• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा देशभर विविध कार्यक्रमको आयोजना


  •   आइतबार, पुष २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । २५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) २०८२को अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभर विविध कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नेपालले पौष २० गतेदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम शुरु गरेको हो ।

    Advertisement

    पूर्वको झापाबाट शुरु भएको झण्डा मार्च टोलीले पौष २५ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित कोशी व्यारेजमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाललाई झण्डा हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी पश्चिमबाट शुरु भएको झण्डा मार्च टोलीले कैलाली जिल्लाको टिकापुर नगरपालिका–८ श्रीलंकाटापुमा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुँवरलाई झण्डा हस्तान्तरण गर्नुभएको हो ।

    मेची र महाकालीबाट हिडेको मार्च टोली आगामी माघ ७ गते पर्सा जिल्लामा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठोरीमा भेट भई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितीमा सो कार्यक्रम समापन गरिने भएको छ ।

    २५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी अधिकृत र संचारकर्मीवीच पौष २६ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक काठमाडौंस्थित एपीएफ रंगशालामा सम्पन्न खेलमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले टिमको कप्तानी गर्नुभएको थियो भने संचारकर्मीको तर्फबाट दिपक रिजालले टिम कप्तानी गर्नुभएको थियो ।

    वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह वाहिनी मुख्यालय मातहत सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालीम शिक्षालय झापाले पौष २५ गते झापा जिल्लाको कमल गाउँपालिका–५ स्थित गुहेश्वरी टोलमा अशक्त र विपन्न घर परिवारका सदस्यहरु खाद्यान्न वितरण गरेको छ । नं. १ श्रीअन्तु गण इलामले इलाम नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयमा अध्यनरत छात्रछात्राहरु र युवा रेडक्रस आदर्श माध्यमिक विद्यालयका सदस्यहरुसहितको टोलीलाई आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरेको हो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्म ताप्लेजुङले कारागार प्रशासक कुलेन्द्र खवासलाई मनोरञ्जन तथा खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेको छ भने “२५ औँ सशस्त्र प्रहरी दिवस २०८२” को अवसर तथा त्तगष्अप क्ष्mउबअत एचयवभअत (त्तक्ष्ए) अन्तर्गत पाँचथर जिल्लाको फिदिम नगरपालिका–१० याङनामस्थित बिपन्न र अशक्त परिवारको घर निर्माणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म. पाँचथर र जनसेवा समाजको सहकार्यमा निर्माण कार्य शुरु गरेको छ भने सुरक्षा बेश बाहुनीले मोरङ्ग जिल्लाको बेलवारी नगरपालिका–९ बाहुनस्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई लागूऔषध दुर्व्यसनी सम्बन्धी जनजेतनामूलक कक्षा संचालन गरेको छ ।

    यसैगरी बिओपी सिर्सिया तथा सोही ठाउँका स्थानिय बासिन्दाहरुले पर्सा जिल्लाको विरगंज महानगरपालिका–१ छप्कैयास्थित दुर्गामाई मन्दिर ईलाकामा सरसफाई गरेको छ ।

    त्यस्तै वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं.३ मकवानपुर वाहिनी मुख्यालय मातहत सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले हेटौंडा उपमहानगरपालिका–८ स्थित सन्तानेश्वर महादेव धाम परिसरमा रहेका मन्दिरहरु, ऐतिहासिक ढुङ्गेधारा लगायतका संरचनाहरु सरसफाई गरेको छ ।त्यसैगरी काठमाडौं महानगरपालिका–८ देवपतनस्थित पशुपतिनाथ मन्दिरमा २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. २० गण (विपद् उद्धार) काठमाडौंले ब्यूटीफुल पार्क, मृगस्थली ईलाकामा सरसफाई गरी सर्वसाधारण तथा दर्शनार्थीहरुको उपस्थितिमा लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरको परिसरमा जिल्ला प्रहरी परिसर भक्तपुरले गणमा कार्यरत ८० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई लागुऔषध दुर्व्यसनी सम्वन्धी चेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गर्नुकासाथै चाँगुनारायण नगरपालिका–१ स्थित वेशीगाउँ शिवमन्दिरमा लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ ।

