• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जेनजीमा राजनीतिक अध्ययनको कमी


  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
  • लेलिन रेग्मी ##

    Advertisement

    वर्तमान नेपाली राजनीतिको परिदृश्यमा जेनजी (सन् १९९७ देखि २०१२ बिच जन्मिएका) को उदय एउटा नयाँ राजनीतिक शक्तिको आगमनजस्तै भएको छ । यो पुस्ता प्रविधिसँग आत्मसात, सामाजिक अन्यायप्रति असहनशील र सबै प्रकारका प्रतिष्ठित संस्थाप्रति शङ्कालु छ । उनीहरूले पछिल्ला वर्षमा देखाएको डिजिटल सक्रियता र सडक आन्दोलनको उपस्थितिले नेपाली राजनीतिमा निर्विवाद रूपमा नयाँ ऊर्जा थपेको छ तर यो ऊर्जा जब गहिराइमा मापन गरिन्छ, तब एउटा खालीपन स्पष्ट रूपमा देखा पर्दछ । यो पुस्ता राजनीतिक रूपमा सजिलै उत्तेजित हुन सक्छ तर सैद्धान्तिक रूपमा अलपत्रजस्तै रहेको छ । उनीहरूसँग आक्रोशको भाषा छ तर विश्लेषणको शास्त्र छैन । प्रतिक्रिया दिने साहस छ तर दिशानिर्देशन गर्ने दूरदृष्टि छैन । यही राजनीतिक अध्ययनको गम्भीर अभावले उनीहरूको क्रान्तिको सपनालाई एउटा अधुरो सपनामा परिणत गर्दै गरेको छ ।

    यो केवल किताबी ज्ञानको अभाव मात्र होइन, एउटा संरचनागत बौद्धिक सङ्कट हो । नेपालको शिक्षाप्रणालीले विद्यार्थीलाई इतिहास, राजनीतिक दर्शन र अर्थशास्त्रको गहन अध्ययनबाट वञ्चित गरेको छ । पाठ्यक्रममा नेपालको जटिल राजनीतिक यात्रा, राणाकालदेखि माओवादी जनयुद्ध, राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्मलाई विश्लेषणात्मक रूपमा पढाउने नेपालको पाठ्यक्रममा छैन । यसको परिणामस्वरूप जेनजीलाई एक प्रकारको ऐतिहासिक विस्मृतिले ग्रस्त बनाएको छ । जेनजीहरू विगतका गल्ती, सफलता र सङ्घर्षबाट सिक्ने महत्त्वपूर्ण अवसर गुमाउँदै आएका छन् । २००७ साल, २०४६ साल र २०६२–६३ सालका आन्दोलन केवल इतिहासका पाना होइनन्, ती हाम्रो वर्तमान राजनीतिक संरचनाको आधारस्तम्भ हुन् तर यी घटनाको गहन अध्ययनविना जेनजीले आफूलाई सधैँ शून्यबाट सुरु गर्न बाध्य महसुस गर्छन्, जसले उनीहरूको राजनीतिक परिपक्वतामा ठुलो बाधा बनेको छ ।

    नेपाली जेनजीको राजनीति मुख्यतया प्रतिक्रियात्मक छ । कुनै घटना घट्छ, सामाजिक सञ्जालमा ह्यासट्याग चल्छ र युवा सडकमा उत्रिन्छन् । यो इन्स्ट्यान्ट एक्टिभिज्म (तत्काल सक्रियता) ले सत्तालाई दबाब त सिर्जना गर्छ तर दीर्घकालीन परिवर्तनका लागि आवश्यक पर्ने नीतिगत ज्ञान र राजनीतिक दर्शनको जग यसमा निकै कमजोर देखिन्छ । अध्ययनको कमीले गर्दा यो पुस्ताले ‘के हुँदैन’ भन्ने त थाहा पाएको छ तर ‘के हुनुपर्छ’ र ‘त्यो कसरी सम्भव छ’ भन्ने स्पष्ट मार्गचित्र कोर्न सकेको छैन ।

