• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

“कमरेड जलजला उपन्यासको विवेचना” विमोचन कार्यक्रममा प्रस्तुत मन्तव्य


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह #

    Advertisement

    २०८२ मङ्सिर २० गते काठमाडौँमा सम्पन्न यो विमोचन कार्यक्रमका अध्यक्ष तथा सबै आमन्त्रित अतिथि र सहभागी मित्रलाई सादर अभिनन्दन ।

    कमरेड मनोज भट्टद्वारा लिखित “कमरेड जलजला उपन्यासको विवेचना” पुस्तकको विमोचनको कार्यक्रमलाई मैले हार्दिक रूपले स्वागत गर्न चाहन्छु । त्यो उपन्यास मैले लेखेको हुनाले त्यो उपन्यासबारे लेखिएको पुस्तकको मैले आफै त्यो पुस्तकको विमोचन गर्न पाउनु मेरा लागि धेरै नै प्रसन्नताको पनि कुरा हो । त्यसका साथै उक्त पुस्तकका विभिन्न पक्ष, खास गरेर त्यसका दार्शनिक र वैचारिक पक्षबारे उहा“ले विस्तृत विवेचना गरेर जुन पुस्तक लेख्नुभएको छ, त्यसका लागि मैले उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु ।

    त्यो उपन्यासको उपशीर्षकमा “प्रेमको कथा, विश्वको दर्शन” भनेर लेखिएको छ । त्यो उपशीर्षकले नै बताउँछ, त्यसको दार्शनिक पक्ष पनि महत्त्वपूर्ण रहेको छ । त्यो पुस्तकको दार्शनिक पक्ष नै त्यसको प्रधान पक्ष हो भने पनि सायद फरक पर्ने छैन । खास गरेर त्यो पक्षमाथि नै मनोजजीले बढी प्रकाश हाल्ने प्रयत्न गर्नुभएको छ । त्यसका लागि पनि मैले उहाँलाई धन्यवाद दिन चाहन्छु ।

    प्रस्तुत पुस्तकको मुख्य उद्देश्य सम्पूर्ण मानव जीवन र पूरै विश्वलाई बुझ्ने र प्रस्तुत गर्ने नै रहेको छ । ती दुईमध्ये पनि मानव जीवनलाई ठिकसित बुझ्ने कुरा नै महत्त्वपूर्ण कुरा हो । विश्व वा ब्रह्माण्ड अत्यन्त विशाल छ । त्यसको अध्ययन गर्ने कार्य वैज्ञानिकहरूले नै गर्न सक्दछन्, यद्यपि त्यो पनि धेरै नै कठिन र कष्टसाध्य कार्य हो । त्यसकारण प्रस्तुत उपन्यासमा विश्वको सर्सरी वर्णन गर्ने प्रयत्न गरिए पनि त्यसलाई बदल्नका लागि प्रयत्न गर्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा हो तर मानव समाजलाई हामीले बुझ्ने मात्र होइन, त्यसलाई बदल्नु पनि हाम्रो जिम्मेवारी हुन जान्छ । धेरै वैज्ञानिक, दार्शनिक, राजनीतिज्ञ वा मिहिनेतकस जनताले त्यो दिशामा प्रयत्न गर्दै आएका छन् र त्यस प्रकारका प्रयत्नका महत्त्वपूर्ण वा सकारात्मक परिणाम पनि देखा पर्दै आएका छन् ।

    यदि त्यसो नहुँदो हो त कुनै बेला जङ्गली वा ढुङ्गेयुगमा भएको मानव समाज वा विभिन्न प्रकारका शोषणप्रधान व्यवस्था पहिलेकै रूपमा कायम रहने थिए र तिनीहरूमा परिवर्तन आउने थिएन । त्यस प्रकारका परिवर्तनका पछाडि एकातिर जीवननिर्वाहका लागि मानिसले गरेका प्रयत्न र त्यो क्रममा उत्पादन प्रणालीमा भएका परिवर्तन तथा अर्कातिर मानिसको चिन्तनको विकास र उनीहरूका आन्दोलनको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । त्यस प्रकारको परिवर्तनको परिणामस्वरूप आज मानव समाज जुन उच्चस्तरमा पुगेको छ, त्यो नै मानव समाज विकासको अन्तिम चरण भने अवश्य होइन, भविष्यमा मानव समाजमा अरू उच्च प्रकारका परिवर्तन हुने निश्चित छ तर त्यो कुरा स्वत: हुने छैन, त्यसका लागि धेरै युगान्तकारी परिवर्तन आवश्यकता हुनेछ ।

