• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • भक्तपुर ।  भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।

    Advertisement

    परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा दर्ता भएका उल्लेख गर्नुभयो । उहाँका अनुसार आठ वटा लागुऔषधसम्बन्धी, चार वटा जबर्जस्ती करणी, दुई वटा मानव बेचबिखनका घटना भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगसम्बन्धी अपराधका घटना बढी देखिएका उहाँले बताउनुभयो ।

    त्यस्तै, जिल्लामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी भएका जानकारी दिँदै परिसरका सूचना अधिकारी जवेजुले मङ्सिरमा ७१ वटा आर्थिक अपराधका घटनाअन्तर्गत बैंकिङ कसुरसम्बन्धी ६७ मुद्दा परेका बताउनुभयो । सार्वजनिक चासो रहेको कर्तव्य ज्यानका दुई वटा मुद्दाको सफल अनुसन्धान गरेको, फैसला कार्यान्वयनबाट ३७ जना पक्राउ गरी रु ३८ लाख १३ हजार ८०० जरिवाना भराएको उहाँले बताउनुभयो ।

    सूचना अधिकारी जवेजुले निजहरूलाई सात वर्ष छ महिना १६ दिनको कैद सजायको फैसला गरिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ परेका ४९ मध्ये ३३ वटा मुद्दामा मिलापत्र र १६ वटाको काम बाँकी रहेको जानकारी दिनुभयो ।

    सूचना अधिकारी जवेजुका अनुसार १८ देखि ४० वर्षसम्मका ३३, ४० देखि ६० वर्षसम्मका निवेदनमा १६ जना पीडित छन् भने पीडकको उमेर समूहका आधारमा तथ्याङ्क विश्लेषण गर्दा १८ देखि ४० वर्षका ३६ जना र ४० देखि ६० वर्षसम्मका २० जना रहेका छन् ।

    मङ्सिर महिनामा आठ जना महिला हराएकामध्ये छ जना फेला पारेका छन् भने सात जना पुरुष हराएकामध्ये पाँच जना फेला, ११ जना हराएका बालिकामध्ये सबै फेला पारेका छन् । घरेलु हिंसामा श्रीमान् श्रीमतीको झगडाका २० वटा उजुरी परेकामा हालसम्म ११ वटाको मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

    ठाडो उजुरीतर्फ २०१ दर्ता भएकामा १६७ फछ्र्यौट भएका भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका उजुरीको सङ्ख्या ४४ रहेकामा ४० फछ्र्यौट भएको जनाएको हो । लागुऔषधका आठ घटनामा १२ जना पक्राउ परेका जनाउँदै प्रहरी नायब उपरीक्षक जेवेजुले विभिन्न लागुऔषधसमेत बरामद गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय भक्तपुरले मङ्सिरमा पाँच वटा आत्महत्याका घटना भएको पुष्टि गरेको छ ।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.