• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला


  •   बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
  • काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ । बुधबार काराकासले सार्वजनिक प्रतिक्रिया दिँदै तेल व्यापार सामान्य रूपमा जारी रहेको स्पष्ट पारेको हो ।

    Advertisement

    मङ्गलबार ट्रम्पले भेनेजुएलाबाट भित्र–बाहिर हुने सबै तेल ट्याङ्करहरूलाई लक्षित गर्दै ‘पूर्ण र सम्पूर्ण अवरोध’ लगाएको घोषणा गर्नुभएको थियो । यो कदमलाई अधिनायकवादी वामपन्थी राष्ट्रपति निकोलस मदुरोविरुद्ध महिनौँदेखि चलिरहेको सैन्य तथा आर्थिक दबाब अभियानको पछिल्लो कडीका रूपमा हेरिएको छ ।

    विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाले भने यस्तो घोषणाले आफूलाई नछोएको बताएको छ । राज्य स्वामित्वको तेल कम्पनी पेट्रोलिओस डे भेनेजुएला (पिडिभिएसए) ले विज्ञप्ति जारी गर्दै ‘कच्चा तेल तथा उप–उत्पादनको निर्यात सञ्चालन पूर्ण रूपमा सामान्य अवस्थामा छ र कम्पनीसँग सम्बन्धित ट्याङ्करहरू सुरक्षित रूपमा यात्रा गरिरहेका छन्’ भनी जानकारी दिएको छ ।

    ट्रम्पले क्यारिबियन क्षेत्रमा रहेको भारी अमेरिकी सैन्य उपस्थितिको उल्लेख गर्दै भेनेजुएला ‘दक्षिण अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो नौसैनिक घेराबन्दीमा परेको’ चेतावनी दिनुभएको थियो । बुधबार पुन: उहाँले अमेरिकी सेनाले कसैलाई पनि भेनेजुएलाभित्र पस्न नदिने दोहोर्‍याउनुभयो र भेनेजुएलाले ‘हाम्रो सबै तेल लिएको’ आरोप लगाउनुभयो । उहाँले भेनेजुएलाको तेल उद्योग राष्ट्रियकरणप्रति सङ्केत गर्दै अमेरिका आफ्नो ऊर्जा अधिकार फिर्ता चाहने धारणा व्यक्त गर्नुभएको हो ।

    यसैबीच राष्ट्रपति मदुरोले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गरी वासिङ्टनबाट आएका ‘खतराहरूको वृद्धि’ र त्यसले क्षेत्रीय शान्तिमा पार्न सक्ने प्रभावबारे छलफल गर्नुभएको छ । महासचिव गुटेरेसले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गर्नुभएको छ ।

    भेनेजुएलाको अर्थतन्त्र मुख्यत: पेट्रोलियम निर्यातमा निर्भर छ । ट्रम्पको दबाब अभियानको उद्देश्य मदुरोको आन्तरिक समर्थन कमजोर पार्नु रहेको विश्लेषकहरू बताउँछन् । तर भेनेजुएलाको सेनाले आफूहरू यस्तो धम्कीबाट ‘डराएका छैनौँ’ भन्ने प्रतिक्रिया दिएको छ ।

    भेनेजुएलाको तेलको प्रमुख बजार चीनले पनि काराकासलाई समर्थन जनाएको छ । चिनियाँ विदेशमन्त्रीले आफ्ना भेनेजुएलाली समकक्ष यवन गिलसँग फोनवार्ता गर्दै सबै एकपक्षीय धम्कीको विरोध गर्ने र सबै देशको सार्वभौमिकताको रक्षा गर्न समर्थन जनाउने बताउनुभएको छ ।

    गत हप्ता एम/टी स्किपर नामक जहाज अमेरिकी कारबाहीमा कब्जा भएपछि मदुरोविरुद्धको दबाब झनै तीव्र भएको मानिन्छ । अगस्टमा ट्रम्पले क्यारिबियन क्षेत्रमा सन् १९८९ पछि सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनाथीको आदेश दिनुभएको थियो, जसलाई औपचारिक रूपमा लागुऔषध तस्करीविरुद्धको कदम भनिए पनि भेनेजुएलालाई लक्षित गरिएको आरोप काराकासले लगाउँदै आएको छ ।

    क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा भएका यस्ता अमेरिकी कारबाहीमा कम्तीमा ९९ जनाको ज्यान गइसकेको छ, पछिल्लो आक्रमणमा मात्र चार जनाको मृत्यु भएको बताइएको छ । काराकासले यी अपरेसनहरू मदुरोलाई हटाउने र भेनेजुएलाको तेल नियन्त्रणमा लिने प्रयासको आवरण भएको दाबी गरेको छ ।

    बढ्दो तनावका बीच सम्भावित अमेरिकी हस्तक्षेपको डर पनि चुलिँदै गएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले संयुक्त राष्ट्रसङ्घको भूमिका कमजोर देखिएको टिप्पणी गर्दै ‘कुनै पनि रक्तपात रोक्न’ अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताउनुभएको छ ।

    अमेरिकी नाकाबन्दीले भेनेजुएलाको कमजोर अर्थतन्त्रलाई गहिरो असर पारेको इतिहास छ । सन् २०१९ देखि अमेरिकी तेल प्रतिबन्ध झेल्दै आएको भेनेजुएलाले आफ्नो तेल कालो बजारमा निकै सस्तो मूल्यमा, मुख्यत: एसियाली मुलुकहरूमा बेच्नुपरेको छ । हाल देशले प्रतिदिन करिब १० लाख ब्यारेल तेल उत्पादन गर्छ । यो उत्पादन सन् २००० को सुरुआततिरको उत्पादनभन्दा धेरै कम हो ।

    विश्लेषकहरूका अनुसार यो नयाँ नाकाबन्दीले छोटो अवधिमा भेनेजुएलाको अर्थतन्त्रको ‘मुख्य जीवनरेखा काट्न सक्ने’ खतरा बोकेको छ र मध्यम अवधिको प्रभाव अमेरिका–भेनेजुएला सम्बन्ध कतातर्फ जान्छ भन्नेमा निर्भर रहनेछ ।

    बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.