• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

इतिहासको मोडमा कम्युनिस्ट दायित्व


  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
  • नेपाल फेरि ऐतिहासिक मोडमा उभिएको छ । राष्ट्रिय स्वाधीनता, राज्यको स्थिरता, लोकतान्त्रिक निरन्तरता र समाजवादी मार्गमा प्रगतिको यात्रामाथि बहुआयामिक चुनौतीहरू सक्रिय भएका छन् । यी चुनौतीहरू केवल आन्तरिक राजनीतिक कमजोरी वा दलगत प्रतिस्पर्धामा सीमित छैनन्, बरु अन्तर्राष्ट्रिय शक्ति संरचनाले नेपाललाई लक्षित गर्दै आफ्‌नो स्वार्थ लागू गर्ने प्रयास हो भन्ने कुरामा दुइमत छैन ।

    Advertisement

    साम्राज्यवादी शक्तिहरू—जसको चरित्र कहिल्यै परिवर्तन हुँदैन, फेरि पनि नेपालमा स्थापित प्रगतिशील जनमतलाई खण्ड–खण्ड पार्ने, सामाजिक–आर्थिक प्रगतिको बाटोमा अवरोध खडा गर्ने र राज्यसत्ताको निर्णयक्षमतालाई कमजोर पार्ने प्रयासमा छन् । आजको विश्व व्यवस्था पूँजीवादी मोनापोली, भू–कूटनीतिक प्रतिस्पर्धा, असमान आर्थिक संरचना र सूचना–प्रभावनाको सर्वाधिकारवादी मञ्चमा रूपान्तरण भइसकेको छ । यस अवस्थामा साना राष्ट्रहरूलाई आफ्‌नो स्वार्थअनुसार प्रयोग गर्ने, उक्साउने, विभाजन गर्ने र अस्थिर पार्ने प्रवृत्ति साम्राज्यवादी राजनीतिमा नियमित अभ्यास भैरहेको छ । नेपाल पनि यस प्रक्रियाको प्रयोगशाला जस्तो देखिन्छ ।

    बहुराष्ट्रिय दबाब र साम्राज्यवादी हस्तक्षेप :

    साम्राज्यवाद अब केवल आर्थिक घुसपैठमा सीमित छैन । नीति निर्माणमा प्रभाव जमाउने प्रयास, विदेशी ‘थिंक ट्यांक’हरूको सक्रियता, विकासका नाममा असमान सम्झौता थोपर्ने प्रयास जस्ता धन्धाहरू नेपालमा जारी छन् ।

    भूराजनीतिक प्रतिस्पर्धाले नेपाललाई चीन, भारत, अमेरिका त्रिकोणीय तनावको ‘बफर–थिएटर’ मा परिणत गरेको छ । कुनै निर्णयलाई चीन–विरोधी, भारत–विरोधी वा अमेरिका–विरोधी भनेर वर्गीकृत गरेर राज्यसत्तालाई दिशाहीन बनाउने यही साम्राज्यवादको स्थायी रणनीति हो ।

    साम्राज्यवादी हस्तक्षेप सफल हुनुको प्रमुख कारण भनेको नेपालभित्रै राजनीतिक दलहरू—विशेषतः कम्युनिस्ट शक्तिहरू एकीकृत नभई परस्पर विरोधमा अल्झिएर रहनु हो । आन्तरिक विखण्डन र नेतृत्वगत अहंकारले राष्ट्रहितभन्दा व्यक्तिगत स्वार्थलाई माथि राख्ने प्रवृतिले देशभित्र स्थायित्वको अभाव सिर्जना गर्दछ ।

    कम्युनिस्ट आन्दोलन : ऐतिहासिक दृष्टान्त :

    इतिहासले देखाउँछ कि कम्युनिस्ट आन्दोलनले जब–जब एकीकृत भएर अघि बढ्यो, प्रतिक्रियावादी शक्तिहरू पराजित भए, जनमत सुदृढ भयो र समाजवादी मार्गले वास्तविक गति पायो । तर त्यो केबल सैद्धान्तिक कुरा मात्र भएको छ ।

