• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

को हुन् तिलक जिसी ?

"कम्युनिष्ट नीति–सिद्धान्तमा अडिक, बामपन्थी आन्दोलनका अब्बल र प्रमाणित नेता "

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तिलक जिसी प्युठानको माटोमा हुर्किएका र वर्गसंघर्ष, जनसंघर्ष र कम्युनिष्ट आन्दोलनसँग गाँसिएर विकसित भएका अनुभवी बामपन्थी नेता हुनुहुन्छ । उनको राजनीतिक जीवन कुनै आकस्मिक अवसर वा सत्ता–केन्द्रित सौदाबाजीको परिणाम होइन, निरन्तर संघर्ष, त्याग र सिद्धान्तनिष्ठ यात्राको प्रतिफल हो ।

    Advertisement

    वि.सं. २०३६ सालतिर १४–१५ वर्षको उमेरमै विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएका तिलक जिसी त्यसयता आजसम्म कम्युनिष्ट आन्दोलनको नीति, सिद्धान्त र वर्गीय दृष्टिकोणमा अडिक रहँदै आउनुभएको पक्का तथ्य हो। उहाँले राजनीतिलाई व्यक्तिगत लाभ, पद वा पहुँचको साधनका रूपमा होइन, श्रमिक, किसान, उत्पीडित वर्ग र पिछडिएको समुदायको मुक्ति र अधिकारको संघर्षका रूपमा बुझ्नुभएको छ ।

    प्युठानका दुर्गम गाउँ–बस्ती, पहाड, खोला–नाला र खेत–खलियान उहाँका राजनीतिक विद्यालय हुन् । उहाँ सधैँ जनताको बीचमै रहनुभयो, जनताको पीडा सुन्नुभयो र समाधानका लागि संघर्ष गर्नुभयो । चुनावका बेला मात्र जनतासँग देखिने नेता होइन, निरन्तर जनताकै जीवनसँग जोडिएर राजनीति गर्ने नेता हुनुहुन्छ तिलक जिसी । यही कारण उहाँलाई प्युठान भूमिको साँचो पुत्र र जनताबाटै खारिएको नेता मानिन्छ ।

    कम्युनिष्ट आन्दोलनलाई नारामा सीमित गर्ने प्रवृत्तिको उहाँ निरन्तर आलोचक रहनुभएको छ । उहाँका लागि कम्युनिष्ट राजनीति भनेको व्यवहारमा देखिनुपर्ने इमानदारी, पारदर्शिता र वर्गीय पक्षधरता हो । यही वैचारिक स्पष्टता र सिद्धान्तनिष्ठताका कारण उहाँ बामपन्थी आन्दोलनका अब्बल नेताका रूपमा स्थापित हुनुभएको छ ।

    तिलक जिसी जनताबाट प्रत्यक्ष रूपमा परीक्षण भइसकेका नेता हुनुहुन्छ । उहाँ गाउँ विकास समितिको अध्यक्ष हुँदै झिमरुक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । यी विजयहरू केवल चुनावी परिणाम मात्र थिएनन्, जनताले कम्युनिष्ट मूल्य, इमानदार नेतृत्व र जनमुखी शासनलाई दिएको स्पष्ट समर्थन थिए ।

    झिमरुक गाउँपालिकाको अध्यक्षको रूपमा उहाँले देखाउनुभएको नेतृत्व आज पनि स्थानीय शासनको उदाहरणका रूपमा लिइन्छ। सीमित स्रोत–साधनका बाबजुद उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गर्नुभयो। योजना छनोटदेखि बजेट कार्यान्वयनसम्म जनसहभागिता, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गरियो ।

    भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति उहाँको कार्यकालको मेरुदण्ड रह्यो । सार्वजनिक सम्पत्तिलाई निजी स्वार्थका लागि दुरुपयोग गर्ने प्रवृत्तिलाई उहाँले कडाइका साथ रोक्नुभयो। ठेक्का, योजना र उपभोक्ता समितिमा हुने अनियमिततामाथि नियन्त्रण गर्दै जनताको एक–एक रुपैयाँ जनताकै हितमा खर्च गरियो। यही कारण झिमरुक गाउँपालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित भयो र लुम्बिनीमै पहिलो बन्न सफल भयो ।

    यो सफलता संयोग थिएन, यो कम्युनिष्ट सुशासनको व्यवहारिक अभ्यास थियो । व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई प्राथमिकता दिने, शक्ति र पदलाई सेवाको माध्यम बनाउने र वर्गीय पक्षधरतालाई व्यवहारमा उतार्ने नेतृत्वकै कारण झिमरुकले उदाहरणीय पहिचान बनायो ।

    आज देशमा कम्युनिष्ट आन्दोलनको नाममा वैचारिक विचलन, अवसरवाद र सत्ता–केन्द्रित राजनीतिले चुनौती पैदा गरिरहेको सन्दर्भमा तिलक जिसी जस्ता सिद्धान्तनिष्ठ नेताको आवश्यकता झनै बढेको छ। उहाँ सधैँ संसदीय राजनीति जनसंघर्षको सहायक माध्यम हुनुपर्छ भन्ने मान्यतामा अडिग रहनुभएको छ । संसदलाई सौदाबाजीको थलो होइन, जनताको आवाज बुलन्द गर्ने मञ्च बनाइनुपर्छ भन्ने उहाँको स्पष्ट दृष्टिकोण छ ।

    प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा उहाँ संसदमा पुग्दा भ्रष्टाचारविरुद्ध कडा हस्तक्षेप, जनताको अधिकारका पक्षमा दृढ अडान र कम्युनिष्ट आन्दोलनको नीति–सिद्धान्तअनुसारको स्पष्ट भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ । श्रमिक, किसान, युवाहरू, महिला र उत्पीडित समुदायका सवाललाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्न उहाँ प्रतिबद्ध हुनुहुन्छ ।

    प्युठानको माटोमा हुर्किएका, आन्दोलनबाट खारिएका, जनताबाट जितेर काम गरेर देखाएका र आज पनि कम्युनिष्ट मूल्यमा अडिग तिलक जिसी बामपन्थी आन्दोलनका अब्बल र भरोसायोग्य नेता हुनुहुन्छ । उहाँको उम्मेदवारी केवल एक व्यक्तिको राजनीतिक यात्रा होइन, अवसरवादी राजनीतिविरुद्धको स्पष्ट चुनौती र सिद्धान्तनिष्ठ कम्युनिष्ट राजनीतिका पक्षमा मजबुत विकल्प हो ।

    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.