• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कालीमाटीमा आजको तरकारी तथा फलफूलको मूल्य


  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • काठमाडौं, ७ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार विभिन्न तरकारी, फलफूल, मसला तथा माछाको न्यूनतम र अधिकतम बजार भाउ यस प्रकार रहेको छ।

    Advertisement

    समितिका अनुसार, आज ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य ९० रुपैयाँ र अधिकतम १०० रुपैयाँ तोकिएको छ। सानो लोकल गोलभेडा ४३ देखि ५३ रुपैयाँ, सानो टनेल गोलभेडा ६५ देखि ९० रुपैयाँ, सानो भारतीय गोलभेडा ४५ देखि ६० रुपैयाँ र सानो तराई गोलभेडा ५५ देखि ७५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ। रातो आलुको मूल्य प्रतिकेजी २६ देखि ३१ रुपैयाँ र भारतीय रातो आलु २५ देखि २६ रुपैयाँ कायम भएको छ।

    यसैगरी, सुकेको भारतीय प्याजको मूल्य ४२ देखि ४४ रुपैयाँ रहेको छ भने लोकल गाजर ५० देखि ६० रुपैयाँ र तराईको गाजर ४० देखि ५० रुपैयाँ तोकिएको छ। लोकल काक्रो १०० देखि १२० रुपैयाँ र हाइब्रिड काक्रो ५० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ। लोकल बन्दा ५० देखि ६० रुपैयाँ, तराई बन्दा ४० देखि ५० रुपैयाँ र नरिवल बन्दा ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ। काउलीतर्फ स्थानीय काउली ५० देखि ७० रुपैयाँ, ज्यापु काउली ९० देखि १०० रुपैयाँ र तराई काउली ५५ देखि ६५ रुपैयाँमा किनबेच भइरहेको छ।

    यस्तै, रातो मूला ३० देखि ४० रुपैयाँ, सेतो लोकल मूला १२ देखि १८ रुपैयाँ र हाइब्रिड सेतो मूला १५ देखि २५ रुपैयाँ तोकिएको छ। लाम्चो भन्टा ६० देखि ७० रुपैयाँ र डल्लो भन्टा ७० देखि ८० रुपैयाँ रहेको छ। मकै बोडी ४० देखि ५० रुपैयाँ, मटरकोशा ५० देखि ६० रुपैयाँ, लोकल घिउ सिमी ११५ देखि १३० रुपैयाँ, हाइब्रिड घिउ सिमी ९० देखि ११० रुपैयाँ, राजमा घिउ सिमी १२० देखि १४० रुपैयाँ र टाटे सिमी ८० देखि १०० रुपैयाँ कायम भएको छ।

    त्यसैगरी, तितो करेला १४० देखि १७० रुपैयाँ, लौका ७५ देखि ८५ रुपैयाँ, तराईको परवर २२० देखि २४० रुपैयाँ, पाकेको फर्सी ४५ देखि ५५ रुपैयाँ, हरियो लाम्चो फर्सी ३० देखि ४० रुपैयाँ र डल्लो हरियो फर्सी ३५ देखि ४५ रुपैयाँ तोकिएको छ। सलगम ७० देखि ८० रुपैयाँ, भिण्डी ११० देखि १२० रुपैयाँ, सखरखण्ड ६० देखि ७० रुपैयाँ, बरेला ५५ देखि ७० रुपैयाँ, पिँडालु ५० देखि ६५ रुपैयाँ, स्कूस ७० देखि ८० रुपैयाँ र तरुल ६० देखि ८० रुपैयाँमा पाइनेछ।

    सागसब्जी तर्फ, रायोको साग १५ देखि ४० रुपैयाँ, पालुंगो साग ६० देखि ८० रुपैयाँ, चमसूरको साग ६० देखि ८० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ, मेथीको साग ६० देखि ८० रुपैयाँ, हरियो प्याज ४० देखि ६० रुपैयाँ, बकूला ७० देखि १०० रुपैयाँ, जिरीको साग ११० देखि १३० रुपैयाँ र सौफको साग ७० देखि ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ।

    समितिले जनाए अनुसार, च्याउतर्फ कन्य च्याउ ७० देखि १०० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ रहेको छ। महँगो तरकारीमा पर्ने कुरिलो १७५० देखि १८५० रुपैयाँ पुगेको छ। ब्रोकाउली ५० देखि १०० रुपैयाँ, चुकुन्दर ७० देखि ८० रुपैयाँ, सजीवन ३८० देखि ४२० रुपैयाँ, रातो बन्दा १०० देखि १२० रुपैयाँ, ग्याठ कोबी ६० देखि ७० रुपैयाँ, सेलरी २०० देखि २२० रुपैयाँ, पार्सले ५०० देखि ६०० रुपैयाँ, पुदीना २५० देखि ३०० रुपैयाँ, गान्टे मूला ७० देखि ८० रुपैयाँ, इमली १७० देखि १८० रुपैयाँ, तामा ११० देखि १२० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्द्रुक ३५० देखि ४०० रुपैयाँ कायम भएको छ।

    फलफूलको मूल्य सूची हेर्दा, रुख टमाटर २४० देखि २६० रुपैयाँ, झोले स्याउ २२० देखि २८० रुपैयाँ, फूजी स्याउ २८० देखि ३५० रुपैयाँ, केरा (दर्जन) १४० देखि १८० रुपैयाँ, कागती ९० देखि ११० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ, नेपाली सुन्तला ११० देखि १४० रुपैयाँ, हरियो तरबुजा ९० देखि १०० रुपैयाँ, मौसम १०० देखि १२० रुपैयाँ, जुनार १०० देखि १२० रुपैयाँ, भुईँ कटहर (प्रति गोटा) १४५ देखि १५५ रुपैयाँ, निबुवा ६० देखि ७० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २३० रुपैयाँ, नेपाली मेवा ५० देखि ७० रुपैयाँ, भारतीय मेवा ९० देखि ११० रुपैयाँ, लप्सी १०० देखि १२० रुपैयाँ, किनु १०० देखि ११० रुपैयाँ, स्ट्रबेरी ४५० देखि ५०० रुपैयाँ, किवि २०० देखि २८० रुपैयाँ, आभोकाडो २५० देखि ३५० रुपैयाँ र अमला ७० देखि ८० रुपैयाँ तोकिएको छ।

    अदुवा ८५ देखि ११० रुपैयाँ, सुकेको खुर्सानी ३५० देखि ४२० रुपैयाँ, हरियो खुर्सानी ९० देखि ११० रुपैयाँ, बुलेट खुर्सानी १०० देखि १२० रुपैयाँ, माछे खुर्सानी ६० देखि ८० रुपैयाँ, अकबरे खुर्सानी ५५० देखि ६५० रुपैयाँ र भेडे खुर्सानी ७० देखि ८० रुपैयाँ रहेको छ। हरियो लसुन ४० देखि ८० रुपैयाँ, हरियो धनिया ५० देखि ७० रुपैयाँ, सुकेको चाइनिज लसुन २२५ देखि २५० रुपैयाँ, सुकेको नेपाली लसुन १५० देखि १८० रुपैयाँ, सुकेको छ्यापी १३० देखि १६० रुपैयाँ र हरियो छ्यापी १८० देखि २०० रुपैयाँमा कारोबार हुनेछ।

    माछाको हकमा सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २६० देखि २८० रुपैयाँ र छडी माछा २३० देखि २५० रुपैयाँ प्रतिकेजी तोकिएको समितिले जनाएको छ।

    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.