    २००६ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, सामाजिक समावेशीकरण, भूमि–समानताको बहस र राज्यसत्ताको लोकतान्त्रीकरण, यी उपलब्धिहरू संयुक्त कम्युनिस्ट आन्दोलनको योगदानबाट सम्भव भएका थिए । तर आजका कम्युनिस्ट धारा फरक–फरक विचार, प्रवृत्ति र आन्तरिक प्रतिस्पर्धामा अल्झिएका छन् । सत्ता–केन्द्रित विवादलाई सङ्गठनात्मक मूल्य भन्दा माथि राख्नुले राष्ट्र र जनताको भविष्यमा प्रत्यक्ष खतरा उत्पन्न गरेको छ ।

    आन्तरिक कमजोरी र बिघटन :

    नेतृत्वमा विकसित सत्ता–मोह, व्यक्तिगत अहङ्कार, अवसरवादी गठबन्धन र सङ्गठनभित्रको दम्भले संयुक्त शक्ति बिखण्डन गरेको छ । यस बिखण्डनको प्रत्यक्ष फाइदा प्रतिक्रियावादी, दलाल–पूँजीवादी र साम्राज्यवादी शक्तिहरूले उठाइरहेका छन्। यदि कम्युनिस्टहरू अलग–अलग उभिए भने बाह्य हस्तक्षेप बलियो हुन्छ; एकता भए भने यो हस्तक्षेप कमजोर हुन्छ। यही बस्तुगत सत्य हो।

    नेपालमा कम्युनिस्ट आन्दोलन कमजोर हुनु भनेको केवल थोरै दल कमजोर हुनु मात्र होइन; सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, वैकल्पिक आर्थिक विकास मोडेल र समाजवादी भविष्य कमजोर हुनु पनि हो ।

    बर्ग समाजको रुपान्तरण र चुनौती :

    नेपालमा वर्ग–संरचना रूपान्तरण हुँदैछ । कृषि–आधारित समाज बजार–आधारित समाजमा परिणत हुँदैछ । ठूला–ठूला कारपोरेट समूहहरू जन्मिएका छन् । श्रमिक, किसान र मध्यम वर्गबीच अन्तराल बढ्दैछ । युवाहरू बाहिर पलायन भइरहेका छन्, गाउँहरू जनशून्य बन्दैछन्, उत्पादन प्रणाली कमजोर छ ।

    यस्तो परिवेशमा समाजवादी मार्ग अघि बढाउन बलियो नेतृत्व आवश्यक छ । नेतृत्व बलियो हुन आन्तरिक विघटन होइन, सामूहिकता चाहिन्छ । बिखण्डित कम्युनिस्ट आन्दोलनले वर्ग–समाजको रूपान्तरण र चुनौतीहरू सम्बोधन गर्न सक्दैन तर संयुक्त मोर्चाले यसलाई नीति र व्यवहारमा प्रतिविम्बित गर्न सक्छ । त्यो आजको ज्वलन्त आबस्यक्ता हो ।

    आत्म बिस्लेसण र सङ्गठनात्मक अनुशासन :

    कम्युनिस्टहरूले अब पनि फरक–फरक उभिने कि राष्ट्रिय हितमा शक्तिशाली एकीकृत ध्रुव निर्माण गर्ने ?

