• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम


  •   शुक्रबार, माघ ०९, २०८२ मा प्रकाशित
  • वासिङ्टन । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ । यससँगै, वर्षौंदेखि २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको प्लेटफर्ममाथि सम्भावित प्रतिबन्धको खतरा टरेको छ ।

    Advertisement

    कम्पनीले नयाँ ‘टिकटक युएस’ नामक संयुक्त उद्यम गठन गर्न ओरेकल, सिल्भर लेक तथा संयुक्त अरब इमिरेट्सको लगानी फर्म एमजिएक्ससहित प्रमुख लगानीकर्ताहरूसँग सम्झौतामा हस्ताक्षर गरेको हो । टिकटकले बिहीबार जारी गरेको विज्ञप्तिमा नयाँ संस्करण ‘परिभाषित सुरक्षा उपायहरू अन्तर्गत सञ्चालन हुने, जसले व्यापक डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री नियमन तथा अमेरिकी प्रयोगकर्ताहरूका लागि सफ्टवेयर आश्वासनमार्फत राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने’ स्पष्ट गरेको छ । यस सम्झौतापछि पनि अमेरिकी प्रयोगकर्ताहरूले उही टिकटक एप प्रयोग गर्न सक्नेछन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत सम्झौताको स्वागत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति ‘हामीसँग सहकार्य गरी अन्तत: सम्झौतालाई अनुमोदन गरेकोमा’ विशेष धन्यवाद दिनुभएको छ । उहाँले भविष्यमा टिकटक प्रयोग गर्नेहरूले आफूलाई सम्झने आशा पनि व्यक्त गर्नुभएको छ ।

    यस विषयमा चिनियाँ सरकारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । यद्यपि, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्ग्युले यसअघि नै टिकटकप्रति चीनको धारणा ‘स्थिर र स्पष्ट’ रहेको बताउनुभएको थियो ।

    नयाँ संयुक्त उद्यमको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० का रूपमा एडम प्रेसर नियुक्त हुनुभएको छ । उहाँले सात सदस्यीय, बहुमत अमेरिकी सदस्य रहेको निर्देशक मण्डलसँग सहकार्य गर्नुहुनेछ, जसमा टिकटकका वर्तमान सिइओ शौ च्यु पनि सदस्य हुनुहुन्छ ।

    यस सम्झौताले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्यबारे लामो समयदेखिको अनिश्चिततालाई अन्त्य गरेको छ ।

    कङ्ग्रेसमा द्विदलीय समर्थनसहित पारित र तत्कालीन राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षर गरिएको कानूनअनुसार, बाइटडान्सले नयाँ अमेरिकी स्वामित्व नदिए टिकटक जनवरी २०२५ मा प्रतिबन्धमा पर्ने अवस्था थियो । केही समयका लागि प्लेटफर्म बन्दसमेत भयो । तर कार्यकालको पहिलो दिनमै राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत टिकटक सञ्चालनको अनुमति दिनुभएको थियो र बिक्रीसम्बन्धी सम्झौता खोज्न निर्देशन दिनुभएको थियो ।

    सम्झौताअनुसार, अमेरिकी प्रयोगकर्ताहरूको डाटा ओरेकलद्वारा सञ्चालित प्रणालीमा स्थानीय रूपमा भण्डारण हुनेछ । साथै, टिकटकको सामग्री सिफारिस एल्गोरिदमलाई अमेरिकी प्रयोगकर्ता डाटाका आधारमा पुन: तालिम, परीक्षण र अद्यावधिक गरिनेछ । एल्गोरिदमकै विषयलाई लिएर सुरक्षा बहस चर्किएको थियो, किनभने चीनले यसलाई आफ्नै नियन्त्रणमा रहनुपर्ने बताउँदै आएको थियो । तर अमेरिकी कानूनले बाइटडान्ससँगको सम्बन्ध, विशेष गरी एल्गोरिदममा, विच्छेद हुनुपर्ने व्यवस्था गरेको छ । यस सम्झौताअन्तर्गत भने बाइटडान्सले एल्गोरिदम पुन: प्रशिक्षणका लागि अमेरिकी निकायलाई इजाजतपत्र दिनेछ ।

    यद्यपि, कानूनले सामग्री सिफारिस एल्गोरिदम सञ्चालनमा बाइटडान्स र नयाँ अमेरिकी स्वामित्व समूहबीच कुनै सहकार्य निषेध गरेकाले, यस व्यवस्थाको व्यावहारिक कार्यान्वयन कसरी हुने भन्ने प्रश्न अझै खुला रहेको विज्ञहरू बताउँछन् । जर्जटाउन विश्वविद्यालयका कानून तथा प्रविधि प्राध्यापक अनुपम चन्दरले भन्नुभयो, “अमेरिकामा टिकटकलाई कसले नियन्त्रण गर्छ भन्ने कुराले अमेरिकीहरूले एपमा के देख्छन् भन्ने विषयमा ठूलो प्रभाव पार्छ ।”

    लगानी संरचनाअनुसार, ओरेकल, सिल्भर लेक र एमजिएक्स तीनै प्रबन्ध लगानीकर्तासँग १५–१५ प्रतिशत सेयर रहेको छ । अन्य लगानीकर्तामा डेल टेक्नोलोजीका संस्थापक अर्बपति माइकल डेलको लगानी फर्म पनि समावेश छ । बाइटडान्सले भने संयुक्त उद्यममा १९।९ प्रतिशत हिस्सा कायम राखेको छ ।

    शुक्रबार, माघ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.