• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

“भाषा—व्याकरणका अभ्यासीका लागि नभई नहुने दुई पुस्तक”


  •   मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
  • —आचार्य लक्ष्मण भण्डारी

    Advertisement

    डा. मतिप्रसाद ढकालका दुई पुस्तकहरू बजारमा आएका छन् । ती हुन्—‘संस्कृत, प्राकृतिक र नेपालीका सन्धिनियम’ र ‘शब्दनिर्माणप्रक्रिया र सन्धि’ । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेका यी दुबै पुस्तकहरू माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्मका शिक्षक र विद्यार्थीका निम्ति नेपालीमा प्रयुक्त संस्कृत, प्राकृतिक र मौलिक शब्दमा सन्धिशिक्षणको सन्दर्भ पुस्तकका रुपमा प्रयोगमा ल्याउन सकिने पुस्तकका रुपमा देखिन्छन् । नेपाली भाषामा संस्कृत तत्सम शब्दको अत्यधिक प्रभाव रहेको छ । नेपाली भाषा अध्ययन गर्ने वा गराउने सबैले यी संस्कृत तत्सम शब्दहरू र तिनको निर्माण प्रक्रियाबारे अनिवार्य रुपमा जानकारी राख्नुपर्ने हुन्छ । संस्कृतका शब्दहरू सन्धिप्र्रक्रियाका केकस्ता चरणहरू पार गरेर बनेका छन् भन्ने कुरा जान्ने सन्दर्भमा सबैका लागि उपयोगी पुस्तकको अभाव लामो समयदेखि खट्किएको थियो ।

    डा. ढकालले त्यही अभावलाई पूरा गर्नका लागि यी दुई पुस्तकहरू बजारमा ल्याएका छन् । यी दुई पुस्तकमध्ये ‘शब्दनिर्माणप्रक्रिया र सन्धि’ नामक पुस्तकमा संस्कृत व्याकरणमा भएको भाषा विज्ञानलाई आधार मानेर नेपाली भाषामा प्रयोग हुने शब्दहरूको निर्माण प्रक्रियाको विश्लेषण र परिचय दिइएको कुरा पुस्तकको भूमिकामा प्रा.डा. माधवप्रसाद पोखरेलले उल्लेख गरेका छन् । उनले यसलाई नेपाली शब्द निर्माणप्रक्रिया सिकाउने अद्वितीय पुस्तकका रुपमा स्वीकारेका छन् । प्रस्तुत पुस्तक डा.ढकालको शब्दनिर्माणप्रक्रिया र सन्धिसम्बन्धी नेपाली भाषासाहित्यको क्षेत्रमा क्रियाशील सबैका लागि अत्यन्त उपयोगी सन्दर्भग्रन्थका रुपमा प्रकाशित भएको छ ।

    यसमा दुई खण्ड छन् । नेपाली भाषाका कृदन्त शब्दमा धातुको स्वरमा हुने परिवर्तनमा केके नियम पाइन्छ भन्ने देखि लिएर पाणिनीय संस्कृत व्याकरणको आधारमा निरपेक्ष ढङ्गले त्यसको लेखाजोखा गर्ने काम अध्याय एकमा गरिएको छ भने नेपालीमा प्रयुक्त संस्कृतमूलका अनुपयुक्त शब्दहरूबारे प्रथम खण्डको छैटौँ अध्यायमा चर्चा गरिएको छ ।

    खण्ड खलाई पनि ६ ओटा अध्यायमा विभक्त गरिएको छ । नेपाली सन्धीको परिचय, नेपाली सन्धिका प्र्रमुख विशेषताहरू हुँदै पाणिनीय व्याकरणमा लोप, आगम र वर्णविकार सन्धिको अध्ययनसम्मका कुरा खण्ड खका ६ अध्यायभित्र समेटिएका छन् । भूमिकाबाहेक १०० पृष्ठमा तयार पारिएको आकर्षक पुस्तक ‘शब्दनिर्माणप्रक्रिया र सन्धि’ सम्बद्ध सबैका लागि सङ्ग्रहणीय कृति बन्न पुगेको छ ।

    ढकालको दोस्रो कृति पनि उत्तिकै महत्त्वपूर्ण छ । ‘संस्कृत, प्राकृतिक र नेपालीका सन्धिनियम’ शीर्षको सो पुस्तकमा उनले शब्दनिर्माण प्रक्रिया र सन्धि प्रयोगका नियमहरूबारे चर्चा गरेका छन् । प्रस्तुत पुस्तकबारे प्रा.डा. माधवशरण उपाध्यायले आफ्नो भूमिकामा लेखेका छन् ः‘नेपालीमा प्रयुक्त संस्कृत, प्राकृत र नेपालीका सन्धिनियमको एकै ठाउँमा अध्ययन गर्ने र सैद्धान्तिक धरातलका आधारमा प्रामाणिकताको विवेचना गर्ने उद्देश्यले नेपाली भाषामा नौलो प्रयासका रुपमा डा.मतिप्रसाद ढकालको प्रस्तुत कृति बाहिर आएको हो ।’