    सबैभन्दा पहिलो कदम हो—आत्म–विश्लेषण । अतीतका गल्तीहरू, विभाजनका कारणहरू, नेतृत्वका कमजोरी र विचारगत अस्पष्टता मूल्याङ्कन गर्नुपर्छ । बदलिँदो विश्व व्यवस्थामा मार्क्सवादी विश्लेषणलाई अधिक वैज्ञानिक, आधुनिक र व्यावहारिक बनाउनु अपरिहार्य छ ।

    विचारमा स्पष्टता आउँदा सङ्गठनमा अनुशासन बलियो हुन्छ, सङ्गठन बलियो हुँदा संयुक्त मोर्चा प्रभावकारी हुन्छ । कम्युनिस्ट आन्दोलन केवल चुनावी गठबन्धन होइन, यो जन–सङ्गठन, वर्ग–चेतना, सिद्धान्त, इतिहास र संघर्षको निरन्तरतामा आधारित हुनु पर्दछ ।

    संविधान र ऐतिहासिक उपलब्धिको संरक्षण :

    नेपालको संवैधानिक संरचना प्रगतिशील छ । तर संविधानमाथि आक्रमण गर्ने शक्तिहरू निरन्तर सक्रिय छन् । कहिले सङ्घीयता हटाउने बहानामा, कहिले धर्मको बाहानामा, कहिले विकासको बाहानमा । अरु सबै बहानामा आफु सत्तामा जाने र देशलाइ अस्थिर बनाउने कुरा हुन । सङ्घीयता हटाउने कुरा सहि छ तर त्यो सित एकात्मक केन्द्रीकृत राज्य बनाउने र राजसस्था ल्याउने कुरा जोडिनु गलत छ । यी सबै ॅप्रतिगामी परियोजना’ रोक्न एकीकृत प्रगतिशील मोर्चा अपरिहार्य छ । धर्मनिरपेक्षता, गणतन्त्र र समाबेसिता यी ऐतिहासिक उपलब्धि हुन्, कुनै पार्टीको निजी उपलब्धि होइन । इतिहासले देखाउँछ—ऐतिहासिक उपलब्धिलाई जोगाउने शक्ति एकीकृत कम्युनिस्ट शक्ति हो ।

    निष्कर्स :

    अबको मुख्य प्रश्न सत्ता होइन राष्ट्र हो । व्यक्तिगत आकांक्षा होइन विचारको महत्व हो । एकताको शैली होइन एकताको सार हो । समान विचार, ऐतिहासिक दायित्व र राष्ट्रिय हितलाई ध्यानमा राखेर कम्युनिस्ट शक्तिहरू एकीकृत हुनैपर्छ । यो केवल आवश्यकता होइन ऐतिहासिक बाध्यता पनि हो ।

    नेपालले फेरि नयाँ वैचारिक ऊचाइ चुम्ने बेला आएको छ । साम्राज्यवाद, दलाल–पूँजीवाद, सांस्कृतिक हस्तक्षेप, आर्थिक निर्भरता र राजनीतिक अस्थिरताका सबै दबाबसँग जुझेर अघि बढ्ने क्षमता केवल जन–चेतनामा आधारित कम्युनिस्ट आन्दोलनसँगै सम्भव छ ।

    नेपाली कम्युनिस्टहरूले अब ‘फरक देखिने’ होइन राष्ट्रलाई’ बलियो देखिने’ बनाउनु छ । व्यक्तिगत गुट होइन सामूहिक ध्रुव निर्माण गर्नु छ । एकताको नाममा सौदेबाजी होइन सिद्धान्तमा आधारित ऐतिहासिक सहमति बनाउनु छ । देशले अपेक्षा गरेको नेतृत्व यही हो । इतिहासले मागेको निर्णय यही हो । भावी पुस्ताले खोज्ने उत्तर पनि यही हुनेछ । एकताबद्ध, दृढ, बौद्धिक, जन–केन्द्रित र राष्ट्र–निर्माणमा समर्पित कम्युनिस्ट शक्ति । यो बेगर देशमा स्थायित्व, समृद्धि र बिकाशको कुरा सत्ता पलट र स्वार्थ समुह फेर्ने बाहेक केहि हैन । अहिले कम्युनिस्ट एकता र कम्युनिस्ट दम्भका रुपमा जे जे देखिदै छ । त्यो त्यहि स्वार्थ सिद्धी मात्र हो ।

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.