाई बहुदलीय ब्यवस्थाको मूल्य र मान्यताको ज्ञानको अभाव जस्तो देखियो ।

    यो कारवाहीसँग मधेश कनेक्शन जोडिएको दाबी गरिएको छ । जहाँसम्म मधेश कनेक्शनको प्रश्न छ, राष्ट्रियताको विरोध गर्नु वा हमेशा भारतको पक्ष लिनुलाई मधेशवादको परिचायकरुपमा स्थापित भएको छ । तर कालापानीको सवालमा विपरीत भएको छ । संसद भित्र भएका मधेशवादी दलहरुकाबीचको आपसी एकता परिणाम त्यसको केन्द्रीय समिति पहाड र तराई दुईटैको समिश्रणबाट बनेको छ ।

    जनाधार मधेश तर पहाडी नेताकार्यकर्ताको बाहुल्यताको परिणाम नै यो कारवाही भएको हो भन्ने रुपमा कतिपयले प्रस्तुत गरेका छन् । यो कारवाही मधेशवादको सिद्धान्तसँग मेल खाएको छैन भनेर उक्साउन खोजिएको छ । सरिताले मधेशवादलाई परित्याग नगरेको हुनाले कारवाही भोग्नु पर्यो भनेर भारतको समर्थन र सहानुभुति लिने प्रयास गरिएको छ । कारवाही भोग्नु परेका कारण उनी मधेशी महिलाहरुकाबीच आर्दश बनेकी छिन् भन्ने दाबीका पछाडी पनि विखण्डनलाई नै प्रश्रय दिन खोजिएको छ । भारतीय साम्राज्यवादले नेपालको तराईलाई नेपालबाट अलग गर्नाकालागि तराईमा विखण्डनको लागि आधार तयार पार्न लगातार कोशिस गरेको छ ।

    विखण्नवादी आधारकालागि सरिता आदर्श हुन सक्छन् । त्यो कथित आदर्श पनि भारतको उद्धेश्ये पूरा नहुँदासम्मका लागि मात्र हो । आफ्नो उद्धेश्ये पूरा भएपछि सिक्किमको लेण्डूप दोर्जीको हैसियत भारतीय शासकका लागि कस्तो रहयो ? त्यस बारे विश्व समुदाय अनभिज्ञ छैन । तात्कालिन भारतीय प्रधानमन्त्री ईन्दीरा गान्धीले भनेकी थिइन् आफनो देश सिक्किमलाई धोका दिने लेण्डूपलाई विश्वास गर्न सकिन्न ।

    यो कुराको हेक्का सरिताले वा धर्मेन्द्र झाले राख्न जरुरी छ । तर तराईले राष्ट्रियताको रक्षाका लागि संघर्षको लामो ईतिहास बोकेको छ । राष्ट्रियताको रक्षाकालागि संघर्षरत थारु, मुस्लीम, मधेशीलगायतका समुदायका लागि उनी आदर्श पात्र हुन सक्दैनन् ।

    शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.