दाङ । घोराही उपमहानगर राजमो नगर सचिब बलदेव बिकका पिता राष्ट्रिय जनमोर्चाको वडा सदस्य राम बहादुर विकको ७१ बर्षको उमेरमा दुखद निधन भएको छ । विकको पुस १० गते विहिबारका दिन निधन भएको हो ।
Advertisement
उहाँको पार्थिव शरीरमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव राम बहादुर जिएमले राष्ट्रिय जनमोर्चाको झण्डा ओढाएर श्रद्धाञ्जलि दिनु भएको थियो ।
विकको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनु भयो । यस दुःखको घडीमा सिंगों पार्टी उहाँको परिवारसँगै शोकमा रहेको बताउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो जिल्ला सदस्य मेघराज भट्टराईले गर्नुभएको थियो।