    दर्शन वा राजनीतिले त्यो दिशामा धेरै भूमिका खेल्दै आएका छन् र भविष्यमा त्यस प्रकारको भूमिका अरू बढ्दै जानेछ र जानु पनि पर्दछ । त्यो दिशामा साहित्यको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । विश्व साहित्यको इतिहासमाथि सर्सरी विचार गर्ने हो भने पनि त्यो कुरा प्रस्ट हुनेछ । ‘कमरेड जलजला’ उपन्यासले पनि त्यो दिशामा केही योगदान दिने प्रयत्न गरेको छ । त्यसमा त्यो उपन्यास कति सफल भएको छ ? त्यो कुरा यसका पाठक वा समालोचकले नै बताउन सक्नुहुनेछ ।

    उपन्यासको प्राक्कथनको पहिलो पङ्क्तिमा नै लेखिएको छ– “कमरेड जलजला विश्वमा अन्तर्निहित छन् र सम्पूर्ण विश्व पनि उनमा अन्तर्निहित छ ।” उपन्यासको सम्पूर्ण सारलाई त्यो एउटा वाक्यमा बताउन सकिन्छ । जलजला विश्वमा अन्तर्निहित भएको हुनाले र विश्व पुन: उनीमा नै अन्तर्निहित भएको हुनाले प्रस्तुत उपन्यासमा जलजलालाई सम्पूर्ण मानव समाज र विश्वको, सुदूर अन्तरिक्षसमेतको परिप्रेक्ष्य नै प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । उनी सम्पूर्ण विश्वसित जोडिएकी छन् र सम्पूर्ण विश्व उनीसित जोडिएको छ । त्यो कुरा खालि उनका बारेमा मात्र सत्य होइन, संसारका सबै व्यक्ति, सबै प्राणी वा सबै पदार्थबारे पनि सत्य हो । लेनिनको संसारका प्रत्यक व्यक्ति विश्वमा र विश्व व्यक्तिमा अन्तरनिहित हुन्छ भन्ने कथन र तथा हेगेलको संसारका प्रत्यक चिज आपसमा अभिन्न रूपले जोडिएका छन् भन्ने दार्शनिक अवधारणाबाट पनि त्यही कुरा प्रष्ट हुन्छ । त्यसैले उपन्यासमा संसारका सबै चिजलाई आपसमा जोडेर हेर्ने प्रयत्न गरिएको छ र उपन्यासको सम्पूर्ण रचना त्यही दार्शनिक सिद्धान्तमाथि आधारित छ ।

    उपन्यासको मुख्य उद्देश्य सम्पूर्ण संसारलाई “आमामय” बनाउने लक्ष्यतिर केन्द्रित रहेको छ । समाजमा पाइने सबै मानवीय गुणमध्ये आमाका आफ्ना सन्तानको माया सर्वश्रेष्ठ मानव गुण हो । त्यो गुणको सारतत्त्व यो कुरामा अन्तर्निहित छ, प्रत्येक आमाले आफ्ना सन्तानको सेवा निस्वार्थ भावले गर्ने गर्दछन् । आफ्ना छोराछोरीप्रतिको माया वा उनीहरूको सेवाको बदलामा उनीहरूले केही खोजेका हुँदिनन् । आफ्ना सन्तानको खुसीका लागि उनीहरू सबै प्रकारका कष्ट उठाउन वा त्याग र बलिदानी गर्न तयार हुन्छन् । यदि संसारमा सबै जनाले सबै जनालाई आमाले आफ्ना सन्तानलाई गर्नेजस्तो माया गर्ने गरेमा र त्यसरी सारा विश्व आमामय बन्न सकेमा धर्ती स्वर्ग बन्नेछ तर आज संसार त्यस प्रकारको गुणको कमीले गर्दा नै “नर्क” जस्तो बनेको छ । यहाँ स्वर्ग, नर्कको अवधारणालाई अलौकिक वा दैवीय अर्थमा होइन, लौकिक र भौतिक अर्थमा नै लिइएको छ ।

