• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बर्गिय दृष्टिकोणमा राजनीतिक हकचलको यथार्थ


  •   आइतबार, माघ ११, २०८२ मा प्रकाशित
  • -गणेश आचार्य

    Advertisement

    समकालीन नेपाली राजनीतिक घटनाक्रम, पार्टीहरूको टुटफुट, विभाजन, पुनर्गठन, गठजोड, सरकारका नीति–निर्णय र तिनका वरिपरि निर्मित समर्थन तथा विरोधका धाराहरूलाई तथ्यपरक रूपमा विश्लेषण गर्दा एउटा केन्द्रीय प्रश्न अपरिहार्य रूपमा उठ्छ । यी सबै प्रक्रियाहरू उत्पीडित वर्गको ऐतिहासिक मुक्तिको दिशामा उन्मुख छन् कि शासक वर्गको सङ्कट व्यवस्थापनका लागि समय–समयमा दोहोरिइरहने रणनीतिक अभ्यास मात्र हुन् ? यहाँ यो विषयमा थोरै चर्चा गर्ने कोशिस गरिएको छ ।

    मार्क्सवादी दृष्टिकोणले राजनीतिलाई व्यक्तिको नियत, भाषणको कौशल, सामाजिक सञ्जालमा देखिएको लोकप्रियता वा नैतिक आवरणको आधारमा मूल्याङ्कन गर्दैन । यो दृष्टिकोण उत्पादन सम्बन्ध, वर्गीय संरचना, राज्यसत्ताको चरित्र र ऐतिहासिक भौतिकवादको वैज्ञानिक विधिबाट सामाजिक यथार्थको परीक्षण गर्छ । त्यसैले सतहमा देखिने राजनीतिक हलचलभन्दा भित्र लुकेका संरचनागत विरोधाभास र वर्गीय स्वार्थको विश्लेषण निर्णायक हुन्छ ।

    नेपालजस्तो अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती समाजमा राज्यसत्ता केवल आन्तरिक वर्गसम्बन्धको उपज मात्र होइन, अन्तर्राष्ट्रिय पूँजी, भू–राजनीतिक दबाब र घरेलु दलाल पूँजीबीचको जटिल गठजोडद्वारा निर्देशित संरचना पनि हो भन्ने तथ्यलाई अस्वीकार गर्नु स्वयं वैचारिक अन्धोपन हो । यही संरचनागत यथार्थका कारण सरकार परिवर्तन, संविधान संशोधन वा सत्ता गठबन्धन फेरिए पनि राज्यको वर्गीय दिशा परिवर्तन नहुने तथ्य बारम्बार प्रमाणित भएको छ ।

    २०४६ सालपछि बहुदलीय व्यवस्थाको पुनःस्थापना, २०६२/६३ को आन्दोलनपछि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, तथा त्यसपछिका वर्षहरूमा देखिएका राजनीतिक उतारचढावहरूले एउटै यथार्थ उजागर गर्छन्‌—राज्यसत्ता जनताको हातमा गएको होइन, केवल शासक वर्गभित्रको शक्ति सन्तुलन पुनःव्यवस्थित भएको मात्र हो । सत्ता संरचनामा सामन्ती अवशेष, दलाल पूँजी र अन्तर्राष्ट्रिय हितसमूहको प्रभाव यथावत् रहँदा जनताको जीवनमा गुणात्मक परिवर्तन सम्भव हुँदैन ।

    पार्टीहरूको टुटफुटलाई केवल नेतृत्व विवाद, अहंकारको टकराव वा संगठनात्मक कमजोरीका रूपमा व्याख्या गर्नु गम्भीर राजनीतिक सरलीकरण हो । अधिकांश विभाजनको वास्तविक कारण पार्टी सत्ता र राज्यसत्तासँगको सम्बन्धमा निहित हुन्छ, जहाँ सिद्धान्तभन्दा सत्ता पहुँच, वर्गीय प्रतिबद्धताभन्दा सुविधा र दीर्घकालीन रणनीतिभन्दा तात्कालिक लाभ हावी हुन्छ । पार्टी सत्ता र राज्यसत्ता नजिकिँदै जाँदा विचार गौण बन्छ र पद, स्रोत तथा प्रभाव प्रमुख बन्न पुग्छ ।

