• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ट्रम्पपछि इयुको नयाँ यथार्थ


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • ब्रसेल्स । सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसायोग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाटै युरोपेली सङ्घ (इयु) को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यहरूमाथि दबाब बढ्दै गएको छ । यही परिवेशमा यस हप्ता हुने इयु शिखर सम्मेलन असाधारण रूपमा महत्त्वपूर्ण मानिएको छ, जसले कठिन वर्षको अन्त्यतर्फ सङ्केत गरेको छ ।

    Advertisement

    गत हप्ता युरोपमा रहेका रुसी सम्पत्तिमा अनिश्चितकालीन रूपमा रोक लगाएपछि इयु नेताहरूले बिहीबार हुने शिखर सम्मेलनमा शक्ति र एकताको नयाँ परीक्षा सामना गरिरहेका छन् । युक्रेन गम्भीर आर्थिक सङ्कटमा परेकाले सम्भवतः नयाँ क्षतिपूर्ति ऋणको माध्यमबाट नेताहरूले आगामी दुई वर्षका लागि किएभको आर्थिक तथा सैन्य आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भन्नुभयो, “यो युरोप र युक्रेन दुवैका लागि सङ्कटको समय हो । युक्रेनी अर्थतन्त्रलाई सुरक्षित गर्नु मात्र होइन, ह्वाइट हाउससहित विश्व समुदायलाई युरोप एक बलियो भू–राजनीतिक खेलाडी हो भन्ने सन्देश दिन पनि यो निर्णय आवश्यक छ ।” हाल डेनमार्कले युरोपेली सङ्घ (इयु) को घुमाउरो अध्यक्षता गरिरहेको छ ।

    महादेशमा दशकौँयताकै ठूलो स्थलयुद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धम्की, युरोपको अति–दक्षिणपन्थीप्रति उहाँको समर्थन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकटताले युरोपेली नेताहरूलाई निरन्तर दबाबमा पारेको छ । सुरुआती चरणमा युरोपेली नेताहरूले चापलूसीपूर्ण प्रतिक्रिया दिए पनि पछिल्ला महिनाहरूमा त्यो क्रम घट्दै गएको देखिन्छ ।

    जनवरीदेखि ट्रम्पले कहिले युक्रेन र कहिले रुसप्रति झुकाव देखाउँदै धारणा परिवर्तन गर्नुभएको छ । उहाँले युरोपको आलोचना बारम्बार गर्नुभएको छ र त्यो आलोचना अझ कडा बन्दै गएको छ । यद्यपि युरोपेली नेताहरूले युक्रेनका लागि सैन्य सहयोग बढाएका छन्, उनीहरू स्वीकार गर्छन् कि संयुक्त राज्य अमेरिका अपरिहार्य साझेदार हो र पुटिनसँग शान्ति वार्ता गर्न सक्ने एकमात्र पश्चिमी नेता ट्रम्प नै हुनुहुन्छ ।

    जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले चेतावनी दिँदै भन्नुभयो, “हामी अहिले निर्णायक मोडमा छौँ । अब पहिले जस्तो अवस्था छैन, फरक समय आएको छ र फरक प्रतिक्रियाहरू आवश्यक छन् ।”

    ट्रम्प पुनः सत्तामा फर्किएको केही हप्तामै अमेरिकी प्रशासनले युरोपले अब आफ्नो सुरक्षा र युक्रेनको जिम्मेवारी आफैँ लिनुपर्ने सङ्केत दिएको थियो । उपराष्ट्रपति जेडी भान्सले जर्मनीमा अति–दक्षिणपन्थी नेतासँग भेट गर्दै युरोपमा अभिव्यक्ति स्वतन्त्रता कमजोर भएको र चुनावी हस्तक्षेप भएको आरोप लगाउनुभयो । यिनै विचारहरू अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा समेत समेटिएका छन्, जहाँ इयुका आप्रवासन नीतिमाथि कडा आलोचना गरिएको छ ।

    कार्नेगी युरोप थिङ्क ट्याङ्ककी जुडी डेम्प्सीले भन्नुभयो, “युरोपसँग प्रतिक्रिया दिनुबाहेक अब अर्को विकल्प छैन । यो अमेरिकी प्रशासनले साझेदारहरूलाई कस्तो व्यवहार गर्छ भन्ने कुरा सबैले बुझिसकेका छन् ।”

    गत महिना सार्वजनिक भएको ट्रम्प प्रशासनको युद्ध अन्त्यसम्बन्धी २८ बुँदे योजनाले युरोपलाई थप चिन्तित बनाएको छ । रुससँग मिलेर तयार गरिएको उक्त योजनामा क्रेमलिनका पुराना मागहरू समेटिएको भन्दै युक्रेन र उसका युरोपेली समर्थकहरूले अस्वीकार्य मानेका छन् । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भने ट्रम्पलाई युक्रेन युद्धका कारणहरू बुझ्ने एकमात्र पश्चिमी नेता भनेर प्रशंसा गर्नुभएको छ ।

    यसै वर्ष ट्रम्पले व्यापक भन्सार शुल्क घोषणा गर्दै आर्थिक आपतकाल घोषणा गर्नुभयो । जुलाईमा अमेरिका र इयुबीच धेरै सामानमा १५ प्रतिशत भन्सार दर तय गर्ने सहमति भए पनि युरोपले यसलाई युक्रेनप्रतिको अमेरिकी समर्थन जोगाउने मूल्यका रूपमा स्वीकार गरेको देखिन्छ ।

    व्यापार तनावका बाबजुद नाटोमा युरोपेली देशहरूले रक्षा खर्च कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५ प्रतिशत पु¥याउने ट्रम्पको मागमा सहमति जनाएका छन् । इयुले भने सन् २०३० सम्म बाह्य आक्रमणबाट आफूलाई जोगाउन सक्षम हुने लक्ष्य लिएको छ । अधिकारीहरूका अनुसार यदि युक्रेन पराजित भयो भने पुटिनले तीनदेखि पाँच वर्षभित्र युरोपका अन्य भागमा आक्रमणको आदेश दिन सक्नुहुन्छ ।

    यही पृष्ठभूमिमा बिहीबार हुने इयु शिखर सम्मेलन आगामी दुई वर्षका लागि युक्रेनको अर्थतन्त्र र सैन्य प्रयासलाई वित्तपोषण गर्ने विषयमा केन्द्रित छ । यो बैठक संयुक्त राज्य अमेरिकाबिनै अघि बढ्ने अर्को निर्णायक कदमका रूपमा हेरिएको छ । बैठकका अध्यक्ष, इयु काउन्सिलका एन्टोनियो कोस्टाले सहमति नभएसम्म नेताहरूलाई ब्रसेल्समै केही दिन राख्ने सङ्केतसमेत गर्नुभएको छ ।

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.