    उपन्यासमा यो विश्वास प्रकट गरिएको छ, सारा विश्वलाई आमामय बनाउने वा धर्तीलाई स्वर्ग बनाउने कुरा काल्पनिकजस्तो देखिन्छ तर हामीले गहन प्रकारले मानव समाजको मूल्याङ्कन गर्‍यौँ भने पाउनेछौँ, मानव समाजको विकास त्यही दिशामा नै भइरहेको छ । समाजमा व्यक्तिगत स्वार्थको घेराभन्दा माथि उठेर सम्पूर्ण मानवको सेवा गर्ने, त्यसका लागि आफूलाई बलिदान गर्नेजस्ता उच्च मानवीय गुण समाजमा धेरैतिर पाइन्छन् । कैयौँ दर्शन, नीतिशास्त्र वा साहित्यले पनि त्यसका लागि आधार तयार पार्दै लगिरहेका छन् ।

    हिन्दु धर्मग्रन्थमा विश्वबन्धुत्वको कुरा धेरै गरिएको छ । त्यसको अर्थ हो, सम्पूर्ण मानव जातिप्रतिको उच्च प्रकारको प्रेम वा सद्भावनाको भावना । माक्र्सवादी–लेनिनवादी दर्शनले सर्वहारा अन्तर्राष्ट्रवादको कुरा गर्दछ । त्यसको अर्थ हो, सबै सङ्कीर्ण जातीय वा राष्ट्रिय सीमाबाट माथि उठेर अन्तर्राष्ट्रिय स्तरमा एक्यबद्धताको भावना । निश्चिय नै त्यस प्रकारको सर्वहारा अन्तर्राष्ट्रिय भावनालाई निरपेक्ष रूपमा नभएर सापेक्ष रूपमा लिइएको छ । त्यसलाई सापेक्षताको अर्थमा लिनुको अर्थ हो– संसारमा विद्येमान सबै शोषण, उत्पीडन वा अन्याय–अत्याचारका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा एक्यबद्धताको भावना । प्रस्तुत उपन्यास पूरै नै त्यस प्रकारको विश्वबन्धुत्व तथा सर्वहारा अन्र्तराष्ट्रवादको भावनाले प्रेरित छ । त्यसमा नेपालका साथै भारत, फ्रान्स, जर्मनी, युनान वा संसारका विभिन्न महाद्वीपको उल्लेख गर्दा तिनीहरूप्रति कुनै द्वैष वा वैरभाव प्रकट गरिएको छैन, कहीँ पनि सङ्कीर्ण राष्ट्रवादी, अन्धराष्ट्रवादी वा अन्धजातिवादीजस्ता सोचाइको प्रदशन गरिएको छैन । प्रत्येक देशको इतिहास, संस्कृति, त्यहाँका प्रजातान्त्रिक, राष्ट्रिय वा क्रान्तिकारी आन्दोलन र तिनीहरूका क्रममा देखाइएको बलिदानप्रति उच्च सम्मान प्रकट गरिएको छ । त्यसको अर्थ हो– संसारका सबै शोषण, उत्पीडनलाई समाप्त गरेर स्वतन्त्र, सम्पन्न र सुखी र सुन्दर समाज निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरमा ऐक्यबद्धता । त्यसरी प्रस्तुत उपन्यासले समाजमा विद्यमान शोषण, उत्पीडनको अन्त गरेर एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माण गर्नुपर्ने कुरामा जोड दिन्छ । उपन्यासको सम्पूर्ण संरचना त्यही सिद्धान्तद्वारा निर्देशित छ ।

    संसारलाई आमामय बनाउन वा धर्तीमा स्वर्गको निर्माण गर्न मानव चेतनाको उच्च रूपमा विकास हुनुपर्दछ । उपन्यासको मुख्य जोड त्यही कुरामा छ । मानव जातिको इतिहासमा अहिलेसम्म मानव चिन्तनलाई माथि उठाउन विभिन्न दर्शनले धेरै योगदान दिँदै आएका छन् । त्यस सन्दर्भमा माक्र्सवादी–लेनिनवादी दर्शनको स्थान सर्वोपरी छ । त्यसका दुई प्रकारका देन मुख्य छन् : प्रथम– त्यसले संसारलाई बदल्ने कुरामा जोड दिएको छ; द्वितीय– त्यसले सबै प्रकारका शोषण, उत्पीडनको अन्त्य गरेर एउटा शोषणविहीन र वर्गविहीन समाज निर्माणमा जोड दिएको छ । ती उद्देश्य सबै प्रकारका शोषण, उत्पीडन वा तिनीहरूमाथि आधारित समाज व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेर नै पूरा हुन सक्दछन् । त्यसका लागि ठुलो सङ्ख्यामा ती उद्देश्यप्रति समर्पित योद्धाको आवश्यकता पर्दछ ।

