काठमाडौँ । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोकस्थितबाट छजना मानिसहरू पक्राउ परेका छन् । पुस १६ गते २१ः३० बजेको समयमा अग्यात व्यक्तिले प्रहरीलाई दिएको जानकारी अनुसार छानविन गरिएको थियो ।
चेकजाँच गर्दा एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
पक्राउ परेका मानिसहरूमा जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा, ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ शेर्पा, जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ, जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती, जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा, जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई सोधपुछ र छानविन प्रक्रिया अगाडि बढाइएको छ ।