    अहिलेको जुन परिस्थिति बनेको छ, जसको तामझम बढी छ त्यतैतिर अहिलेको पुस्ता पछि लागिरहेको छ । भावनात्मक रूपमा डुबेर विनाअध्ययन, अनुसन्धान र वैचारिक रूपमा शून्य भएकासित केवल सामाजिक सञ्जालमा जो भाइरल र युवाको सेन्टिमेन्टलाई समात्नतिर लागि परेका छन्, त्यतैतिर युवाहरू पनि अन्धो भएर लागिरहेका छन् ।

    २०८२ भदौ २३ गतेको आन्दोलनमा देखिएको एउटा मुख्य विशेषता ‘नेतृत्वविहीनता’ थियो । आन्दोलनले पूर्ण रूप दिँदै गर्दा नेतृत्व कसले गर्ने भन्ने कुरा जोडियो । कुनै पनि आन्दोलनविना नेतृत्वमा भएपछि त्यो आन्दोलनको फाइदा अर्को कुनै तेस्रो पक्षले लिने गर्दछ । जेनजी आन्दोलनको हकमा पनि त्यही भयो, जुन साच्चिकैका जेनजीको सम्बोधन भएको हैन । यहाँ पनि सुदन गुरुङको संस्था जुन आफैमा विवादित छ, त्यो संस्थाले अहिलेको सरकार चलाइरहेको छ । हुन त जेनजीको आन्दोलन सरकार ढाल्नसम्मको थिएन उनीहरू त केवल नेपोटिज्म, सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टचारको विरुद्धमा थिए । आन्दोलनलाई सही दिशामा लैजान नेतृत्व नहुँदा जेनजीको आन्दोलनमा तेस्रो पक्षको घुसपैठ भएको हो । कसैको नेतृत्व स्वीकार नगर्नु वा सङ्गठनमा आबद्ध नहुनुलाई यो पुस्ताले आफ्नो स्वतन्त्रता र मौलिकता मान्ने गरेको छ तर राजनीतिक दृष्टिकोणबाट हेर्दा नेतृत्वविहीनता सधैँ सकारात्मक हुँदैन र भएन पनि । अध्ययनशील र दूरदर्शी नेतृत्वको अभावमा यस्ता आन्दोलन अराजक बन्ने वा अन्तत: स्थापित शक्तिकै अदृश्य स्वार्थमा प्रयोग हुने जोखिम रहन्छ । जब आन्दोलनकारीसँग राजनीतिक इतिहास, दर्शन, अर्थतन्त्रको आधारभूत ज्ञान हुँदैन, तब उनीहरूका माग केवल भावनात्मक नारामा मात्र खुम्चिन पुग्छन् ।

    जेनजी सूचनाका लागि गहिरा पुस्तक, ऐतिहासिक दस्तावेज वा बौद्धिक विमर्शभन्दा पनि टिकटक र इन्स्टाग्रामका छोटा भिडियोमा बढी निर्भर छ । डिजिटल युगको यो फास्ट फुड संस्कृतिले युवाहरूको विश्लेषण गर्ने क्षमतालाई कुण्ठित बनाइदिएको छ । जटिल राजनीतिक मुद्दालाई पनि सही वा गलतको दुईओटा पाटामा मात्र हेर्ने र बिचको सूक्ष्म पाटोलाई नबुझ्ने प्रवृत्तिले समाजमा चरम ध्रुवीकरण बढाएको छ । अध्ययन नभएको भिडले सजिलै भ्रमपूर्ण सूचनालाई सत्य मानेर धारणा बनाउने खतरा बढेको छ ।

