महोत्तरी । दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरूमा दाउराका मुढा वितरण थालेको छ ।
Advertisement
नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण सोमबार थालिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताए ।
बस्तीबस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाका सशस्त्र प्रहरीका जवानसहितको वितरण टोलीले ठाउँठाउँमा दाउराका मुडा झार्दै आगो सल्काइने गरिएको साहले जानकारी दिनए । दाउरा वितरणसँगै जारी शीतलहरमा गरिब बस्तीमा थप राहतको आवश्यकता रहेको उनको भनाइ छ । यस कार्यमा सहयोग समन्वय बढाइदिन उहाँले विभिन्न सामाजिक संघसंस्था, जिल्ला विपद् व्यवस्थापन समिति र राज्यका निकायहरूसँग अपिल गरेका छन् ।