    त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं.४ मुक्तिनाथ वाहिनी मुख्यालय मातहत सशस्त्र प्रहरी बल, नेपाल नं. २३ मनकामना गण तनहुँले भानु नगरपालिका–२ स्थित श्री होमराज सोहोनी शारद शिक्षा सदन माध्यमिक विद्यालय छात्रछात्राहरुलाई लागुऔषध दुरुपयोग तथा दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कक्षा संचालन गर्नुकासाथै लागूऔषध, सीमा सुरक्षा र युवा विषयमा वक्तृत्वकला प्रतियोगिता तथा सोही नगरपालिका–५ स्थित बारीफाटँ बस्ने विपन्न र असाय परिवार छनोट गरी एकल तथा असाहय महिलालाई खाद्यान्न तथा जाडोको लागि न्यानो कपडा वितरण समेत गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यमिक बिद्यालयमा निवन्ध प्रतियोगिता संचालन गरी प्रतियोगीतामा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा खेलकुद सामाग्री वितरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२५ चण्डिका गण पर्वतले कुश्मा नगरपालिका–४ स्थित नारायण माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई “लागू औषध, सीमा सुरक्षा र युवा” विषयमा निबन्ध लेखन प्रतियोगिता संचालन गरी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गर्नुकासाथै कुश्मा नगरपालिका–४ स्थित नारायण माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कक्षा संचालन गरेको हो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं.३० गुल्म स्याङ्जा र सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल कास्की पोखराको संयुक्त सहकार्यमा वालिङ्ग नगरपालिका–५ स्थित जगतभञ्याङ प्राथमिक स्वास्थ्य चौकीमा १ दिने निःशुल्क स्वास्थ शिविर संचालन गरेको छ भने नं. ३२ गुल्म मनाङ्गले ङिस्याङ गाउँपालिका–१ तलेखुस्थित लालिगुरास आधारभूत बिद्यालयका १५ जना छात्रछात्राहरुलाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कक्षा संचालन गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं.५ विन्ध्यावासिनी बाहिनी मुख्यालय मातहत नं. २९ ज्वालामाई गण दाङले राप्ती गाउँपालिका–१ भालुवाङ्गस्थित ने.रा.मा.वि. भालुवाङ्गमा अध्ययनरत छात्रछात्राहरुलाई शितलहरबाट बच्ने उपाय र लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामुलक कक्षा संचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेले खजुरा गाउँपालिका–७ स्थित सुशिल कोईराला क्यान्सर अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गर्नुकासाथै नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहस्थित यात्रु शाखामा लागुऔषध सम्बन्धी ब्यानर समेत टासेको छ । वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं.४० गण पिलुवा बाराले जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सहजनाथ मन्दिरमा सरसफाई गरेको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ लमही दाङ्गले लमही नगरपालिका–७ हसनापुरस्थित श्री अर्जुन माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शितलहर, हुस्सु र जाडो मौसमबाट बच्ने उपायहरु सम्बन्धी जनचेतनामुलक कक्षा संचालन गरेको छ भने नं ४२ रिजर्भ गणबाँकेले राप्तीसोनारी गाउँपालिका–८ स्थित शिव शक्ति माध्यमिक विद्यालय पेरानीमा अध्ययनरत छात्रछात्राहरुलाई शितलहर सम्बन्धी जनचेतनामूलक कक्षा संचालन गरेको हो । त्यसैगरी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१२ स्थित राष्ट्रिय रानीपोखरी आधारभुत विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं ३७ गुल्म गुल्मीले लागूऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पाले रोल्पा नगरपालिका–२ रेउघास्थित गणेश मन्दिर परिसरमा सरसफाई गरेको छ भने सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यठानले प्युठान नगरपालिका–३ सापडाडास्थित शारदा माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई शीतलहर पूर्व तयारी, हुस्सु तथा शितलहरले पुर्‍याउन सक्ने असर तथा अपनाउनु पर्ने सावधानीबारे सचेतनामुलक कक्षा संचालन गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले बीरेन्द्रनगर नगरपालिका–३ स्थित प्रशान्ति बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सोही अवसरमा फिल्ड अस्पताल सुर्खेतका दक्ष चिकित्सकसहितको टोलीले बृद्धाश्रममा रहेका तथा स्थानीय गरी ३५ जना बृद्धहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी समेत वितरण गरेको हो । त्यसैगरी सोही बाहिनी तथा फिल्ड अस्पतालले पौष १२ गते बीरेन्द्रनगर नगरपालिका–११ पिपिरास्थित देउती बज्यै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा स्थानीय वासिन्दाहरुको निःशुल्क स्वास्थ्य जाँच गरी औषधी वितरण गर्नुकासाथै मन्दिर परिसर सरसफाई समेत गरेको हो ।

    त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं.७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले पौष १७ गते गोदावरी नगरपालिका–१ स्थित दुर्गालक्ष्मी उच्च माध्यमिक बिद्यालयमा आगलागी सुरक्षा सम्बन्धी सचेतनामुलक कक्षा संचालन गर्नुसाथै पौष ७ देखि १७ गतेसम्म एपीएफ फिल्ड अस्पताल कैलालीले दार्चुलाको छाङ्गरु र मालघाट, बझाङ्गको नौरा तथा बाजुराको छेडेहदमा निःशुल्क स्वस्थ्य शिविर संचालन गरेको थियो । त्यस्तै बिओपी पचुइले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–९ दिपाघाट सीमा ईलाकामा लागुऔषध प्रयोग तथा ओसारपसार संम्बन्धमा भएको कानूनी व्यवस्था उल्लेख भएको होर्डिङ्ग बोर्ड लगाएको छ ।

    आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.