    नेपालमा जेनजीमा राजनीतिक अध्ययनको कमीको सबैभन्दा स्पष्ट उदाहरण सङ्घीयताको जटिल मुद्दामा देखिन्छ। भदौ २४ गतेको आन्दोलनले त्यो रूप लगिसकेपछि जुन तरिकाले संसद् विघटन भयो, त्यति बेला पनि सङ्घयता खारेजीको माग राख्नुपर्दथ्यो तर त्यो भएन । वास्तवमा सङ्घीयता खारेज यही संसद्देखि गर्न लगाएर संसद्देखि नै आन्दोलनमा उत्पादन भएका समस्या समाधान गर्न सकिन्थ्यो । यो पुस्ताको एक प्रभावशाली समूह (रेड जेनजी) ले सङ्घीय संरचनालाई खर्चिलो, अप्रभावकारी र विभाजनकारी ठान्छ । उनीहरूको मुख्य माग थियो– सङ्घीयताको खारेजी, प्रदेशको विघटन र स्थानीय तहलाई सिधै केन्द्रसँग जोडेर अधिकारसम्पन्न बनाउने । यस मागलाई राष्ट्रिय जनमोर्चा (राजमो) जस्ता राजनीतिक शक्तिले पनि आफ्नो मुख्य एजेन्डा बनाएका छन्, जसले यसलाई लोकतान्त्रिक र गणतान्त्रिक ढाँचाभित्र रहँदै समाधान गर्ने दाबी गर्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता दलले पनि सङ्घीयताको खारेजीको माग गरे पनि उनीहरूको एजेन्डा संवैधानिक राजतन्त्र फिर्तासँग जोडिएको छ, जुन नेपालको वर्तमान लोकतान्त्रिक सहमति र जनमतसँग मेल खाँदैन । यसैकारण जेनजीको एक ठुलो समूहले राजमोको सङ्घीयता विरोधी मुद्दालाई अझ व्यावहारिक र लोकतान्त्रिक विकल्पको रूपमा हेर्न थालेका छन् र थाल्नुपर्दछ तर यहाँ पनि अध्ययनको अभाव एउटा गम्भीर समस्या बनेको छ । जेनजीले सङ्घीयताको खारेजीको मागलाई प्राय: तीन आधारमा राख्छन् :

    १. आर्थिक बोझ : सात प्रदेश, ७५३ स्थानीय तह र दुई सदनात्मक व्यवस्थापिकाको ठुलो प्रशासनिक खर्च

    २. अपारदर्शी शासन : प्रदेश सरकारमा भ्रष्टाचार

    ३. राष्ट्रिय एकतामा खतरा : जातीय/क्षेत्रीय आधारमा विभाजन

    यस अभावको सबैभन्दा स्पष्ट अभिव्यक्ति प्रतिक्रियात्मक राजनीतिमा देखिन्छ । जेनजीको राजनीतिक सहभागिता प्राय: कुनै विशिष्ट घटना वा सङ्कटले ट्रिगर गरेको हुन्छ । ह्यासट्याग चल्छ, भाइरल भिडियो बन्छ र युवाहरू आक्रोशले सडकमा उत्रिन्छन् । यो इन्स्ट्यान्ट एक्टिभिज्मले महŒवपूर्ण सामाजिक दबाब सिर्जना गर्न सक्छ तर यसले दीर्घकालीन, स्थायी परिवर्तनको मागप्रशस्त गर्दैन । आन्दोलनको ज्वाला चर्को हुन सक्छ तर यो ज्ञानको इन्धनविना शीघ्र नै निभ्न सक्छ । उनीहरू ‘के हुँदैन’ भन्नेमा स्पष्ट छन् तर ‘के हुनुपर्छ’ भन्ने प्रश्नको जवाफ दिन उनीहरूसँग सैद्धान्तिक ढाँचा र नीतिगत विकल्पको अभाव रहेको देखिन्छ । यसले गर्दा उनीहरूको आन्दोलन प्राय: नेतृत्वविहीन, लक्ष्यविहीन र नतीजाविहीन बन्न पुग्छ, जसको अन्तिम फाइदा पुरानै राजनीतिक शक्तिले उठाउने गरेका छन् ।