    रोमको दास विद्रोहोका नेता स्पार्टाकसको समयदेखि नै क्रान्तिकारी योद्धाले समाजलाई बदल्नका लागि आफूलाई बलिदान गर्दै आएका छन् । माक्र्सवादी–लेनिनवादीले त्यो सङ्घर्षमा उच्च आयाम थपेका छन् । माक्र्सवादी–लेनिनवादी दर्शनको प्रकाशमा नै उनीहरूले त्यो आन्दोलनलाई उच्च शिखरमा उठाउन सफल हुँदै आएका छन् तर त्यो कार्य उनीहरूले त्यो अवस्थामा नै वा त्यो बेलासम्म मात्र प्रभावशाली प्रकारले गर्न सक्दछन्, जबसम्म उनीहरू माक्र्सवादी–लेनिनवादी दर्शनद्वारा दीक्षित हुन्छन् र त्यसअनुरूप नै उनीहरूले आफ्ना कार्य अगाडि बढाउने गर्दछन् तर उपन्यासले स्वयम् कम्युनिस्टमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विश्वव्यापी रूपमा नै ठुलो विचलन भएको र त्यो कारणले नै विश्व समाजवादी व्यवस्थाको पतन भएको तथा विश्व कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर र रक्षात्मक अवस्थामा पुगेको बताएको वास्तविकताप्रति पनि सङ्केत गरेको छ । त्यसको अर्थ उक्त उपन्यासले विश्व कम्युनिस्ट आन्दोलनको भविष्य अन्धकारमय भएको निष्कर्ष निकाल्दैन र समाजवाद वा कम्युनिस्ट आन्दोलनको उज्ज्वल भविष्यमाथि विश्वास गर्दछ । त्यस प्रकारको सोचाइ कुनै कल्पना वा दिवास्वप्न नभएर त्यो ठोस भौतिक परिस्थितिमा आधारित भएको कुरालाई पनि उपन्यासमा स्पष्ट गरिएको छ ।

    त्यो ठोस भौतिक परिस्थिति के हो ? अन्त्यमा सामाजिक संरचनालाई भौतिक परिस्थिति वा उत्पादन प्रणालीको चरित्रले नै निर्धारित गर्दछ । अहिले विश्व कम्युनिस्ट आन्दोलन कमजोर भएको भए पनि उत्पादन शक्तिले झन्पछि झन् ठुलो पैमानामा सामाजिक रूप लिँदै गइरहेका छन् । उत्पादन शक्तिको त्यस प्रकारको चरित्रले नै समाजवादको आधार तयार पार्दछ र त्यसको विजयलाई सुनिश्चित गर्दछ ।

    अहिले कम्युनिस्ट आन्दोलनप्रति निराशाका भावना धेरै नै देखा परेको कुरा सत्य हो तर त्यो खालि तात्कालिक, उपरी, अस्थायी र गौण पक्ष नै हो तर वास्तविकता यो हो, क्रान्तिकारी कम्युनिस्टको भविष्य धेरै नै उज्ज्वल छ । प्रस्तुत उपन्यासमा त्यस प्रकारको उज्ज्वल भविष्यप्रति अगाध विश्वास भएको तथा त्यो भविष्यलाई साकार रूप दिन कटिबद्ध भएका पात्रको निर्माणमा नैे मुख्य जोड दिइएको छ । ती पात्रहरू पार्टी र क्रान्ति वा सर्वहारा वर्गको मुक्तिको उद्देश्यप्रति पूरै समर्पित हुन्छन् र त्यो उदेश्य पूरा गर्न उनीहरू आफूलाई बलिदान गर्न तयार हुन्छन् । त्यस प्रकारका पात्रको निर्माणको उद्देश्य हो– अहिले विश्वमा र नेपालमा पनि कम्युनिस्ट आन्दोलनमा देखा परेको निराशाका ठाउँमा नयाँ र क्रान्तिकारी पङ्क्ति निर्माणका लागि वैचारिक आधार तयार पार्नु तर उपन्यासमा शोषितपीडित वा मिहिनतकश जनताको मुक्तिका लागि समर्पित कम्युनिस्ट पात्रको मात्र उल्लेख गरिएको छैन, उपन्यासमा यस्ता समाजसेवीको पनि उल्लेख गरिएको छ, जसले समाजको सेवामा कुनै देशको स्वतन्त्रता वा मुक्तिका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफूलाई सम्पूर्ण रूपले समर्पण गरेका हुन्छन् । कौसानीकी सरला बहन, लखनउका स्वतन्त्रता सेनानी कल्याण सिंह आदि त्यही प्रकारका उदाहरण हुन् । त्यसरी उपन्यासले व्यक्तिगत वा पारिवारिक स्वार्थको घेराभन्दा माथि उठेर क्रान्तिकारी आन्दोलन वा कुनै पनि प्रकारको समाजसेवाका लागि आफूलाई पूरै समर्पण गर्ने उच्च मानवीय गुणप्रति सम्मान प्रकट गरेको छ ।

