• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युक्रेन युद्धबारे वार्ता सकारात्मक


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • मियामी । रुस र युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले युक्रेन र युरोपेली प्रतिनिधिहरूसँग फ्लोरिडामा गरेको वार्तालाई ‘फलदायी र रचनात्मक’ भएको जनाएको छ । ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिनुभएको हो ।

    Advertisement

    उहाँका अनुसार युक्रेन, संयुक्त राज्य अमेरिका र युरोपबीच साझा रणनीतिक दृष्टिकोणमा तालमेल कायम गर्न वार्ताको आयोजना गरिएको हो । “हाम्रो साझा प्राथमिकता हिंसा रोक्नु, दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु र युक्रेनको पुनःउत्थान, स्थिरता तथा समृद्धिका लागि आधार तयार गर्नु हो । शान्ति केवल युद्ध अन्त्य मात्र नभई स्थिर भविष्यतर्फको सम्मानजनक मार्ग हुनुपर्छ”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत विटकफले भन्नुभयो ।

    यो पहल ट्रम्प प्रशासनले महिनौँदेखि अघि बढाउँदै आएको कूटनीतिक प्रयासको हिस्सा हो । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि तीव्र कूटनीतिक दबाब दिँदै आउनुभएको छ । तर मस्को र किएभका मागहरू एकअर्कासँग मेल नखाँदा प्रक्रिया जटिल बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनप्रति आफ्ना अधिकतम मागमा अडिग रहने सङ्केत दिँदै आउनुभएको छ, यद्यपि युद्धमैदानमा ठूलो क्षति व्यहोर्दै पनि रुसी सेना केही स्थानमा अगाडि बढिरहेको बताइएको छ ।

    यसैबीच, रुससँगको वार्ता पनि जारी रहेको सङ्केत दिँदै क्रेमलिनका एक प्रतिनिधिले फ्लोरिडामा छलफल ‘रचनात्मक रूपमा अघि बढिरहेको’ बताएका छन् । रुसी दूत किरिल दिमित्रीभले शनिबार मियामीमा पत्रकारहरूसँग कुरा गर्दै छलफल निरन्तर जारी रहने जानकारी दिनुभएको थियो । उहाँले विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग भेटघाट गर्नुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार टेलिग्राममार्फत कूटनीतिक प्रयासहरू तीव्र गतिमा अघि बढिरहेको र फ्लोरिडामा युक्रेनी टोलीले अमेरिकी पक्षसँग सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो । तर क्रेमलिनले युक्रेन, रुस र अमेरिका संलग्न त्रिपक्षीय वार्ता तयारी भइरहेको भन्ने दाबी अस्वीकार गरेको छ । राष्ट्रपति पुटिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले हाल यस्तो पहल गम्भीर रूपमा छलफलमा नरहेको स्पष्ट पार्नुभएको छ ।

    युक्रेनभित्रै, मानव अधिकार लोकपाल दमित्रो लुबिनेट्सले रुसी सेनाले सुमी सीमा क्षेत्रबाट करिब ५० जना युक्रेनी सर्वसाधारणलाई जबरजस्ती रुसमा लगेको आरोप लगाउनुभएको छ । उहाँका अनुसार ती नागरिकहरूलाई अवैध रूपमा नियन्त्रणमा लिएर रुसी भूभागमा पु¥याइएको हो । यस विषयमा उहाँले रुसका मानव अधिकार आयुक्तसँग सम्पर्क गरी तत्काल नागरिक फिर्ता गर्न माग गर्नुभएको छ ।

    यसै सन्दर्भमा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्न पुटिन इच्छुक रहेको खबरलाई फ्रान्सले स्वागत गरेको छ । म्याक्रोनको कार्यालयले युद्धविराम र शान्ति वार्ताको सम्भावना स्पष्ट भएमा संवाद उपयोगी हुने जनाएको छ ।

    उता, युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनको सैन्य र आर्थिक आवश्यकताका लागि आगामी दुई वर्षमा ९० अर्ब युरो सहयोग प्रदान गर्ने सहमति जनाएका छन्, जसका लागि पूँजी बजारबाट ऋण लिने योजना बनाइएको छ ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.