    नेतृत्वविहीनतालाई जेनजीले प्राय: आफ्नो शक्तिको प्रतीकको रूपमा हेर्छन्, जहाँ कसैको नेतृत्व स्वीकार गर्नु भनेको पुरानै दलगत राजनीतिको अधीनता हो भन्ने धारणा छ तर इतिहासले देखाएको छ कि दूरदर्शी, अध्ययनशील र जवाफदेही नेतृत्वविनाको कोही पनि जनआन्दोलन दीर्घकालीन सफलता पाउन सक्दैन । नेतृत्वको अभावमा आन्दोलन अराजकतामा झर्न सक्छ वा अदृश्य स्वार्थी समूहको हातमा खेलौना बन्न सक्छ । जेनजीमा अध्ययनको कमीले गर्दा उनीहरूमा त्यस्तो नेतृत्व विकास गर्ने क्षमता अझै परिपक्व भएको छैन, जसले समग्र आन्दोलनको दिशा र दृष्टिलाई अस्पष्ट बनाइरहेको छ ।

    यस बौद्धिक शून्यताको नाजुक परिणाम भनेको पपुलिज्मप्रति आकर्षण हो । जब आफूसँग जटिल समस्याको जटिल उत्तर छैन, तब सरल र चर्को नारा दिने, भावनालाई उद्वेलित गर्ने र असम्भवलाई सम्भव बनाउने बादा गर्ने नेताको ओरालो पर्नु स्वाभाविक हुन जान्छ । जेनजीले प्राय: कुनै राजनीतिक व्यक्तित्वको विचारको गहिराइलाई नाप्नुको साटो, उसको सामाजिक सञ्जाल उपस्थिति, लाइक र सेयरको सङ्ख्यालाई नै प्रामाणिकताको मापदण्ड बनाएका छन् । यसले तथ्यमा आधारित बहसलाई भावनामा आधारित अभियानले ढाकेको छ, जसले लोकतान्त्रिक प्रक्रियालाई कमजोर पारेको छ । राजनीतिक साक्षरताको अभावमा, लोकतन्त्रको साटो भिडतन्त्रको उदय हुने सम्भावना बढेको छ, जहाँ सबैभन्दा चर्को स्वरले सबैभन्दा बढी ध्यान पाउँछ, चाहे त्यो स्वर तर्कमा आधारित होस् वा होइन ।

    सङ्घीयताको मुद्दामा यो अभाव झन् खतरनाक छ किनभने यो नेपालको भविष्यको संरचनासँग सम्बन्धित छ । राजमोजस्ता दलले उठाएको सङ्घीयताको पुनर्विचारको मागलाई जेनजीले भावनात्मक रूपमा समर्थन गरे पनि यसको व्यावहारिक कार्यान्वयन, संवैधानिक प्रक्रिया र दीर्घकालीन सामाजिक–आर्थिक प्रभावबारे गहिराइसँग अध्ययन गर्ने प्रवृत्ति कम छ । स्थानीय तहलाई बलियो बनाउने भनेको के हो ? यसका लागि संविधान संशोधनको प्रक्रिया के हुनेछ ? यी प्रश्नको उत्तर अध्ययनविना असम्भव छ।

