विष्णु शर्मा (पाण्डचेरी)
यो चुनाबको बेला त के के सुन्नु पर्यो,
नयाँहरूको एजेण्डामा कानै थुन्नु पर्यो।
चुनाब जिती के गर्ने हो जिरो थाहा छैन,
के बोले भन्ने पनि भ्याउ पाहा छैन ।
यस्ता कानुन बनाउने छौ एजेण्डा छैन,
रबि र बालेन बाहेक नाम जप्ने हैन।
रबि र बालेन देख्न भोट हाल्नु पर्ने,
कठै उनका कुरा छैनन् भोक भोकै मर्ने॥
गरिबीको रेखामुनि जनता छन् कति,
उनको बारे कानुन लेख्छौ भन्दैनन् एक रति।
उपचार नपाएर कति जनता मर्छन्,
जीवन धान्ने बाटो नपाइ आत्म हत्या गर्छन्।।
राष्ट्रियताको बिषयमा मुख खोल्ने होइनन्,
बिदेशी हस्ताक्षेपको बिरोध गर्या छैनन् ।
देशको सिमा साउरिदै छ छैनन् त्यता आँखा,
हाम्ले जिते नेता ल्याउछौँ गर्छन् ठुला बाचा॥
युवाहरू बिदेशीने लाइन ठुलो भयो,
देशभरिको उर्जा शक्ति बिदेशलाइ भयो।
देशभित्रको उर्भर भुमि मरुभूमि भयो,
दुःख गरी बनाएका घर त्यसै खेर गयो ॥
एउटा बिषयको डिक्रीले सबैमा काम हुन्न,
समाजसेवी कामले मात्र राजनीतिलाई छुन्न।
उम्मेदवार उठेको छ थाहा छैन परिभाषा,
अझै पनि के देखेर गर्नु र खै आशा॥
जनताले नेता चुन्न नजान्नाले हेर,
देश अफ्ठ्यारोमा जादैछ फेरि एक फेर।
प्रदेशको गल्लीबाट बिन्ती गर्छु मैले,
नेता चुन्दा कोही पनि नहतारिनु ऐले॥
देशको बारे नडराइ कुरा गर्छ कस्ले,
बोलेका बचनहरू पूरा गर्छ जसले।
सबै जाती जनजाति समेटिन्छन् जहाँ,
कुरा बुझी ढुक्क भइ भोट दिनु त्यहाँ।

