लुधियाना । भारतको पंजाब राज्यको लुधियाना फोकल प्वाइंटमा आज आईतवार ०८ फरवरी २०२६ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर स्तरीय निर्वाचन परिचालन भेला सम्पन्न भएको छ ।
२०८२ को प्रतिनिधि सभा निर्वाचन केन्द्रीत उक्त समारोहमा प्रमुख अतिथि मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले व्यानर खोलेर करतार ध्वनिमा उद्घाटन गर्नु भएको थियो ।
महासचिव त्रिभुवन भट्टराईले मूल प्रवाहको नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । यसपटकको निर्वाचनमा स्वदेशमा आफन्तहरू छरछिमेक चारैतर्फबाट बढि भन्दा बढि नेपालीहरूलाई सहभागी बनाउने र साम्राज्यवादी शक्ति विरुद्ध गिलासमा मतदान गर्न प्रेरित गर्न भट्टराईले आग्रह गर्नु भयो ।
त्यसैगरि मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काले निर्वाचनमा मूल प्रवाहका सबै तहका कार्यकर्ताहरूले निर्वाचनमा सहभागी बन्ने बनाउने र राष्ट्र बचाउने अभियानमा गिलास चिन्हमा मतदान गर्न सर्वसाधारणलाई सचेत पार्नु पर्ने धारणा राख्नु भएको थियो ।
उक्त समारोहमा मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार राजकुमार शाही, नगर समितिबाट बसन्ती थापा, मिना दर्लामी, हरि केसी, करण भट्टराई, धनप्रसाद अधिकारी, गोविन्द परियार, विशाखा क्षेत्री, चेतमान आरके लगायतले मन्तव्य दिनुभएको थियो ।
भेलाले अर्जुन कार्कीको संयोजकत्वमा नगर स्तरीय २७ सदस्यीय निर्वाचन परिचालन समिति र बिनीराम पुरीको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति गठन गरेको छ ।
कार्यक्रम अर्जुन कार्किको सञ्चालन तथा बिनीराम पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

