• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

समाजको मूल प्रवाह र कम्युनिस्ट


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    वर्तमान समाजको मूल प्रवाह पुँजीवादी मान्यतामा आधारित छ । राज्यसत्तामा सङ्गठित शक्ति रोजगार छ ।

    व्यक्तिगत स्वामित्व बढाउन नाफा कमाउने, भ्रष्टाचार गर्ने र रोजगार हुने तीनओटै काम भइरहन्छन् । व्यक्तिगत स्वामित्वको इतिहास दश हजार वर्षको छ । समाजवादी व्यवस्थाको इतिहास दुई सय वर्ष पनि अझै पुगेको छैन ।

    व्यक्तिगत सम्पत्ति प्रथाको तीनओटा व्यवस्थाहरू दास व्यवस्था, सामन्ती व्यवस्था, पुँजीवादी व्यवस्थामध्ये क्रमश: कम हुँदै गएको अस्तित्वको समयलाई अध्ययन गर्दा अब समाजवादी व्यवस्था स्थापना हुने अनुमान लगाउन अप्ठेरो पर्दैनन ।

    समाजवादी सङ्क्रमणकालीन व्यवस्था हो । व्यक्तिगत सम्पत्ति प्रथा भएकै व्यवस्था हो । सर्वहारा वर्गको अधिनायकत्वमा सञ्चालन हुने व्यवस्था पुँजीवादी व्यवस्थाको अन्त्यदेखि सुरु भएर साम्यवादी व्यवस्थाको आगमनसम्मको सङ्क्रमणकालीन व्यवस्था समाजवादी व्यवस्था हो । यो व्यवस्थाको लागि कम्युनिस्ट पार्टी चाहिन्छ । कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुन नसके त्यो कम्युनिस्ट पार्टी हुन्न किनभने व्यक्तिगत सम्पत्ति प्रथालाई सामूहिक सम्पत्ति प्रथामा लैजाने वर्गसङ्घर्षको तरिकाबाट हो र सर्वहारा वर्गको अधिनायकत्वविना त्यो काम सम्भव छैन ।

    समाजवादी व्यवस्थाभन्दा पहिलेका तीनओटै व्यवस्था व्यक्तिगत सम्पत्तिका मालिकको अधिनायकत्वमा सञ्चालन भएको हुनाले यो ती व्यवस्था विरोधी व्यवस्था हो । कम्युनिस्ट पार्टी सञ्चालन हुने पार्टीभित्रका पक्ष र विपक्षको अन्तरविरोधबाट हो । त्यो अन्तरविरोधले सर्वहारा वर्गको अधिनायकत्वसम्म पुर्‍याउँछ । राज्यसत्तामा आमूल परिवर्तनविना समाजवादी व्यवस्था स्थापना र सञ्चालन हुन सक्दैन । त्यसका लागि बहुमत जनताले कम्युनिस्ट पार्टीको नेतृत्व स्वीकारेर आन्दोलनमा सहभागिता जनाएको हुनुपर्छ । जनताको सशस्त्र शक्तिले राज्यसत्ताको सशस्त्र शक्तिलाई हराएपछि राज्यसत्ता कब्जा हुन्छ ।

    व्यक्तिगत स्वामित्व सुरु भएपछि त्यसलाई बलियो र स्थायी बनाउनुका साथै समाजलाई नियमन गर्न दास राज्यसत्ता सुरु भएको हो । सुरुको दास राज्यसत्तालाई दासको स्वीकृत थियो । दासको सोचाइमा आफूहरू मारिने मान्छे भएको र बाँच्न पाएकोमा गौरव मान्दथे । उनीहरूको सन्तुष्टिबाट असन्तुष्टिको अवस्थामा पुग्न पनि धेरै समय बितेको थियो । जब दासमा चौतर्फी दमन र अत्याचारको अवस्था आयो, तब मात्रै समाजमा त्यसको विकल्प र दासले आफ्नो उत्पीडन अन्त्यका लागि सङ्गठित भएर सशस्त्र सङ्घर्ष गर्न तम्सिए । उनीहरूको लगातारको प्रयत्नले धेरैपटक असफलता ब्यहोर्नुपरे पनि आखिरमा दास राज्यसत्ता नरहने गरी उनीहरूको विद्रोह सफल भयो, दासव्यवस्थाको अन्त भयो र सामन्ती व्यवस्था सुरु भयो । समाजको मूल प्रवाह सामन्ती व्यवस्था हुन गयो । अवशेषको रूपमा दास व्ययवस्था र अग्रगामी व्यवस्थाको रुपमा पुँजीवादी व्यवस्थाका भ्रुण पनि अँकुराउँदै गए ।

