काठमाडौँ । बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल हुने भएको छ ।
आगामी २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सो तालमेल हुने सहमति भएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौँपानेले युगदर्शनलाई जानकारी दिनुभएको छ ।
यसैबीच राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौँपाने र नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालय सचिव गणेशमान पुनबिच दुबै पार्टीको तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
सहमति पत्रमा उल्लेखभए अनुसार बागलुङको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय जनमोर्चालाई सघाउने र सोही जिल्लाको क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाले नेपाली कम्युनिस्ट पार्टीलाई सघाउने छ ।
राजमोको तर्फबाट क्षेत्र नम्बर १ मा कृष्ण अधिकारीको र क्षेत्र नम्बर २ मा नेकपाको तर्फबाट ज्ञामनाथ गैरेको उम्मेदवारी रहेको छ ।
सहमति पत्रमा लेखिएको छः
