प्यूठान । प्युठानको स्वर्गद्वारी नपा अन्तर्गत तापामा जनजातिको वडा समिति गठन भएको छ । २०८२ पुस ९ गते बुधबारका दिन केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको उपस्थितिमा जनजातिको साङ्गठनिक अभियान अन्तर्गत प्युठानको वडा नं. ७ मा जनभेटघाट, छलफल र प्रशिक्षणसहित भेला सम्पन्न भएको हो ।
भेलामा बुढाथोकीले समसामयिक राजनीतिक अवस्था जनजाति समस्याको विषयमा प्रशिक्षयण दिनुभएको थियो ।
कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार तथा स्वर्गद्वारी नगर पालिकामा उपमेयर मीनराज राना र ६ न राजमो वडा अध्यक्ष गिरबहादुर गुरुङले वडा बासीहरूसँग वडाको विकास समस्याको बारेमा छलफल गर्नुभएको थियो ।
जनमानसले वर्षको विकास समस्याको बारेमा राजमोका जनप्रतिनिधिहरूको राम्रो भूमिका रहेको त्यत्तिले मात्रै पुग्दैन विकासमा बजेटहरूमा वषमा अझै जोड गर्नुपर्ने धारणा राखेका थिए ।
छलफल, जनभेटघाटपछि भेलाले जनजाति सम्मेलनको नस नं ७ मा वडा समिति लोकबहादुर घर्तिमगरको अध्यक्षतामा १० सदस्यीय नस कमिटि गठन गरेको छ ।
जसमाः उपाध्यक्ष– मेनका घर्तिमगर, सचिव– मनोज पुनमगर, कोषाध्यक्ष– भुमबहादुर घर्तिमगर रहनुभएको छ । त्यस्तै सदस्यमाः रामबहादुर घर्तिमगर, दुर्गा घर्तिमगर, केशव घर्तिमगर, थमबहादुर घर्तिमगर, खेमराज बुढामगर रहनुभएको छ । सल्लाहकारमा निलबहादुर जिएम रहनुभएको छ ।
ओरला टोल समितिः
अध्यक्ष– खेमराज जिएम, उपाध्यक्ष– भूमिबहादुर बुढामगर, सचिव– दानी घर्तिमगर, कोषाध्यक्ष– तिलसरा बुढामगर, सदस्यमाः श्यामलाल राहुमगर, पुर्ना बुढामगर, सुमित्रा बुढामगर रहनुभएको छ ।