• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेतृत्व चयन महाधिवेशन वा पदलोलुपताको ताण्डवनृत्य ?


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १७, अंक १५ मा प्रकाशित सम्पादकीय

    Advertisement

    विश्व कम्युनिस्ट आन्दोलनमा सामान्य परम्पराको रूपमा पहिला राजनीतिक लाइन पास गर्ने, त्यसपछि मात्र नेतृत्व चयन गर्ने परम्परा रहिआएको छ । त्यसका पछाडि ‘नेतृत्व होइन, नीति प्रधान’ विचारले काम गरेको छ । यही कारणले गर्दा पार्टीको महाधिवेशनमा सर्वप्रथम राजनीतिक प्रतिवेदन, विधान, तात्कालिक राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव आदिमाथि छलफल गरिन्छ । मुख्यतः राजनीतिक प्रतिवेदनमा छलफल गर्दा गत कालका राम्रा र नराम्रा कामको समीक्षा गरिन्छ । गल्तीप्रति आत्मालोचना गरिन्छ । यी समग्र दस्तावेजमार्फत पार्टीले अर्को महाधिवेशनसम्मका लागि राजनीतिक लाइन निश्चित गर्दछ । तबसम्म नेतृत्वमा को रहने भन्ने विषयसमेत टुङ्गो लागिसकेको हुन्छ किनकि जसको राजनीतिक लाइन पास हुन्छ, उसैको नेतृत्व कायम हुँदा महाधिवेशनद्वारा पारित राजनीति कार्यान्वयनमा जान्छ तर यो निरपेक्ष सत्य हो । राजनीतिक लाइन जसको पारित भए पनि हाउसले समग्र रूपमा केन्द्रीय समितिको प्यानल पारित गर्दछ । हाउसले पारित गरेको केन्द्रीय समितिले आफूमध्येबाट पोलिटब्युरो, केन्द्रीय कार्यालय र महामचिव वा महामन्त्री चयन गर्दछ । कम्युनिस्ट पार्टीको सङ्गठनात्मक राजनीतिक जनवादी केन्द्रियताअनुसार विश्व कम्युनिस्ट आन्दोलनमा यही प्रकारको अभ्यास रहिआएको छ ।

    पछिल्लो समयमा कम्युनिस्ट भनिएका कैयौँ नामधारी पार्टी बहुपदीय संरचनामा गएका छन् । खासगरी संसदवादी राजनीति अपनाएपछि उनीहरूले आमूल परिवर्तनका लागि भन्दा पनि चुनावी सफलतालाई केन्द्रमा राख्न थालेका छन् । फलस्वरूप उनीहरूले खुकुलो प्रकारको ढिलाढाला पार्टी बनाउँछन्, जुन नेतृत्वले अप्ठ्यारो परिस्थितिमा मैदान छोडिहाल्छ । स्मरण गर्नुहोस्, अहिलेका सत्ताधारी पार्टीहरू २०५२–६२ सालको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा गाउँ छाडेका थिए । गत भदौमा जेनजी प्रदर्शन उठ्दा संसद्को दुई ठुला पार्टीको सरकारप्रमुखले नै बालुवाटार छोडेका थिए । यस खालको चुनावी सफलतालाई केन्द्रमा राखेर सङ्गठन सञ्चालन गर्ने क्रममा ती नामधारी कम्युनिस्ट पार्टीले महाधिवेशनमा दुई भागमा बाँडेका छन् : विधान महाधिवेशन र नेतृत्व चयनको महाधिवेशन । यतिखेर एमालेको नेतृत्वको चयनको एघारौँ महाधिवेशन चलिरहेको छ ।

    विधान महाधिवेशनबाट विधान निर्माण गरिन्छ । एमालेको विधान हेर्ने हो भने पछिल्लो नेतृत्व चयनको महाधिवेशनका प्रतिनिधि नै यसका प्रतिनिधि हुन्छन् । त्यसमाथि केही प्रतिशत (पाँचदेखि दश प्रतिशतसम्म) प्रतिनिधि केन्द्रीय समितिले मनोनयन गर्दछ । यसरी तयार पारिएको विधान महाधिवेशनअनुसार नेतृत्व चयनको महाधिवेशन सम्पन्न हुन्छ । यहाँ उल्लेखनीय छ, विधान महाधिवेशनले एउटा निर्णय गरिसकेपछि पनि नेतृत्वले चाह्यो भने कुनै पनि बेला त्यसमा संशोधन गर्ने गरिन्छ । यसरी विधान महाधिवेशन भनिए पनि त्यो वास्तविक महाधिवेशन हुँदैन । एमालेकै उदाहरण हेर्ने हो भने केन्द्रीय समितिको निर्णयले विधान महाधिवेशनभन्दा अघिपछि विधान संशोधन गरिएको पाइन्छ । उदाहरणका लागि ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने प्रावधानलाई लिन सकिन्छ ।

    जहाँसम्म नेतृत्व चयनको महाधिवेशन हो, राजनीतिक लाइनबाट त्यसलाई पृथक बनाउँदासाथ त्यसमा पदलोलुपता बाँकी रहन्छ । वास्तवमा नेतृत्व चयनको महाधिवेशन पार्टीभित्र पदका लागि मरिहत्ते गर्ने वा पदलोलुपताको ताण्डवनृत्य गर्ने निकाय बन्न पुग्दछ । कुनै पनि पार्टीको नेतृत्व चयन त्यसको आन्तरिक मामिला हो । त्यसलाई सार्वजनिक चर्चाको विषय बनाउनु आवश्यक हुन्न तर एमालेले आफ्‌नो नेतृत्व चयनलाई अनावश्यक रूपमा चर्चाको विषय बनाएको छ । त्यसले गर्दा एमालेजनहरू नेतृत्वको खुल्ला ताण्डवनृत्य गरिरहेका छन् । नेपाली कङ्ग्रेस त त्यस खालको ढिलाढाला संसदीय पार्टी हो नै, एमालेले पनि आफूलाई कङ्ग्रेसकै स्तरमा उभ्याएको छ । पहिला विधान महाधिवेशन, त्यसपछि नेतृत्व चयनको महाधिवेशन, सही राजनीतिक लाइनप्रति पूर्ण उपेक्षा, महाधिवेशनअघि, महाधिवेशनको दौरानमा र महाधिवेशनपछि गुटबन्दीको नग्न अभ्यास कुनै पनि संसदवादी पार्टीका विशेषता हुन्छन् । यो एमालेको हकमा पनि सत्य हो ।

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.