खलङ्गा । प्युठान जिल्लाको गौमुखी गाउँपालिका–७ नारीकोटमा अखिल नेपाल युवक सङ्घको विशेष अभियान सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष गणेश अधिकारीसमेतको नेतृत्व रहेको टोलीले २०८२ माघ ४ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जेनजी आन्दोलनपछि उत्पन्न नेपालको वर्तमन राजनीतिक अवस्था, नेपाली युवाहरूको अवस्था, भ्रष्टाचार, राष्ट्रघात, जनघात,
वैदेशिक हस्तक्षेप, अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले नेपालप्रति लिएको नीतिको बारेमा राजनीतिक प्रशिक्षण दिइएको थियो ।
सो अवसरमा केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, केन्द्रीय सदस्य बसन्त केसी, युवक सङ्घ प्युठानका सल्लाहकार वरुणध्वज मल्ल, युवा नेता प्रकाश जिसीलगायतको उपस्थिति रहेको थियो ।
भेलाले रुमान केएम अध्यक्ष रहनुभएको १३ सदस्यीय युवक सङ्घको वडासमिति निर्माण गरेको छ ।
समितिको उपाध्यक्षमा विवेक सुनार, सचिवमा प्रकाश कँवर, कोषाध्यक्षमा विनोद थापा तथा सदस्यमा विपिन विश्वकर्मा, शेरबहादुर गिरी,
सजित सुनार, सरोज खड्का, विराज कँवर, सागर परियार र श्रीसन थापामगर रहनुभएको छ ।
कार्यक्रमको सञ्चालन बसन्त केसीले र अध्यक्षता वीरबहादुर केसीले गर्नुभएको थियो ।
