प्रेम गायक
झ्याप्पै आए किस्नदाइ
भोट माउन
च्याप्पै लाए गिलास
हातमा समाउन
यो गिलासमा दही खाएनि
मोही खाए नि खाऊ
फागुन एक्काइस गते
यही गिलासमा छाप लाऊ
झ्याप्पै आए किस्नदाइ
बागलुङ एकमा
उनको जित सुनिश्चित छ
हाम्रो यो भेगमा
बागलुङ १२ अमलाचौरमा
किस्नदाइको घर
मिलनसार स्वभावका
अधिकारी थर
झ्याप्पै उठे किस्नदाइ
गिलास चिह्नमा
उनलाई बाहेक मेरो भोट
अन्त दिन्न म
राष्ट्रियताका संरक्षक
जनताका पहरेदार
सुनाउनुछ संसद्भित्र
उनको हुङ्कार
झ्याप्पै आए किस्नदाइ
जिताई पठाइदिऊँ
अरू कोही नि ठिक छैनन
धुलो चटाइदिऊँ
किस्नदाइको इतिहास
गर्वलाग्दो छ
सङ्घर्षमै तीनबिस कटे
भरलाग्दो छ
झ्याप्पै आए किस्नदाइ
हाम्रो गाउँघरमा
एक्कैपटक पठाइहेरौँ
सिंहदरबारमा
सङ्घीयताको खारेजी
राष्ट्रियता जोगाउन
साम्राज्यवादका दलालहरू
सबलाई भगाउन
झ्याप्पै आए किस्नदाइ
चुनाव प्रचारमा
जे जे बोल्छन् त्यही गर्छन्
उनले व्यवहारमा
यसपालिको हाम्रो भोट
किस्नदाइलाई
मतदान गर्नुहोस् गिलासमा
अनुरोध सबैलाई
झ्याप्पै हानौँ गिलासमा
च्याप्पै दुइटा छाप
राष्ट्रघाती भ्रष्टलाई
बनाऊँ पत्तासाफ
बागलुङ एकमा गिलास चिह्न
बागलुङ २ मा तारा
दुबै जना परेका छन्
जनताको भर
झ्याप्पै हानौँ यसपटक
साझा वामलाई मत
अन्त कतै भोट नदिऊँ
हुन्छ बर्बाद