    यो प्रस्तुत उपन्यासको काल अवधि पञ्चायती तानाशाही कालको करिब १० वर्षको अर्थात् करिब २०४१ सम्मको नै रहको छ । आज राजावादीले अहिले हाम्रो देशमा बढेको भ्रष्टाचार र कुशासनको ठाउँमा राजाको निरङकुश शासन वा पञ्चायती शासनको काल धेरै नै राम्रो थियो भन्ने प्रचार गरिरहेका छन् र त्यसको पुन:स्थापनाका लागि अभियान चलाइरहेका छन् । त्यो उपन्यासमा त्यो कालको चित्रलाई ठोस तथ्य र प्रमाणका आधारमा प्रस्तुत गर्दै त्यो बेलाको शासनकाल कति धेरै भ्रष्ट थियो ? त्यो कालमा महिलामाथि कति धेरै बलात्कार र हत्या गरिन्थे ? राजपरिवारद्वारा कति धेरै राष्ट्रिय सम्पत्तिको दुरुपयोग वा तस्करी गरिन्थ्यो ? देशमा कति धेरै क्रुर प्रकारको दमन थियो आदि कुरालाई त्यही बेलाका पत्रपत्रिकामा दिइएका तथ्यका आधारमा प्रस्ट पार्ने प्रयत्न गरिएको छ । ती तथ्यबाट अहिले राजावादीले निरङ्कुश शासन र पञ्चायती कालको जुन गुणगान गरिरहेका छन् र त्यसका आधारमा राजतन्त्र पुन:स्थापनाका लागि अभियान चलाइरहेका छन्, ती कति धेरै आधारहीन र भ्रामक छन् ? त्यो कुरा बुझ्न सजिलो हुनेछ ।

    अहिले गाजामा इजरायलद्वारा प्यालेस्टाइनमाथि भइरहेको नरसंहार एउटा अन्तर्राष्ट्रिय स्तरको नै समस्या बनेको छ र त्यसको विश्वव्यापी रूपमा भत्र्सना भइरहेको छ । अहिलेको इजरायलको राज्य भनेको यहुदीको राज्य हो । हिटलरको शासनकालमा यहुदीमाथि धेरै नै अत्याचार भएका थिए । त्यो बेला करिब ६० लाख यहुदीको हत्या गरिएको थियो । ठुलो सङ्ख्यामा उनीहरूलाई ग्यास च्याम्बरमा राखेर यातना दिइएको थियो । उपन्यासमा त्यो बेला यहुदीमाथि भएका त्यस प्रकारको अत्याचारसम्बन्धी कैयौँ पक्ष लेखिएका छन् । उनीहरूमाथि भएका अत्याचारको कडा शब्दमा भत्र्सना गरिएको छ तर जुन यहुदीले त्यस प्रकारका अत्याचारको सामना गर्नुपरेको थियो, उनीहरूको राज्यले आज प्यालेस्टाइनी जनतामाथि घोर अत्याचार गरिरहेको छ ।