    तत्कालीन समाजमा पुँजीवादी व्यवस्था समाजमा प्रचलित व्यवस्था नभए पनि प्रगतिशील व्यवस्था थियो । उसले समाजमा आफ्नो अस्तित्व बचाउँदै र बढाउँदै गयो । समाजमा आफ्नो अस्तित्व बचाउँदै र बढाउँदै गयो । सामन्ती राज्यसत्ता विरुद्ध सशस्त्र सङ्घर्षबाट विजयी हुन नसकेसम्म पुँजीवादी राज्यसत्ता प्रचलित हुन सकेन । मजदुर किसानको साथसहयोग पाउने भएपछि पुँजीपति नेता र मजदुर कार्यकर्ता भएर सशस्त्र सङ्घर्षबाट आफ्नो उदार पुँजीवादी व्यवस्थालाई विजयी बनाए । सङ्घर्षमा धेरैपटक हार ब्यहोरे पनि अन्तिममा विजयी भए आफ्नो प्रगतिशील विधान, घोषणापत्रसहित पुँजीवादी व्यवस्था समाजको मूल प्रवाहको रूपमा समाजमा लागु भयो ।

    सामन्त वर्ग र पुँजीपति वर्ग दुवै परस्पर विरोधी वर्ग त्यति बेलासम्म रहिरहे । जबसम्म मजदुरको मुक्ति मजदुरबाहेक अरू कसैले गर्न सक्दैन भन्ने घोषणापत्रसहित कम्युनिस्ट पार्टीको गठन भएन, पुँजीवादी व्यवस्थाले कुनै निश्चित देशको सीमा नाघेर साम्राज्यवादी व्यवस्थाको रूपमा संसारभरि हावी भयो । अन्तर्राष्ट्रिय रूपमा फैलिएर साम्राज्यवादी व्यवस्था समाजको मूल प्रवाहको रूपमा उसको अन्तिम र मरणासन्न अवस्थामा अस्तित्व बचाएको छ ।

    समाजवादी व्यवस्था करिब दुई सय वर्षअघि देखि अस्तित्वमा आएको हो । संसारमा सबैभन्दा धेरै श्रमजीवी वर्गको जनसङ्ख्या छ । तीन पुस्ताभन्दा बढी समयसम्म आफ्नो वर्गीय सत्ता सञ्चालन गरेको अनुभव छ तर पनि समाजको मूल प्रवाह बन्न सकेको छैन । त्यस्तो हुनुको कारण दश हजार वर्षभन्दा बढी समयसम्म व्यक्तिगत सम्पत्ति प्रथा रहेको हुनाले हो । समाजवादी व्यवस्थाभन्दा पहिलेका तीनओटै व्यवस्था सम्पत्तिका मालिकको अधिनायकत्वमा सञ्चालन भएका व्यवस्था हुन् तर समाजवादी व्यवस्था त्यसको ठिक विपरीत सर्वहारा वर्गको अधिनायकत्वमा चल्ने व्यवस्था हो ।

    संसारभरिका धेरै मान्छेको नसानसामा व्यक्तिगत स्वामित्वको सम्पत्ति प्रथा सञ्चार भइरहेको हुनाले समाजवाद मूल प्रवाहको व्यवस्था हुन नसकेको हो । समाजवाद वर्गसङ्घर्षमा आधारित व्यवस्था हो । भन्दा निस्वार्थ सेवा भनिए पनि व्यवहार गर्दा स्वार्थसहितको व्यवहार प्रदर्शन हुने अभ्यासका कारण समाजवाद मूल प्रवाहको व्यवस्था हुन नसकेको हो । सजिलै र एकैपटकमा सफल भएका व्यवस्थाहरू दास व्यवस्था, सामन्ती व्यवस्था र पुँजीवादी व्यवस्था कुनै पनि होइनन् । समाजवाद पनि अपवाद हुने कुरा भएन ।

    रुसमा समाजवादी व्यवस्था लागु गर्दा एउटा देशमा मात्र समाजवाद लागु हुन सक्छ वा सक्दैन भन्ने शङ्का थियो । चालिस वर्षसम्म संसारभरका पुँजीवादी व्यवस्थाका नाइकेका अगाडि आर्थिक अवस्था शिखरमा पुर्‍याएपछि अचम्म भई आफ्नो सत्ता डगमगाउन थालेको थियो । सबै शक्ति प्रयोग गरेर प्रतिगमन गराउन प्रयत्न गरेका हुन् । माक्र्सवादको अस्तित्वको सुरुदेखी नै हतासिएर माक्र्सकै जीवनकालमा बर्नस्टिनले संशोधनवादी विचार प्रचारप्रसार गरेका थिए । संसारभरिका अवसरवादीले तुरुन्तै संशोधनवादी विचारको समर्थन पनि गरेका थिए । चीनजस्तो पुँजीवादी व्यवस्था स्थापना भएको थियो । त्यो व्यवस्था समाजवादी व्यवस्थाको एकाइ थियो । त्यसरी रुस र चीनजस्ता विशाल देशमा तीन पुस्ताभन्दा बढी समयसम्म समाजवादी व्यवस्थाको अभ्यास भइसकेको पनि समाजवादी व्यवस्था हो ।

