काठमाडौँ । मङ्गलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Advertisement
सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ ।
आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।