    प्यालिस्टाइनी जनतालाई आफ्नो देशबाट निस्कासित गरिएको थियो र उनीहरूले करिब साढे सात दशकदेखि खाडीका देशमा शरणार्थीको रूपमा जीवन बिताउँदै आउनुपरेको छ तर यो कुराको अनुमान गर्न सकिन्छ, सम्पूर्ण यहुदी जाति त्यसको लागि जिम्मेवार छैन र अमेरिकी साम्राज्यवादद्वारा समर्पित इजरायलको फासिस्ट सरकार तथा उनीहरूद्वारा यहुदी जातिमा फैलाइएको अन्तरजातिवादी सोचाइको कारणले नै प्यालेस्टाइनी र यहुदी जातिका बिचमा त्यति ठुलो शत्रुतापूर्ण सम्बन्ध कायम भएको छ । इजरायलमा स्वयम् त्यहाँका जनताले आफ्नो फाशिष्ट सरकारका विरुद्ध गरिरहेको व्यापक आन्दोलनबाट पनि इजरायली सरकारले प्यालेस्टाइनी जनताले गरिरहेको क्रुर र बर्बर अन्यायका लागि त्यहाँका यहुदी जनता जिम्मेवार छैनन् भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । अन्त्यमा अहिले प्यालेस्टाइनी र यहुदी जनताका बिचको त्यो चीर प्रकारको शत्रुतापूर्ण सम्बन्धको समाधान ती दुवै जातिद्वारा संयुक्त रूपले अमेरिकी साम्राज्यवाद र इजरायलको फासिस्ट सरकार विरुद्ध संयुक्त सङ्घर्षद्वारा नै समाधान हुनेछ भनेर हामीले आशा र कामना पनि गर्नुपर्दछ ।

    प्रस्तुत उपन्यास कुनै सीमित क्षेत्रमा सीमित रहेको छैन र त्यसले सम्पूर्ण विश्वको परिभ्रमण गर्दछ । उपन्यास कुमाउँ, अलमोडाको कौसानीबाट सुरु हुन्छ र कुमाउँ गढवालको संस्कृति, इतिहास, त्यहाँको पर्यावरण आन्दोलन आदिको विस्तृत रूपले व्याख्या गर्दछ । कुमाउँको खिराकोटको पर्यावरण सफल आन्दोलनको नेतृत्व एउटा नेपाली मूलकी महिलाले नै गरेकी छिन् । उपन्यासले काठमाडौँ उपत्यकाका स्वयम्भुनाथ, पशुपतिनाथ, अष्टमातृका आदिको पनि गहन रूपले चर्चा गर्दछ । त्यसले तथ्यको आधारमा यो देखाउने प्रयत्न गर्दछ कि पशुपतिनाथको मन्दिर कुनै अलौकिक नभएर मानवकृत नै हो । त्यही प्रकारले अष्टमातृकालाई पछि हिन्दुकरण गरिएको थियो तर मूल रूपमा उनीहरू अवैदिक देवी नै थिए र पछि उनीहरूलाई हिन्दुकरण गरिएको थियो ।

    उपन्यासले डन्डाबाट प्राप्त ढुङ्गेयुगीन औजारका अवशेषको उल्लेख गरेर नेपालको प्राचीन ढुङ्गेयुगमाथि प्रकाश हाल्ने प्रयत्न गरेको छ । उपन्यासमा पाल्पाको तिनाउँ नदीका छेउमा प्राप्त रामपिथेकसको बङ्गराका अवशेषको आधारमा संसारभरि प्राप्त प्राचीन प्राणीको इतिहास तथा सम्पूर्ण मानव जातिको उत्पत्ति र विकासमाथि पनि विस्तृत प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यो उपन्यासमा यसका लािग दुख प्रकट गरिएको छ, तिनाउँ नदीको खोलामा प्राप्त अन्र्तराष्ट्रिय महत्त्वको ऐतिहासिक अवशेष प्राप्त भएको ठाउ“मा राष्ट्रिय महत्त्वको पर्यटनस्थलको निर्माणप्रति राज्यको खास ध्यान गएको छैन ।