    साढे नौ लाख वर्षसम्मको आदिम साम्यवादी व्यवस्थाबाट व्यक्तिगत स्वामित्व बनाउने समयमा त्यतिखेरका मान्छेको नसानसामा सामूहिकताको सञ्चार भएको थियो । सम्पत्ति व्यक्तिगत हुने कुरा शङ्काको विषय थियो । मान्छेहरूले प्रश्न गर्दथे– सम्पत्ति पनि व्यक्तिगत हुन सक्छ र ? जवाफ आउँथ्यो– हुन सक्दैन । अहिले दश हजार वर्षपछिको वर्तमान समाजका व्यक्तिले प्रश्न उब्जाउँछन् । सम्पत्ति पनि सामूहिक स्वामित्वको हुन सक्छ र ? जवाफ आउँछ– हुन सक्दैन तर वास्तविकता अध्ययन गर्ने र बुझ्ने गर्ने हो भने न त सम्पत्ति एक्लै उत्पादन गर्न सकिन्छ, न त सम्पत्ति व्यक्तिगत बनाएर न्याय नै हुन्छ ।

    सम्पत्तिको व्यक्तिगत स्वामित्वले शोषणको जग बसालेको हुन्छ । हाम्रा आवश्यकताका वस्तु धेरै जनाको सामूृहिक प्रयत्नबाट मात्र उत्पादन र वितरण हुन सक्छ । ती सामूहिक प्रयत्नका वस्तुलाई व्यक्तिगत स्वामित्वमा लैजाँदा शोषण गर्नैपर्ने अथवा शोषित हुनैपर्ने अवस्था सिर्जना गरेको छ ।

    सामूहिक स्वामित्वको विकास गर्नुपर्ने आवश्यकता वैज्ञानिक तथ्यमा आधारित छ । सत्य गहिराइमा हुने र त्यसलाई झुटले ढाकेको हुने कारणले सामूहिकता लागु हुन नसकेको हो । झुटलाई झुट साबित नगर्दासम्म सत्य भएर बसेको हुन्छ । सत्यलाई सत्य साबित गर्ने झुटलाई झुट सावित गर्ने हो । त्यसो गर्न सकियो भने मात्र समानतामा आधारित समतामूलक समाज निर्माण हुन सक्छ । त्यसको लागि अध्ययन, प्रशिक्षण, सङ्गठन र सङ्घर्षलाई निरन्तरता दिनु उद्देश्य पहिलो शर्त हो ।

    समाजवादका संस्थापक नेता कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा समाजवादी सिद्धान्त तयार भएको थियो । उहाँहरूका प्रथम अनुयायी नेता लेनिनले सङ्गठनात्मक नियमावली तयार पार्नुभएको थियो । माओत्सेतुङले पुँजीवादको विकास भइनसकेको देशमा नयाँ जनवादी व्यवस्थाको सूत्रपात गर्नुभएको थियो । त्यति मात्र होइन, उहाँहरूले समाजमा प्रयोग गरेर सिद्ध गर्नुभएको पनि थियो ।

    क्रान्ति सम्पन्न गर्न समयअनुसार अझ उच्चस्तरको सङ्गठन निर्माण र प्रयोगअनुसार अझ उच्चस्तरको सङ्गठन निर्माण गरेर प्रयोग गर्न सक्ने योग्यता विकास गर्नु आजको आवश्यकता हो ।

    व्यक्तिगत सम्पत्ति प्रथा जुन वर्तमान समाजको मूल प्रवाह हो, त्यो बलप्रयोगबाट सुरु भएको थिएन । त्यसलाई सुरक्षित गर्न र थप गर्दै जाने बलप्रयोग पनि बढाउँदै लगिएको थियो । बलप्रयोगको लागि राज्यसत्ता गठन गरिएको थियो र त्यसलाई थप बलियो बनाउँदै लगिएको छ । अब त्यसको औचित्य समाप्त पारेर बलप्रयोग हुन नसक्ने अवस्थामा पुगेपछि मात्र सामूहिक सम्पत्तिको स्थापना र संरक्षण दुवै हुँदै जानेछ । त्यसको लागि उत्पादक मजदुर वर्ग र किसान वर्ग सचेत र सङ्गठित भई विजयी बन्नुपर्नेछ ।