    यस समस्याको अर्को गम्भीर पक्ष भनेको ब्रेन ड्रेन र राजनीतिक तटस्थता हो । देशको वर्तमान राजनीतिक अवस्था र अध्ययनको अभावले गर्दा धेरै प्रतिभाशाली युवा मानसिकतामा ‘यहाँ केही हुँदैन’ भन्ने निराशा बोकेर विदेशिने विकल्प छनौट गर्छन् । जसले बामँच्छन्, उनीहरू पनि राजनीतिबाट जानाजान टाढा बस्ने प्रवृत्ति राख्छन्, जसले राजनितिलाई फोहोरी खेल ठान्दछन् तर यो तटस्थता एउटा भ्रम मात्र हो । राजनीतिमा तटस्थ बस्नु भनेको यथास्थितिलाई नै समर्थन गर्नु हो । अध्ययनले मात्र व्यक्तिलाई यो बुझाउन सक्छ, राजनीति भनेको केवल दल र नेताको खेल होइन, यो हाम्रो रोजगारी, हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य र हाम्रो भविष्य निर्धारण गर्ने प्रक्रिया हो।

    यस अभावलाई पूरा गर्न एउटा बहुआयामिक रणनीति आवश्यक छ । सबैभन्दा पहिलो, नेपालको शिक्षाप्रणालीमा क्रान्तिकारी सुधार आवश्यक छ । विद्यालय र क्याम्पसस्तरमा नै राजनीतिक दर्शन, नेपालको समकालीन इतिहास, आर्थिक नीति र नागरिक दायित्वबारे अनिवार्य, वस्तुनिष्ठ र विश्लेषणात्मक पाठ्यक्रम सुरु गर्नुपर्छ र विद्यार्थी आन्दोलनमा सहभागी हुनुपर्दछ ।

    दोस्रो, जेनजीलाई आफ्नै भाषा र माध्यमबाट जोड्नुपर्छ । नेपाली भाषामा राजनीतिक सिद्धान्त, अर्थशास्त्र र इतिहासबारे गम्भीर तर रोचक सामग्री पोडकास्ट, युट्युब भिडियो र ग्राफिक नोभल सृष्टि गर्नुपर्छ ।

    तेस्रो, विगतका आन्दोलनकारी, बुद्धिजीवी र नीतिनिर्मातासँग युवाको संवादको मञ्च स्थापना गर्नुपर्छ, ताकि अनुभव, सिकाइ र ऊर्जाको आदानप्रदान हुन सकोस् ।

    सङ्घीयताजस्तो जटिल मुद्दामा जेनजीलाई दुवै पक्षको तर्क गहनतासँग बुझ्न प्रोत्साहन दिनुपर्छ । सङ्घीयताका समर्थक र विरोधी दुवैको दृष्टिकोण, तिनका सैद्धान्तिक आधार र अन्तर्राष्ट्रिय अनुभवबारे अध्ययन गर्नुपर्छ । यसविना उनीहरूको रायभावना र सामाजिक सञ्जालको प्रभावमा आधारित हुनेछ, जसले राजनीतिक दलको एजेन्डाले सजिलै सिकार बनाउनेछ ।

    यो केवल जेनजीको लागि मात्र होइन, नेपालको लोकतन्त्र र भविष्यको लागि पनि जरुरी छ । अध्ययनशील युवा नै देशको असल नेतृत्व हुन सक्छन् । उनीहरूले मात्र आवेग र विवेक, आक्रोश र विश्लेषण, सपना र योजनालाई एकै ठाउँमा राख्न सक्छन् । जेनजीले यदि आफ्नो डिजिटल सिप र सामाजिक चेतनालाई राजनीतिक ज्ञानको गहिराइसँग जोड्न सके तब मात्र उनीहरूले रूपान्तरण ल्याउन सक्छन् अन्यथा उनीहरूको शक्ति केवल एउटा दियो मात्र हुनेछ, चम्किने तर छिटो नै निभ्ने, जसले अँध्यारो हटाउन सक्दैन, मात्र क्षणिक प्रकाश दिन सक्छ । नेपाललाई अब त्यस्तो प्रकाश चाहिएन, उसलाई स्थायी उज्यालो चाहिएको छ र त्यो उज्यालो राजनीतिक अध्ययनको दीपबाट मात्र प्रसारित हुन सक्छ ।

    सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.