• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घाेषाणाा


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चार वटा तेल ट्याङ्करलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो ।

    Advertisement

    मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन् । भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्याङ्करहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भन्नुभयो, ‘राष्ट्रपति ट्रम्प स्पष्ट हुनुहुन्छ—अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले संयुक्त राज्य अमेरिकामा घातक लागुपदार्थको बाढी ल्याइरहेको छ ।’उहाँले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागिरहने पनि स्पष्ट पार्नुभयो ।

    राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि संयुक्त राज्य अमेरिकालाई अस्थिर पार्ने उद्देश्यसहित ‘नार्को–आतङ्कवादी’ शासनको नेतृत्व गरिरहेको आरोप लगाउँदै आउनुभएको छ । पछिल्लो प्रतिबन्ध घोषणामा पनि यही दाबी दोहोरिएको छ । आधिकारिक सूचनाअनुसार प्रतिबन्धको दायरामा परेका जहाजहरूमध्ये केही भेनेजुएलासँग सम्बन्धित तथाकथित ‘छाया फ्लीट’ (स्याडो फ्लीट) का हिस्सा हुन्, जसले मदुरोको अवैध शासनलाई इन्धन आपूर्ति गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराइरहेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘मदुरोको शासन प्रतिबन्धबाट जोगिन र प्रतिबन्धयोग्य गतिविधिहरू सहज बनाउन विश्वव्यापी जहाजहरूको छाया फ्लीटमा बढ्दो रूपमा निर्भर हुँदै आएको छ । यिनै माध्यमबाट शासनले आफ्ना अस्थिर गतिविधिहरूका लागि राजस्वसमेत आर्जन गरिरहेको छ । आजको कदमले भेनेजुएलाको तेल व्यापारमा संलग्नहरू अझै पनि गम्भीर प्रतिबन्धको जोखिममा रहेको सन्देश दिन्छ ।’

    यसैबीच, राष्ट्रपति ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ता त्याग्नु ‘बुद्धिमानी कदम’ हुने टिप्पणी गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी मुलुकमाथि सैन्य तथा आर्थिक दबाब बढाइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो ।

    मदुरोलाई जबरजस्ती सत्ताबाट हटाउने उद्देश्य नै प्रशासनको रणनीति हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्प अन्तिम नतिजाबारे स्पष्ट प्रतिबद्ध देखिनुभएन । तर उहाँले मदुरोलाई दिइएको सल्लाहबारे भने खुला रूपमा धारणा व्यक्त गर्नुभयो । ‘मलाई लाग्छ, सम्भवत: त्यस्तो हुनसक्छ’, उहाँले भन्नुभयो, ‘यो उहाँले के गर्न चाहनुहुन्छ भन्ने कुरामा निर्भर छ । मलाई लाग्छ, उहाँले सत्ता छोड्नु बुद्धिमानी हुनेछ । अब के हुन्छ, हामी हेर्नेछौँ ।’

    राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथि अमेरिकालाई गम्भीर क्षति पुर्‍याएको आरोप पनि दोहोर्‍याउनुभयो । उहाँका अनुसार लाखौँ मानिस खुला सीमाबाट अमेरिका प्रवेश गरेका छन् । ‘उनीहरूले आफ्ना अपराधीहरू, बन्दीहरू, लागुऔषध व्यापारीहरू र मानसिक रूपमा अस्थिर तथा अयोग्य मानिसहरू हाम्रो देशतर्फ पठाएका छन्, अन्य कुनै पनि देशभन्दा बढी’, उहाँले भन्नुभयो ।

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.