• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बङ्गलादेश : खालिदा जियाको निधन


  •   मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
  • ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी ९बिएनपी० की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ ।

    Advertisement

    पार्टीले जारी गरेको विज्ञप्तिमा उहाँको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहनुभएकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।

    खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त निर्वाचन गत वर्ष दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको सरकार जनविद्रोहपछि पतन भएपछिको पहिलो आम चुनाव हो । बिएनपीलाई यस निर्वाचनमा प्रमुख अग्रपङ्क्तिको दलका रूपमा हेरिएको थियो र धेरैले जियाको नेतृत्वमै पार्टी चुनाव जित्ने विश्वास गरेका थिए ।

    बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उहाँको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

    चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि दीर्घकालीन स्वास्थ्य समस्याका कारण उहाँको अवस्था क्रमश: गम्भीर बन्दै गएको थियो । यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि सोमबार पार्टी कार्यकर्ताहरूले तीनवटा निर्वाचन क्षेत्रबाट उहाँकै नाममा उम्मेदवारी दर्ता गराएका थिए, जसले उहाँको राजनीतिक इच्छाशक्ति अन्तिम क्षणसम्म पनि बलियो रहेको देखाएको थियो ।

    उहाँको निधनको खबर फैलिएसँगै, चिसो वर्षाको बीच पनि मङ्गलबार बिहान ढाकास्थित अस्पताल बाहिर हजारौँ शोकाकुल समर्थकहरू भेला भएका थिए । बिएनपीका वरिष्ठ नेता रुहुल कबिर रिजवीले यस घटनालाई ‘राष्ट्रका लागि अपूरणीय क्षति’ भन्दै गहिरो दु:ख व्यक्त गर्नुभयो । पार्टीका युवा समर्थक गोलम किब्रियाले जियाले विलासिताको जीवनभन्दा जेल रोजेर वर्षौं कठिन अवस्था भोग्नुभएको उल्लेख गर्दै उहाँलाई ‘कहिल्यै प्रतिस्थापन गर्न नसकिने अतुलनीय नेता’ को संज्ञा दिनुभयो ।

    जियाको अन्तिम दिनहरूमा देशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले पनि राष्ट्रलाई उहाँको स्वास्थ्यलाभ र पछि आत्मशान्तिका लागि प्रार्थना गर्न आह्वान गर्नुभएको थियो । उहाँले जियालाई ‘अत्यन्त प्रेरणादायी व्यक्तित्व’ भन्दै राष्ट्रले ‘एक महान अभिभावक गुमाएको’ टिप्पणी गर्नुभयो । युनुसका अनुसार उहाँको दृढ नेतृत्वले पटक–पटक देशलाई अलोकतान्त्रिक अवस्थाबाट बाहिर ल्याउन सहयोग गरेको थियो र जनतालाई स्वतन्त्रताको मूल्य बुझ्न प्रेरित गरेको थियो ।

    तीन पटक प्रधानमन्त्री रहनुभएकी जियालाई सन् २०१८ मा तत्कालीन शेख हसिना सरकारका पालामा भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको थियो । सोही कारणले उपचारका लागि विदेश जानसमेत उहाँलाई रोक लगाइएको थियो । हसिना सत्ताच्युत भएपछि गत वर्ष उहाँ रिहा हुनुभयो । यस महिनाको सुरुतिर विशेष एयर एम्बुलेन्समार्फत लन्डन लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नहुँदा योजना कार्यान्वयन हुन सकेन ।

    उहाँका जेठा छोरा तारिक रहमान अब फेब्रुअरी १२ मा हुने आम चुनावमा बिएनपीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । उहाँ १७ वर्षको निर्वासनपछि केही दिनअघि मात्र स्वदेश फर्किनुभएको थियो । पार्टीले बहुमत हासिल गरेमा उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिने व्यापक अनुमान गरिएको छ । बङ्गलादेशका प्रमुख सञ्चारमाध्यमहरूले जियाको निधनको समयमा उहाँका छोरा रहमान र परिवारका अन्य सदस्यहरू उहाँकै साथमा रहेको जनाएका छन् ।

    एक अग्रणी राष्ट्रिय दैनिकले उहाँलाई ‘दृढ नेता’ का रूपमा स्मरण गर्दै लेखेको छ, “राजनीतिज्ञहरूको जीवन उत्थान र पतनले भरिएको हुन्छ, जहाँ कानूनी मुद्दा, गिरफ्तारी, कारावास, उत्पीडन र आक्रमण असामान्य हुँदैनन् । बेगम खालिदा जियाले यस्ता सबै कठोर परीक्षाहरू चरम सीमासम्म सहनुभयो । उहाँको जीवन सङ्घर्ष, अडान र राजनीतिक प्रतिबद्धताको प्रतीकका रूपमा बङ्गलादेशी इतिहासमा सधैँ स्मरणीय रहनेछ ।”

    मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.