• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मियामीमा हुने वार्ता त्रिपक्षीय नभएको रूसको भनाइ


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • मियामी । क्रेमलिनले आइतबार युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने कुरा अस्वीकार गरेको छ । युक्रेन द्वन्द्व अन्त्यका लागि वार्ता गर्न युक्रेन र युरोपका कूटनीतिज्ञहरू मियामीमा भेला भइसकेको समय रूसको यो भनाइ आएको हो ।

    Advertisement

    एक दिनअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय ढाँचाको प्रस्ताव प्रस्तुत गरेको बताउनुभएको थियो । बmेमलिनको अपेक्षाअनुसार वार्ता भएमा मस्को र किएभबीच करिब छ महिनाको पहलपछि पहिलो पटक आमनेसामने वार्ता हुनेछ तर यसले युद्धविरामका लागि प्रगतिको आधार तय गर्नेमा भने अझै आशङ्का व्यक्त गरिएको छ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले पत्रकारहरुसँग भन्नुभयो, “यस पहलबारे अहिलेसम्म कसैले गम्भीरतापूर्वक छलफल गरेका छैनन् र मलाई थाहा भएसम्म यो तयारीमा छैन ।”

    अमेरिकाको पहलमा त्रिपक्षीय प्रस्तावको खुलासा गर्दै युक्रेनी नेता जेलेन्स्कीले शनिबार भन्नुभयो, “‘यसबाट केही नयाँ हुन सक्छ भन्नेमा आफु विश्वस्त नभएको र संयुक्त राज्य अमेरिकालाई युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउन आग्रह गरिएको छ।”

    युक्रेनी नेताले आइतवार थप उत्साहित टिप्पणी गर्दै भन्नुभयो, “अमेरिका, युरोपेली नेता र युक्रेनी वार्ताकारहरूबीचको ‘रचनात्मक’ वार्ता एकदम द्रूत गतिमा अघि बढिरहेको र वार्ता सफल हुने वा नहुने भन्ने कुरा रूसले वास्तवमा युद्ध अन्त्य गर्न आवश्यक महसुस गर्छ कि गर्दैन भन्ने कुरामा धेरै निर्भर देखिन्छ ।”

    जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा भनिएको छ, “रूसी युद्ध अपराध सीमामा हाम्रो पूर्वाधारमा निरन्तर हमलाहरूले “दुर्भाग्यवस, रूसबाट आउने सङ्केतहरू वास्तवमा नकारात्मक छन् भन्ने पुष्टि हुन्छ ।

    अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा गरिने वार्ताका लागि रूसी विशेष प्रतिनिधि किरिल दिमित्रीएभ शनिबार मियामी आइपुग्नुभएको छ। युक्रेनी र युरोपेली टोलीहरू पनि वार्ताका लागि शुक्रबारदेखि मियामीमा भेला भएका छन्।

    उशाकोभले भन्नुभयो, “अमेरिकी अधिकारीसँगको वार्तापछि दिमित्रिएभ मस्को फर्कनुहुनेछ आफ्नो रिपोर्ट बनाउनुहुनेछ र आगामी दिनमा रूसले के गर्ने भनेर हामी छलफल गर्नेछौँ ।

    क्रेमलिनका उच्च सहयोगीले आइतबार रुसी पत्रकारहरूलाई द्वन्द्व अन्त्यका लागि संशोधित अमेरिकी प्रस्तावलाई आफूले नदेखेको बताउनुभएको छ ।

    वाशिङ्गटनले गत महिना युक्रेन र उसका युरोपेली सहयोगीहरूलाई युद्ध अन्त्य गर्न २८ बुँदे योजना प्रस्तुत गरेको थियो । प्रस्तुत योजनाले अमेरिका क्रेमलिनको प्रमुख मागहरूमा व्यापक रूपमा झुकेको रूपमा हेरिएको थियो । यद्यपि, पछि किएभ र युरोपको संलग्नतापछि योजनालाई पुनः मस्यौदा गरिएको छ ।

    पछिल्लो संस्करणको बारेमा थोरै मात्र थाहा भए पनि किएभले अमेरिकी सुरक्षा ग्यारेन्टीको बदलामा केही क्षेत्र आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ । योजनाले धेरै युक्रेनीहरूले असन्तुष्ट पारेको हुनसक्ने बताइएको छ।

    हालैका महिनाहरूमा मस्कोका सेनाहरू पूर्वी मोर्चामा लगातार अगाडि बढिरहेका छन् भने रूसी नेता पुटिनले शुक्रबार युद्धमा रूसी सेनाले क्षेत्रीय रूपमा गरेको लाभको प्रशंसा गर्नुभएको थियो ।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.