    डा. मतिप्रसाद ढकाल संस्कृत व्याकरणका मेधावी व्यक्तित्व मानिन्छन् । संस्कृत व्याकरणमा आचार्य उनी नेपाली विषयमा एम.ए पनि हुन् । उनको विद्यावारिधिको क्षेत्र पनि यही सन्धिविज्ञान हो । उनका प्रकाशित यी दुबै कृति विद्यावारिधिका क्रममा प्राप्त सन्धिविज्ञानसम्बन्धी तथ्यका प्रतिविम्ब हुन् । संस्कृत—नेपाली भाषाव्याकरणको क्षेत्रमा डा. ढकालको पकडप्रति विद्वानहरू पनि नतमस्तक भएका छन् । प्रा.डा. माधवप्रसाद पोखरेलले पुस्तकको भूमिकामै उल्लेख गरेका छन् ः ‘मतिप्रसाद ढकालको संस्कृत व्याकरणमा असाधारण अधिकार र सिद्धि देखेर म रमाएको छु । ‘संस्कृत, प्राकृतिक र नेपालीका सन्धिनियम’ कृतिभित्र ढकालको मेहनत, पाण्डित्य र प्रतिभा सबै कुँदिएका छन् ।’

    प्रस्तुत पुस्तक चार अध्यायमा विभाजित गरिएको छ । पहिलो अध्यायमा विषयप्रवेश, संस्कृत व्याकरणको परिचय, प्राकृति व्याकरणको परिचय र सन्धिको परिचय गरी परिचयात्मक प्रस्तुति प्राप्त गर्न सकिन्छ भने दोस्रो अध्यायमा विषयप्रवेशदेखि संस्कृतका लोपसन्धि, आगमसन्धि, व्यञ्जनागम सन्धि, स्वरव्यञ्जनागम र संस्कृतका वर्णविकारसन्धिका नियमहरूबारे उदाहरणसहित चर्चा गरिएको छ । तेस्रो अध्यायमा प्राकृतिक सन्धिनियमका सन्दर्भहरू उल्लेख गरिएका छन् भने चौथो अध्यायमा नेपाली सन्धिनियमहरूबारे सोदाहरण विश्लेषण गरिएको छ । परिशिष्ट, सङ्क्षेपीकृत शब्दसूची र सङ्केत चिह्नसूचीलाई पनि पुस्तकका समेटिएको छ । पुस्तकमा नेपाली शब्दभण्डारको व्युत्पत्ति केलाइएको छ भने नेपालीमा प्रचलित र पूर्वपरिचित सबै उदाहरणलाई संस्कृत र प्राकृतिक भाषाका भनी प्रस्तुत गरिएको छ । आमुख, विषयसूची र भूमिकाबाहेक पुस्तकको विषयवस्तु जम्मा १९० पृष्ठमा समेटिएका छन् ।

    डा.ढकाल नेपाल संस्कृत विश्वविद्यालयको प्रशासनिक र शिक्षण सेवामा विगत २१ वर्षदेखि निरन्तर आवद्ध छन् भने २०५६ सालदेखिको आफ्नो लेखन र प्रकाशनको क्षेत्रमा पनि उत्तिकै सक्रियता साथ प्रस्तुत हुँदै आएका छन् । आजभोलि कान्तिपुर दैनिकमा उत्कृष्ट पाठकीय धारणा व्यक्त गरी समयसमयमा विषयको गम्भीरतातिर प्रेरित हुन उनले सम्बन्धित सबैलाई गर्ने गरेको आग्रहले पनि उनको लेखकीय निरन्तरतालाई सङ्ेकेत गर्दछ । प्रारम्भिक संस्कृत व्याकरण र रचना, भानुभक्तीय रामायणका पाठभेदहरू र भानुभक्तका लघुरचनाहरू उनका यसअघि नै प्रकाशित अत्यन्त महत्त्वपूर्ण र सङ्ग्रहणीय अनुसन्धान—ग्रन्थहरू हुन् ।

    भाषा, व्याकरण र लेखनसाहित्यको क्षेत्रमा सतत् साधनारत् डा.मतिप्रसाद ढकालका यी पछिल्ला कृतिहरूले उनलाई यस क्षेत्रका एक जना गुरुगम्भीर अनुसन्धाताका रुपमा स्थापित गरेका छन् । नेपाली भाषासाहित्यका हरेक प्रयोक्ता र पारखीका लागि यी दुबै कृतिहरू विशेष सङ्ग्रहणीय देखिन्छन् ।

    व्याकरण र भाषाबारे लेखिएका पुस्तक उपन्यास र कविताजस्ता सरस त अवश्य हुँदैनन् तापनि सम्बन्धित क्षेत्रका अभ्यासीका लागि यी दुबै पुस्तक उपन्यासभन्दा धेरै महत्त्वपूर्ण र रसिक छन् । संस्कृत र प्राकृतिक शब्द, तिनको निर्माणप्रक्रिया, सन्धि र नियमहरूबारे चर्चागरिएका अनुसन्धान ग्रन्थ भएकाले नेपाली भाषाव्याकरणका क्षेत्रमा यी पुस्तकले पार्ने प्रभाव भने अवश्य सुखद र सन्तोषप्रद रहने कुरामा कुनै दुविधा छैन । प्रशंसनीय प्रकाशनका लागि धन्यवाद व्यक्त गर्दै उनको लेखनअनुसन्धानसम्बन्धी सफल यात्राका लागि डा. ढकालप्रति हार्दिक शुभेच्छा पनि !!
    (२०६९ फागुन २६ गतेको चितवन पोष्ट दैनिकबाट)

    मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.