• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

साम्राज्यवादपरस्त नीतिका विरुद्ध सङ्घर्ष — आजको आवश्यकता


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका थियौँ, नेपालका कतिपय प्रमुख राजनीतिक दल वा सङ्गठनले अमेरिकी साम्राज्यवादपरस्त नीति अपनाउँदै आएको भए पनि उनीहरूको त्यस प्रकारको नीति अमेरिकाको रणनैतिक आवश्यकताभन्दा धेरै नै कम छ । नेपालका माओवादी, एमाले, नेका आदि दल वा सङ्गठनले वा उनीहरू सामेल भएका सरकारले अमेरिकी साम्राज्यवादपरस्त नीति अपनाउँदै आएको कुरा आम रूपमा थाहा छ ।

    उनीहरूको त्यस प्रकारको साम्राज्यवादपरस्त चरित्रका कारणले नै उनीहरूले एमसिसीलाई संसद्मा पारित गराएका थिए तर उनीहरूले अमेरिकाप्रति त्यस प्रकारको सम्झौतापरस्त नीति अपनाए पनि प्रथम– उनीहरूले एसपिपीलाई पारित गरेका थिएनन्, जसले अमेरिकी सेनालाई चीनको सीमासम्म जानका लागि बाटो खुला गरिदिन्थ्यो । द्वितीय– उनीहरूले चीनप्रति पनि मैत्रीपूर्ण वा तटस्थताको नीति अपनाएका थिए । उनीहरूको त्यस प्रकारको नीतिको परिणामस्वरूप नै उनीहरूले लगातार एक चीनको नीतिमा जोड दिँदै आएका थिए र तिब्बतलाई चीनबाट स्वतन्त्र बनाउने दलाई लामाको नीतिलाई पनि समर्थन गरेका थिएनन् । त्यसैले हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका थियौँ, उनीहरूको त्यस प्रकारको नीतिले अमेरिकाको रणनैतिक आवश्यकता पूरा नगर्ने भएको हुनाले त्यसले उनीहरूलाई सत्ताबाट हटाउने र नेपालमा पूरै आफ्नै निर्देशनमा चल्ने सरकारको गठन गर्ने सम्भावना छ ।

    कतिपय तथ्यबाट त्यो कुरा प्रस्ट पनि हुँदै आएको छ, अमेरिकाले नेपालका कतिपय राजनीतिक पार्टी वा सङ्गठनमा घुसपैठ गरेर उनीहरूद्वारा नेपालप्रतिका आफ्ना साम्राज्यवादी नीति पूरा गर्न प्रयत्न गर्दै आएको थियो तर त्यसका लागि त्यति मात्र पर्याप्त भएन, त्यसैले त्यसले नेपालमा पूरै नै आफ्नो निर्देशनमा चल्ने सरकार बनाउनका लागि “स्वतन्त्र पार्टी” गठन गर्‍यो तर अमेरिकाले कुनै पनि देशमा सधैँ एउटै कार्ड मात्र प्रयोग नगरेर बेग्लाबेग्लै कार्ड प्रयोग गर्ने गर्दछ । त्यसैले अमेरिकाले नेपालमा आफ्नै पक्षमा काम गर्ने बलियो सरकार गठनमा जोड दिनका लागि जेनजी आन्दोलनलाई प्रयोग गर्‍यो । बाह्य रूपमा त्यो आन्दोलन जेनजी युवाको स्वतन्त्र र स्वत:स्पूmर्त आन्दोलन थियो तर कतिपय अन्तराष्ट्रिय पत्रपत्रिका वा स्वयम् अमेरिकामा सञ्चालित कतिपय संस्थाको रिपोर्ट वा त्यहाँका कतिपय प्रमुख पत्रिकाको विवरणबाट त्यो आन्दोलनमा अमेरिकाको भूमिका रहेको र लामो तयारीपछि नै त्यो आन्दोलनले विस्फोटक रूप लिएको कुरा प्रमाणित भइसकेको छ ।

    त्यो आन्दोलनको पछाडि अमेरिकाको उद्देश्य प्रथम– अमेरिकापरस्त नीति अपनाए पनि पूरै नै अमेरिकी रणनीतिको सेवा नगर्ने सरकारलाई हटाउने र द्वितीय– पूरै नै त्यसको पक्षमा काम गर्ने सरकार गठन थियो । त्यो क्रममा नै पुराना प्रमुख राजनीतिक दल वा सङ्गठनका सरकारलाई विस्थापित गरेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो ।

    अन्तरिम सरकारद्वारा अमेरिकी साम्राज्यवादको बढी सेवा गर्ने सम्भावनामाथि ध्यान दिएर नै दलाई लामाले नेपालको राजनीतिक इतिहासमा प्रथम पल्ट सुशीला कार्कीको सरकारलाई शुभकामना पठाए तर यो सरकारले पनि अमेरिकी साम्राज्यवादको पूरै सेवा गर्न नसकेमा त्यसका ठाउँमा पुन: अर्काे सरकार बनाउन पनि अमेरिकी साम्राज्यवाद पछाडि पर्ने छैन । अहिलेको अन्तरिम सरकारको मन्त्रिमण्डलको जुन प्रकारले गठन भएको छ, त्यसमाथि विचार गर्दा पनि त्यसमा विभिन्न साम्राज्यवादी एनजिओ वा आइएनजिओमा काम गरेका वा अमेरिकापरस्त तत्त्वको नै प्रमुखता पाइन्छ । अहिले नेपालमा अमेरिकाको पक्षमा काम गर्ने कैयौँ तत्त्व छन्, जो प्रकट रूपमा बेग्लाबेग्लै समूहमा विभाजित छन् ।

    यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न, नेपालमा अमेरिकाको पक्षमा काम गर्ने बलियो सरकार स्थापनाका लागि आधार तयार पार्न त्यस प्रकारका सबै तत्त्वलाई एकै ठाउँमा एकताबद्ध गरेर सरकार बनाउन वा चुनावमा विजय गराउनसमेत प्रयत्न गरिनेछ ।

    अहिले अमेरिकी रणनीतिका मुख्य दुईओटा उद्देश्य रहेका छन् : प्रथम– चीनका विरुद्धको सैनिक मोर्चाबन्दीमा नेपाललाई पनि सामेल गर्नु । एमसिसीको मुख्य उद्देश्य त्यही नै हो† द्वितीय– दलाई लामाको पुन:स्थापनाका लागि तिब्बतमाथि सैनिक आक्रमण गर्नु र त्यसको लागि नेपाललाई युद्धभूमि बनाउनु ।

    तिब्बतमा आक्रमणको लागि नेपालको भूमिले अमेरिकाका लागि रणनैतिक महत्त्व राख्दछ । त्यसैले नेपालमा आफ्नो प्रभाव वा जनमत तयार पार्नका लागि त्यसले योजनाबद्ध प्रकारले वा चौतर्फी रूपले प्रयत्न गरेको छ । त्यस प्रकारका सबै प्रयत्नको अन्तत्वगत्वा परिणाम नेपाल युद्धभूमिमा बदलिनु नै हुनेछ । जुन तत्त्वले आफ्ना छुद्र स्वार्थको लागि अमेरिकी साम्राज्यवादलाई समर्थन गर्ने काम गरिरहेका छन्, उनीहरूको त्यस प्रकारको भूमिकाबाट दीर्घकालीन रूपले नै नेपाललाई कति धेरै क्षति पुग्नेछ । त्यो कुरा केही निधार खुम्चाएर विचार गर्नेबित्तिकै छर्लङ्ग हुनेछ ।

    अमेरिकाले आफ्ना साम्राज्यवादी स्वार्थको पूर्तिका लागि संसारका विभिन्न देशमा त्यस प्रकारका नीति अपनाउँदै वा तहसनहस पार्दै आएको छ । अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी नीतिका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ र त्यस प्रकारको नीतिद्वारा नै नेपाली जनताले अमेरिकाको हस्तक्षेप र अतिक्रमणलाई रोक्न तथा नेपालमा शान्तिलाई कायम राख्न सक्नेछन् ।

    अहिले उमेरका दृष्टिकोणले जो स्वयम् जेनजी होइनन् तर आफूले जेनजी आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने कतिपय अमेरिकापरस्त वा ‘स्वतन्त्र तिब्बत’ समर्थक तत्त्वले सरकारलाई पनि बेग्लाबेग्लै निर्देशन दिएर सञ्चालन गर्ने प्रयत्न गरेको पाइन्छ । उनीहरूको कोसिस चुनावमा बहुमत प्राप्त गर्ने पनि रहेको छ र उनीहरूले चुनावमा त्यसरी बहुमत प्राप्त गर्न सुगम स्थितिको निर्माणका लागि संविधानमा पनि विभिन्न प्रकारका संशोधन गराउन प्रयत्न गर्न थालेको पाइन्छ । त्यसरी अहिलेको सरकार वा पूरै व्यवस्थामाथि अमेरिकापरस्त तत्त्व हाबी हुँदै गएको प्रष्ट छ । देशका लागि यो अत्यन्त गम्भीर कुरा हो । त्यसको अर्को चिन्ताजनक पक्ष यो हो कि देशका विभिन्न वामपन्थी वा प्रजातान्त्रिक प्रमुख दल वा सङ्गठन आफ्नो भ्रष्ट र गैरजिम्मेवार नीति र क्रियाकलापका कारणले जनतामा धेरै बदनाम भएर गएका छन् ।

    एकातिर देशमा बढ्दो अमेरिकी साम्राज्यवादको खतरा र अर्कातिर देशका विभिन्न प्रमुख राजनीतिक दल वा सङ्गठनमाथि जनताको विश्वास समाप्त हुँदै गएको अवस्था—त्यो स्थितिले देशलाई कहाँ पुर्‍याउने हो ? त्यो गम्भीर चिन्ताको विषय बनेको छ । एकातिर सबै प्रकारको भ्रष्टाचार र कुशासनको विरुद्ध र अर्कातिर अमेरिकी साम्राज्यवादी खतराका विरुद्ध दृढ र सम्झौताहीन सङ्घर्ष र त्यस प्रकारको सङ्घर्षको पक्षमा जनताको उच्च प्रकारको चेतना तथा ऐक्यबद्धताको आधारमा नै देशमा शान्ति, सुव्यवस्था तथा देशको राष्ट्रियता र सार्वभौमिकताको समेत रक्षा गर्नु सम्भव हुनेछ र त्यसरी रक्षा गर्न सम्पूर्ण नेपाली जनता अगाडि पनि आउनुपर्दछ ।

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.