    शोषणलाई सधैँका लागि समाप्त पार्नु पहिलो आवश्यकता हो । ज्यालादारी प्रथालाई कायम राखेर उत्पादन गर्ने होइन, त्यसको स्थानमा सामूहिक स्वामित्वको विकास गरेर मात्र त्यसलाई विस्थापन गर्न सकिन्छ । काममा सामूहिकता त अहिले पनि छ तर स्वामित्वमा व्यक्तिगत प्रथा भएको हुनाले उत्पादक वर्ग शोषणमा पर्नुपरेको छ । उत्पादनका साधन भएका मालिक वर्गले बढी नाफा कमाउन चाहन्छन् । त्यसका लागि श्रम बेच्ने वर्गलाई बेरोजगारको अवस्थामा धकेलेर बढी शोषणमा पार्ने गर्छन् । धनीको बल धनसम्पत्तिमा छ भने गरिबको बल सङ्गठनमा हुन्छ । आफू सङ्गठित र अनुशासित हुन नसक्दा आफ्नो वर्गले शोषण अपमान, गरिबी र हेला ब्यहोर्नुपरेको छ । सम्पन्न वर्गको तरिका विपन्न वर्गले अपनाउँदा त्यस्तो भएको हो । सम्पन्न वर्गका औजारबाट विपन्न वर्ग बाँधिएर चल्नै नसक्ने अवस्था आएको हो ।

    अध्ययन, सङ्गठन र अनुशासनको स्तर उच्च हुँदै जाँदा मात्र आफ्नो वर्गको शक्ति प्रदर्शन हुँदै जान्छ । त्यसको साथै विरोधी सम्पन्न वर्गको बलप्रयोगले काम गर्न नसक्ने अवस्था आउँछ । सुरुमा बलप्रयोगबाट नभईकन स्वेच्छाले आफ्नो समूहको भलो हुने काम गर्ने जिम्मेवारीसहित अविभावकलाई नेता बनाएको थियो । अब बलप्रयोगले काम गर्न छाडेपछि वर्ग र राज्यसत्ता सधैँका लािग समाप्त हुन जानेछ । त्यो उद्देश्य लगन, अनुशासन, सङ्गठन र सङ्घर्षको निरन्तरतामा भर पर्दछ ।

    समाजवादी व्यवस्थाले गति लिँदै जाँदा राज्यसत्ता बैलाउँदै जान्छ । सामूहिकता समाजको मूल प्रवाह हुन पुग्छ । मान्छेबाट मान्छेको शोषण सधैँका लागि अत्य हुन्छ ।

    जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने काम सजिलै र छिटै भएको इतिहास छैन । त्यसको लागि समाजवादी व्यवस्था स्थापना र सञ्चालन गरेका देशको प्रयत्नबाट हामीले पाठ सिक्नुपर्छ । रुसमा त्यहाँका मजदुर हडताल गरेर जुलुसमा सहभागी भई आन्दोलन गरिरहेको अवस्थालाई उपयोग गरेर क्रान्तिकारीले मजदुरका बहुमत सदस्यले मतदान गरेर प्रतिनिधि चुनेका थिए । ती विजयी प्रतिनिधिको संस्था गठन नै मतदानबाट विजयी प्रतिनिधिको संस्था थियो । लेनिनको नेतृत्वमा रहेको बोल्सेभिक पार्टीले फेबु्रअरी क्रान्तिमा गठन भएको केरेन्स्की नेतृत्वको अस्थायी सरकार बनेको समयदेखि नै सम्पूर्ण सत्ता सोभियतलाई सुम्पनुपर्छ भन्ने नारा अपनाएका थिए । किसान–मजदुरलाई सत्ता सोभियतलाई सम्पूर्ण रूपले नसुम्पेसम्म किसानले जमिन र मजदुरले उद्योग पाउने छैनन् भनेर सचेत बनाएका थिए । त्यही सोभियत अरू सबैभन्दा जिम्मेवार सङ्गठन थियो । त्यस्तो हुनुको कारण उनीहरू सुरुदेखि नै मजदुरप्रति जिम्मेवार प्रतिनिधि थिए ।

