• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन

"युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क १९ मा प्रकाशित सम्पादकीय "

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि ट्रयाकबाहिर हिँडिरहेको ‘नेपालको संविधान–२०७२’ लाई ट्रयाकमा ल्याउन आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । त्यसो त राष्ट्रियसभाको निर्वाचन पनि यही माघ ११ गते हुँदैछ । खासगरी जेनजी आन्दोलनको नाममा संसद्बाहिरको व्यक्तिलाई प्रधानमन्त्री चयन गरेर निजको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएपछि संविधान ट्रयाकबाहिर गएको हो ।

    Advertisement

    संसद्को दुईओटा अङ्गमध्ये एक राष्ट्रियसभा अस्तित्वमा रहे पनि ऐनकानुन बनाउन तथा कार्यपालिका सञ्चालनको लागि महङ्खवपूर्ण भूमिका खेल्ने प्रतिनिधिसभा यति बेला छैन । त्यही कारणले गर्दा भदौदेखि यता देशमा ऐनकानुन निर्माणको काम ठप्प छ । प्रतिनिधिसभाविना राष्ट्रियसभाले प्रभावकारी भूमिका खेल्न नसक्ने भएकाले देश संसद्विहीनजस्तै अवस्थामा हुन पुगेको हो । त्यो अभावपूर्तिका लागि देश यतिखेर प्रतिनिधिसभा निर्वाचनको प्रक्रियामा छ ।

    हाम्रो देशमा मिश्रित निर्वाचन प्रणाली छ । सोअनुसार प्रत्यक्ष रूपमा मतदान गर्ने प्रक्रियालाई ‘पहिलो हुने निर्वाचन’ पनि भनिन्छ । माघ ६ गते पहिलो हुने निर्वाचनका लागि एक सय ६५ सिटमा उम्मेदवारी दर्ता हुँदैछ । यता माघ ४ गते निर्वाचन आयोगले समानुपातिकतर्फका एक सय दश सिटका लागि बन्दसूची सार्वजनिक गरिसकेको छ । अब फागुन २१ गते मतदाताले दुवैतर्फका उम्मेदवारलाई मतदान गर्नेछन् । पहिले प्रत्यक्षतर्फको मतगणना हुनेछ भने त्यसपछि समानुपातिकतर्फको । अहिले सो चुनावको उम्मेदवारी दर्ता भएको छ ।

    २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभाको निर्वाचन भएको थियो । एक अर्थमा यो निर्वाचन मध्यावधि निर्वाचनजस्तै हो । भदौ २७ गते प्रतिनिधिसभा विघटन अस्वाभाविक रूपमा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै विघटन भएको मन्त्रिपरिषद्लाई संसद्ले पुनर्स्थापना गर्न सक्दथ्यो; संसद्ले नै जेनजीका माग सम्बोधन गर्न सक्दथ्यो तर जेनजीको नाममा संसद्बाहिरबाट प्रधानमन्त्री नियुक्त गरियो, जबकि संविधानले संसद्, मुख्यतः प्रतिनिधिसभाभित्रैबाट प्रधानमन्त्री बन्नुपर्ने व्यवस्था गरेको छ । यस्तो असंवैधानिक व्यक्तिबाट संसद् विघटन गरियो । फेरि पनि संविधानको एउटा प्रावधानलाई छोपेर संसद विघटन भएको छ महिनाभित्र अर्थात आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ । यदि निर्धारित समयमै चुनाव सम्पन्न हुन्छ भने त्यसबाट ट्रयाकबाहिरको संविधानलाई सही ठाउँमा फर्काउनेछ ।

    रणनीतिक रूपमा संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो । त्यसैले संसदीय चुनाव वा त्यसबाट गठन हुने सरकारबाट जनताका समस्या पूर्ण रूपमा समाधान हुन सक्दैनन् वा जनताको जनजीवनमा आमूल परिवर्तन हुन सक्दैन । त्यसका लागि न्यूनतम रूपमा सर्वहारा वर्गको राजनीतिक नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुनुपर्दछ तर त्यो कोर्सभन्दा मुलुक टाढै छ । उक्त क्रान्ति सम्पन्न गर्नका लागि आत्मगत र वस्तुगत परिस्थिति तयार भइसकेको छैन । यस्तो अवस्थामा यस्तो परिस्थिति निर्माणका लागि काम गर्नु नै क्रान्तिकारी कम्युनिस्टको कार्यभार हो । त्यस क्रममा निरङ्कुश राजतन्त्रको अन्त भएर कायम भएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यले गम्भीर महङ्खव राख्दछ । अहिले नेकपा (मसाल) ले सोही राजनीति अपनाएको छ ।

    अहिले हुन थालेको संसदीय निर्वाचनको रणनीतिक दृष्टिबाट गम्भीर महङ्खव छैन तर कार्यनीतिक रूपमा यो चुनावको गम्भीर राजनीतिक महङ्खव छ । यदि यो चुनाव समयमा हुँदैन भने त्यसबाट लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता त गुम्ने नै छ, त्यससँगै देशको राष्ट्रियतासामु गम्भीर सङ्कट उत्पन्न हुनेछ । लुकेको कुरा होइन, जेनजी प्रदर्शनको प्रायोजन र त्यसपछि गठन भएको सरकार सञ्चालन भइरहँदा मुख्यतः अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको चलखेल बढेर गएको छ । यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सामु नै गम्भीर चुनौती खडा गरिदिएको छ । त्यसैले कार्यनीतिक रूपमा देखा परेको सो समस्या समाधान गर्नका लागि पनि यो चुनाव सम्पन्न हुनैपर्दछ ।

    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी घटनाको सन्दर्भमा
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.