    उपन्यासमा उल्लेख गरिएको अर्को महत्त्वपूर्ण पक्ष कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासीको प्राचिन बौद्धकालीन सभ्यता नै हो । उपन्यासमा यो देखाउने प्रयत्न गरिएको छ, प्राचीनकालको कपिलवस्तु वा रुपन्देहीको लुम्बिनी वा तिलौराकोटको प्राचीन बौद्ध सभ्यता कसरी शताब्दीयौँसम्म लुप्त भएको थियो र पछि त्यसबारे कसरी जानकारी भएको थियो । उपन्यासमा यो देखाउने प्रयत्न गरिएको छ, नेपालको बौद्ध सभ्यता लुम्बिनी र तिलौराकोटको भन्दा कैयौँ गुणा व्यापक र महत्त्वपूर्ण रहेको छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका करिब डेढ सय भग्नावेशको उत्खनन् गरेर एउटा बृहत् बौद्ध पुरातात्विक सहर निर्माण गर्ने हो भने अहिले लुम्बिनी र तिलौराकोटमा सीमित रहेको बौद्ध सभ्यताको महत्त्व अहिलेको भन्दा कैयौँ गुणा बढी हुनेछ । त्यसरी बन्ने सहर अन्तर्राष्ट्रिय महत्त्वको बौद्ध पुरातात्विक सहर बन्न सक्ने सम्भावनाप्रति पनि उपन्यासले विशेष ध्यान आकर्षित गरेको छ ।

    दाङदेउखुरी उपत्यकाको प्राचीन ढुङगेयुगीन सभ्यताबारे पनि विस्तृत रूपले चर्चा गरिएको छ । त्यहाँको त्यो प्राचीन सभ्यतालाई जर्मन भूगर्भशास्त्री डा. गुडरन कोर्विन्सले नै पत्ता लगाएकी थिइन् । पहिले उनी दक्षिण अफ्रिका, इथियोपिया, नामिबिया र भारतको महाराष्ट्रमा पनि ढुङ्गेयुग सभ्यताबारे अनुसन्धान गरेकी थिइन । सन् १९८५ मा उनी नेपालमा आएकी थिइन् । उनले दाङदेउखुरी र दाङको तुई उपत्यकामा ढुङ्गेयुगको सभ्यता पत्ता लगाएक िथिइन । उनले आफ्नो अनुसन्धानसम्बन्धी नोटलाई अन्तिम रूप दिन दक्षिण भारतको डेक्कनमा गएको बेला ती नोट चोरी भएका थिए । पछि आफ्नो पुस्तकलाई अन्तिम रूप दिन थालेको बेलामा पुणेमा आक्रमण गरेर सन् २००६ मा उनको हत्या भएको थियो ।

    यो गम्भीर प्रश्न उठ्छ, डेक्कन र पुणेको सामान्य आपराधिक कार्य थियो वा नेपालको प्राचीन ढुङ्गेयुगीन सभ्यतालाई प्रकाशमा आउन नदिन गरिएको सुनियोजित हमला थियो । जे होस्, डा. गुडरन कोर्विन्स एउटी भूगर्भशास्त्री सहिद थिइन् भन्ने कुरा हामीले मान्नुपर्दछ । नेपालका प्राचीन ढुङ्गेयुगीन सभ्यता पत्ता लगाउन उनको ऐतिहासिक देन रहेको छ । त्यसका लागि हामी सधैँ उनीप्रति कृतज्ञ रहनेछौँ तैपनि भारतको डेक्कनमा नेपालको भूगर्भीय अनुसन्धानसम्बन्धी नोट चोरी भएर तथा पुणेमा उनको हत्यासमेत गरेर उनको अन्तिम पाण्डुलिपिसमेतलाई नष्ट पार्ने जुन काम गरियो, त्यो नेपालका लागि अपूरणीय क्षति हो । उपन्यासमा नेपालको त्यो दुखान्त पक्षको पनि उल्लेख गरिएको छ ।
    उपन्यासमा थारू, मगर र खसजातिलाई नेपालका प्राग्ऐतिहासिक जाति बताउँदै तिनीहरूको इतिहासबारे विस्तृत प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यस सन्दर्भमा गुरुङ जातिको इतिहासबारे पनि केही उल्लेख गरिएको छ । त्यस सिलसिलमा कर्णाली प्रदेशको इतिहास र संस्कृतिबारे पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यसमा यो देखिइएको छ, कर्णालीजस्ता नदी र राराताल प्राचीन टेथिस समुद्रका अवशेष हुन् । उपन्यासमा कर्णाली प्रदेशका मतवाली क्षेत्री, मष्टा, थारूका झुमरा र खसियानाच, सुदूरपश्चिममा प्रचलित देउडानाच आदिबारे पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ ।