    क्रान्तिकारी आन्दोलनको इतिहासले स्पष्ट देखाएको छ—जब कुनै पार्टी जनसमुदायको वर्गीय सङ्घर्षबाट क्रमशः अलग भएर संसदीय गणित, मन्त्रीपरिषद् र राज्यको दैनिकीमा आत्मसात् हुन थाल्छ, तब त्यही पार्टीभित्र अवसरवाद, संशोधनवाद र अन्ततः संगठनात्मक विभाजन अपरिहार्य बन्छ । यो कुनै आकस्मिक दुर्घटना होइन, बरु वर्गीय आधार कमजोर हुँदै गएको स्वाभाविक परिणाम हो । विभाजनपछि जन्मिने नयाँ समूहहरू प्रायः ‘नयाँ’, ‘वैकल्पिक’, ‘सुधारिएको’ वा ‘पुरानाबाट अलग’ भन्ने भाष्य बोकेर प्रस्तुत हुन्छन् । तर तिनको कार्यक्रम, वर्गीय आधार र व्यवहार विश्लेषण गर्दा पुरानै सत्ताकेन्द्रित राजनीति दोहोरिएको देखिन्छ । यस्तो नयाँपन वास्तवमा असन्तोष व्यवस्थापनको रणनीति मात्र बन्न पुग्छ, जहाँ जनआक्रोशलाई प्रणालीभित्रै सीमित सुधारको आश्वासनद्वारा नियन्त्रण गरिन्छ ।

    गठजोडको प्रश्न मार्क्सवादी राजनीतिमा संवेदनशील तर अपरिहार्य विषय हो । गठजोड आफैंमा न त क्रान्तिकारी हुन्छ, न प्रतिगामी । यसको मूल्यांकन गठजोडको वर्गीय दिशा, ऐतिहासिक उद्देश्य र शक्ति सन्तुलनले निर्धारण गर्छ । उत्पीडित वर्गको शक्ति सुदृढ गर्ने रणनीतिक गठजोड र शासक वर्गको सङ्कट व्यवस्थापनमा सहभागी हुने अवसरवादी सम्झौताबीचको भिन्नता नछुट्याउनु वैचारिक विचलन हो । वर्तमान राजनीतिमा देखिएका अधिकांश गठजोडहरू वैचारिक सामञ्जस्य वा वर्गीय कार्यक्रमभन्दा पनि सत्ता बाँडफाँडको गणितमा आधारित छन् । यस्तो गठजोडले जनतालाई परिवर्तनको भ्रम त दिन्छ, तर शोषणको संरचना, उत्पादन सम्बन्ध र निर्भर अर्थतन्त्रलाई यथावत् राख्छ । परिणामस्वरूप राजनीति जनमुक्तिको साधन होइन, सत्ता व्यवस्थापनको खेलमा सीमित हुन्छ ।

    सरकारका नीति–निर्णयहरूलाई पनि यही भ्रमको आवरणले ढाकिएको देखिन्छ । जनमुखी शब्दावलीमा प्रस्तुत गरिएका कार्यक्रमहरू व्यवहारमा पूँजी, दलाल वर्ग र शक्तिशाली हितसमूहको लाभ सुरक्षित गर्ने साधन बन्छन् । श्रमिक, किसान, मजदुर र सीमान्तकृत वर्गको जीवनमा गुणात्मक परिवर्तन नदेखिनु कुनै संयोग होइन, बरु राज्यको वर्गीय चरित्रको प्रत्यक्ष परिणाम हो । यसले राज्य तटस्थ संरचना होइन, शासक वर्गको सामूहिक समिति हो भन्ने मार्क्सवादी निष्कर्षलाई पुनः पुष्टि गर्छ । कानुन, नीति र संस्थाहरू शासक वर्गका हित सुरक्षित गर्न बनाइन्छन्, र जनताको हित तिनको उप–उत्पादन मात्र हुन्छ ।

    कुनै पात्र वा समूहलाई अचानक प्राप्त हुने समर्थनलाई भावनात्मक उत्साह, नैतिक शुद्धता वा व्यक्तिगत आकर्षणको आधारमा होइन, भौतिक आधारमा विश्लेषण गर्नु आवश्यक हुन्छ । कसले समर्थन गर्‍यो, किन गर्‍यो, कुन वर्गीय स्वार्थ त्यसमा प्रतिविम्बित छ भन्ने प्रश्नको उत्तर नखोजी गरिने प्रशंसा क्रान्तिकारी चेतनाको क्षय हो ।