    सोभियतको हातमा सत्ता आएपछि श्रमजीवी वर्गको जिम्मेवार कम्युनिस्ट पार्टी बोल्सेभिकले सत्ता सम्हालेका थिए । त्यही कारण त्यो सत्ता मजदुर र किसानप्रति जिम्मेवार थियो र जबाफदेही पनि थियो । रुसको बोल्सेभिक पार्टीले दुई पुस्तासम्म समाजवाद निर्माणमा समय खर्च गरेको थियो । चीनको स्थिति भने भिन्न प्रकारको थियो । त्यहाँ आफ्नो मुख्य आधारक्षेत्र च्याङकाइसेकको घेराबन्दीबाट समाप्त हुने स्थिति आएपछि घेरा तोड्न ‘लामो अभियान’ सुरु गरेका थिए । त्यो अवधिमा बिस करोड जनजातिको गाउँले इलाका पार गर्नुपरेको थियो । त्यो सङ्कटको समयमा कम्युनिस्ट पार्टीको फलामे अनुशासनका कारण पूरै बिस करोड जनताको मन जित्न लालसेना सफल भएको थियो । त्यही कारण च्याङकाइसेकको सेनाले हार स्वीकार गर्नुपरेको थियो । त्यही सङ्कटमोचनबाट सम्पूर्ण चीनको सत्ता कब्जा गरेर एक पुस्ताभन्दा बढी समयसम्म सत्ता सञ्चालन गर्न सक्ने अवस्थामा कम्युनिस्ट पार्टी पुगेको थियो ।

    समाजवाद समाजको मूल प्रवाह आफै र सजिलै बन्दैन । जनता र मिहिनेतकस वर्ग पनि समर्पण भावसहित जीवनभरि काम गर्ने समर्पित कार्यकर्ताको बढी सङ्ख्या हुनुपर्छ ।

    समाजवाद समाजको मूल प्रवाह बन्ने कम्युनिस्ट पार्टीको सङ्गठनले हो । व्यापक सङ्ख्याका सङ्गठनकर्ताले जनताबिच काम गर्दा मात्र त्यसको प्रभाव फैलिने हुन्छ । व्यापक जनसमूहको जीवन सामूहिक अर्थतन्त्रको माध्यमबाट सुखदायी भएपछि मात्र समाजको मूल प्रवाह बन्ने हो ।

    श्रम सबैको पहिलो आवश्यकता भएको महसुस भएपछि मात्र समाजवाद समाजको मूल प्रवाह बन्न सक्छ । त्यो भन्नुको अर्थ व्यक्तिगत स्वामित्व प्रथा अन्त्य भएपछि मात्र सामूहिक अर्थतन्त्रको प्रभाव बढी हुन्छ । विद्यालयबाट साना केटाकेटी उमेरदेखि सामूहिक जीवनको अभ्यास गराएर हुर्काउनुपर्छ । त्यसरी हुर्किएका नयाँ पुस्ताका जनताले समाज सञ्चालन गर्न पाउनुपर्छ । त्यो अनुशासित समूहको बाहुल्यता कायम हुन पाउनुपर्छ । त्यो अनुशासित समूहको बाहुल्यता भएपछि मात्र समाजको मूल प्रवाह समाजवाद हुन सक्छ । त्यसपछि त कम्युनिस्ट पार्टीको औचित्य पनि समाप्त हुन्छ । साम्यवादी समाज भई स्वचालित समाज बन्न जान्छ । उत्पादनले सबैका आवश्यकताअनुसार दामको नियम लागु हुन्छ । घरेलु कामलाई सार्वजनिक उद्योगको रूपमा सञ्चालन गरिन्छ । सुत्केरी हुने कामलाई राजकीय सम्मानका साथ पूरा गरिन्छ ।

    महिला र पुरुषबिच पूर्ण समानता र एकनिष्ठता कायम गरिएको हुन्छ । राज्यविहीन र वर्गविहीन समतामूलक समाज हुन्छ । यो युग बदल्ने काम हो । असमानताको युगबाट समानताको युग ल्याउने काम हो । त्यसैका लागि दास युगमा लाखौँको बलिदान भयो । सामन्ती र पुँजीवादी युगमा करोडौँको बलिदान भयो । अब सधैँका लागि र सबैका लागि समानता ल्याउने अन्तिम लडाइँ नलडीकन सम्भव छैन । यो व्यक्तिगत सम्पत्तिका मालिकको मात्र स्वर्गलाई सधैँका लागि समाप्त पारेर सबैका लागि स्वर्ग बनाउने नयाँ निर्माणको युग हो । यो समाजवादी मूल प्रवाहको मूल कहिल्यै पनि सुक्ने छैन र सुक्न नदिने काम पनि साम्यवादी समाजका आदर्श नागरिकको जिम्माअन्तर्गत काम हो ।

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.