काठमाडौँ । इन्जीनियर मनोज खनालप्रति अखिल नेपाल प्रगगतिशील (अन्पा)ले श्रद्धाञ्जली प्रकट गरेको छ ।
अन्पाका महासचिव भिष्म जोशीले पुस १७ गते एक शोक विज्ञप्ती जारी गरी खनालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । खनाललको यहि पुस १५ गते राति निधन भएको थियो ।
अन्पाको वक्तव्यमा लेखिएको छ :
‘इन्जीनियर मनोज खनालको यहि पुष १५ गते राति ९ः२५ बजे उपचारको क्रममा नेपालगञ्जस्थित न्युरो अस्पतालमा दुःखद निधन भएको छ । उहाँ २०५९ मंसिर २१ गते अर्घाखाँचीमा जन्मिनु भएको थियो । घोराही उ.म.न.पा, दाङ निवासी २४ बर्षीय मनोजको यो अकल्पनीय र असामयिक निधनले हामी र हाम्रो सिंगो सङ्गठन अत्यन्त दुखित र मर्माहित भएका छौँ ।
उहाँ यहि पुष ५ गते घोराही बजारमा सडक दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो । टाउको र शरीरका बिभिन्न भागमा लागेको गम्भीर चोटको उपचार सम्भब हुन् सकेन । उहाँको परिवारमा बुवा मनिराम खनाल, आमा, एक भाइ र बहिनी हुनुहुन्छ ।
सुन्दर भविष्य बोकेका एक जना कुशल र होनहार आइटी इन्जिनियर प्रिय मनोज भौतिक रुपमा अब हामी माझ नरहे पनि हाम्रो सम्झनामा सधै रहिरहनु हुनेछ । हामी प्रिय मनोज खनालप्रति उच्च श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
मनोजका पिता कमरेड मनिराम खनाल हाम्रो सङ्गठनका केन्द्रीय सदस्य हुनुहुन्छ । प्रगतिशील लेखक कमरेड मनिराम खनाल असह्य पुत्रशोकको पिडाबाट गुज्रिरहेको यो अत्यन्तै कठिन र दुःखद क्षणमा उहाँको परिवार जनमा गहिरो समवेदना प्रकट गर्दै, मनिराम जी लगायत उहाँको सम्पूर्ण परिवार जनमा यो कठिनतम दुःख र पिडालाई सहन सक्ने र धैर्य–धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ ।’