    उपन्यासमा युरोपको महाद्वीपलाई दर्शन, क्रान्ति र बलिदानको महाद्वीपको रूपमा उल्लेख गरिएको छ । युरोपबाट नै विश्वमा साम्राज्यवादको प्रसार भयो तर त्यस प्रकारको साम्राज्यवादी प्रभाव अहिले पनि प्रत्यक्ष रूपमा नभए पनि अप्रत्यक्ष रूपमा विश्वमा कायम नै छ । पुँजीवाद वा साम्राज्यवाद विरुद्धका विचार वा दर्शन पनि युरोपबाट नै विकसित भएका हुन् । फ्रान्सको साम्राज्यवाद विरुद्ध गौरवमय इतिहास छ । त्यहाँ फ्रेन्च क्रान्ति र पेरिस कम्युनका जस्ता गौरवमय इतिहास रहेका छन् । लुब्रजस्तो अन्तर्राष्ट्रिय महत्त्वको कला र संस्कृतिको सङ्ग्रहालय पनि फ्रान्समा नै छ । फ्रान्समा पराधीनताका विरुद्ध वीरतापूर्ण सङ्घर्ष गरेकी र ब्रिटिस सेनाद्वारा ज्युँदै आगोमा जलाइएकी जोन अफ आर्कजस्ीत वीरङ्गना किसोरीको पनि उपन्यासमा उल्लेख गरिएको छ ।

    जर्मनी महान् दार्शनिकको देश हो । यो कान्ट, हेगेलदेखि माक्र्स र एङ्गेल्सजस्ता महान् दार्शनिकको देश हो । त्यहीँ हिटलरको नेतृत्वमा इतिहासको नै सबैभन्दा क्रुर फासिस्ट शासन पनि देखा पर्‍यो । उपन्यासमा यो प्रश्न उठाइएको छ, उच्च दार्शनिक र साहित्यिक पृष्ठभूमि भएको जर्मनीजस्तो देशमा हिटलरको नेतृत्वमा नाजीवादी शासन कसरी कायम हुन सक्यो ?

    रुसमा विश्वको इतिहासमा पहिलोपल्ट लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । स्टालिनले रुसमा समाजवाद निर्माणलाई उच्च शिखरमा पुर्‍याएका थिए र द्वितीय विश्वयुद्धमा उनको नेतृत्वमा नै स्टालिनग्राड र लेनिनग्राडका जनताले फासिवादी आक्रमणका विरुद्ध ठुलो वीरताको प्रदर्शन गरेका थिए । खास गरेर स्टालिनग्राडमा हिटलरको हार भएपछि द्वितीय विश्वयुद्धमा फासिस्ट आक्रमणको निर्णयात्मक पराजय भएको थियो तर त्यही सोभियत सङ्घमा पछि पुँजीवाद विजय भएर समाजवाद अन्त भएको थियो । उपन्यासमा ती सबै घटनाक्रमको विस्तृत रूपले चर्चा गरिएको छ ।

    उपन्यासमा युनानको महान् दार्शनिक परम्पराको विस्तृत रूपले चर्चा गरिएको छ । त्यसमा सौलीगाउँका महिलाले जोलोङ्गो पहाडको धुरीमा प्रदर्शन गरेको बलिदानको पनि चर्चा गरिएको छ । महिलाको त्यो बलिदानको त्यो सम्झनामा अहिले पनि त्यहाँ यो गीत गाउने गरिन्छ :

    सौलीका महिला
    खालि बाच्न मात्र जानेका छैनन्
    दासत्वबाट बाच्नका लागि
    कसरी मर्ने
    त्यो पनि उनीहरूले जानेका छन् ।

    उपन्यासमा प्युठान र रोल्पाका कैयौँ ऐतिहासिक र प्राकृतिक स्थान; जस्तै : ओखरकोट, गौमुखी, दियाल्ना, स्नाथान, धर्मावती, माण्डवी, जलजला धुरी आदिको चर्चा गर्दै थबाङमा गएर उपन्यास टुङ्गिन्छ ।

    उपन्यासमा संसारका सबै महाद्वीप, सबै महासागर, सौर्यमण्डल, पूरै ब्रह्माण्ड आदिको पनि चर्चा गरेर यो प्रश्न पनि उठाइएको छ कि अहिलेको ज्ञात ब्रह्माण्डबाहेक अरू अज्ञात विश्व वा ब्रह्माण्ड छन् ?

    अन्तमा उपन्यासको मुख्य उद्देश्य मानव मात्रको सांस्कृतिक चेतनालाई उच्च धरातलमा विकसित गर्नु हो । उपन्यासका सबै कथानक वा पात्र त्यही दिशातिर लक्षित छन् ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.