    मिडिया, सामाजिक सञ्जाल र ‘नागरिक समाज’ का नाममा सक्रिय संरचनाहरू पनि यस राजनीतिक प्रक्रियाको महत्वपूर्ण अंङ्ग बनेका छन् । तिनीहरूले वर्गीय विश्लेषणलाई विस्थापित गरेर व्यक्तित्व, भावनात्मक कथा र नैतिक उपदेशलाई अगाडि सार्छन् । यसले राजनीतिलाई सङ्घर्षको विज्ञानबाट दृश्यात्मक उपभोगको वस्तुमा रूपान्तरण गर्छ ।
    सही मार्क्सवादी क्रान्तिकारी दृष्टिकोण यस्तो अवस्थामा आवेग होइन, धैर्य र वैज्ञानिक सोचलाई मार्गदर्शक बनाउँछ । तथ्यमा आधारित आलोचना र आत्मालोचना क्रान्तिकारी राजनीतिका आधारभूत हतियार हुन् । आत्मसमीक्षा बिना कुनै आन्दोलन दीर्घकालीन रूपमा जीवित रहन सक्दैन ।

    क्रान्ति कुनै एक दिनको घटना होइन । यो लामो ऐतिहासिक प्रक्रिया हो, जहाँ अग्रगमन र प्रतिगमन, आशा र निराशा, जित र हार एक–अर्कासँग गाँसिएका हुन्छन् । तर ती कठिन क्षणहरूमा सिद्धान्तसँगको नाता तोड्नु भनेको आन्दोलनको आत्महत्या गर्नु सरह हो । आज देखिएको वैचारिक विचलनको मूल कारण वर्गीय राजनीतिलाई छाडेर व्यवस्थापन, सुशासन र व्यक्तित्व केन्द्रीत भाष्यलाई राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्नु हो । यसले क्रान्तिकारी राजनीतिलाई क्रमशः सुधारवादमा सीमित गर्छ र अन्ततः शासक वर्गको सहयोगी बनाउँछ । सही मार्क्सवादी क्रान्तिकारी नेताको दृष्टिकोण लोकप्रियताको पछि लाग्दैन । त्यो अलोकप्रिय सत्य बोल्ने साहस राख्छ, किनकि इतिहासले प्रमाणित गरेको छ—तत्कालीन हार, आलोचना र एक्लोपन पनि दीर्घकालीन रूपमा सही दिशाको प्रमाण बन्छ ।

    अन्ततः, समकालीन राजनीतिक घटनाक्रमको भीडमा दिशाबोध कायम राख्नु भनेको भावनात्मक प्रतिक्रिया होइन, वर्गीय विश्लेषण, ऐतिहासिक भौतिकवाद र अन्तर्राष्ट्रिय सन्दर्भको गहिरो अध्ययन हो । मार्क्सवादी क्रान्तिकारीको भूमिका घटनालाई केवल व्याख्या गर्नु होइन, तिनका अन्तर्निहित विरोधाभास उजागर गरेर परिवर्तनको दिशातर्फ चेतनालाई संगठित गर्नु हो । जब पार्टी, सरकार वा पात्रहरू जनताको नाममा बोल्छन् तर जनताको जीवन भौतिक रूपमा रूपान्तरण हुँदैन, त्यहीँबाट क्रान्तिकारी आलोचनाको अनिवार्यता सुरु हुन्छ । यो आलोचना न व्यक्तिगत द्वेष हो, न नैतिक उपदेश; यो वर्ग सङ्घर्षको वैज्ञानिक अभिव्यक्ति हो । यही दृष्टिकोणले मात्र टुटफुट, गठजोड र निर्णयहरूको अव्यवस्थित भीडभाडमा पनि ऐतिहासिक दिशाबोध जोगाउन सक्छ, र यही दिशाबोध बिना कुनै पनि आन्दोलन दीर्घकालीन रूपमा क्रान्तिकारी रहन सक्दैन ।

    आइतबार, माघ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.