• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतीय सञ्चार माध्यमको कृत्य आपत्तिजनक, निन्दनीय र अपराधिक : मसाल

"सरिता गिरीलाई कारबाही गर्ने निर्णय स्वागतयोग्य, बाढीपहिरोपीडितको उद्धार र राहतमा लाग्न सरकारसित अपिल "

  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गरेर समाचार सम्प्रेषण गर्ने भारतीय सञ्चार माध्यमको कृत्यलाई आपत्तिजनक, निन्दनीय र अपराधिक बताएको छ । पार्टीले सञ्चार माध्यमको यस्तो कृत्यलाई भारत सरकारले नियन्त्रण नगरेकोमा प्रधानमन्त्री मोदीको संलग्नताबारे आशङ्कासमेत प्रकट गरेको छ ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ असार २६ गते जारी प्रेसवक्तव्यमा पार्टीको सो अवधारणा सार्वजनिक भएको हो । वक्तव्यमा भारत, नेपाल र संसारभरिकै मिडियाले पीतपत्रकारिता गर्न नहुने स्मरण गराइएको छ । त्यसैगरी, राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डता विरोधी अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई सम्बन्धित पार्टीले गरेको कारबाही र बाढीपहिरोपीडितको उद्धार र राहतमा जुट्न सरकारसित अपिल पनि गरेको छ ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “भारतीय सञ्चार माध्यमहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गरेर समाचार सम्प्रेषण गरिरहेका छन् । संसारमा पत्रकारिताको पेशा सम्मानित छ र त्यस क्षेत्रले पालना गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन पनि निश्चित गरिएका छन् । भारतीय टेलिभिजनले पत्रकारितासम्बन्धी न्यूनतम मापदण्डको पनि हेक्का गर्न सकेका छैनन् र नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा स्वाधीनताको विरुद्ध अफवाहपूर्ण र तथ्यहीन समाचार सम्प्रेषण गरिरहेका छन् । त्यसरी चरित्रहत्या वा कुनै स्वतन्त्र मुलुकको सार्वभौमिकताका विरुद्ध समाचार सम्प्रेषण गर्नु आपत्तिजनक, निन्दनीय र अपराधिक छ । हामीले भारतीय टेलिभिजनको उक्त कार्यको निन्दा र भत्र्सना गर्दछौँ ।

    आफ्ना देशको पत्रकारिताको स्थिति कसरी गुज्रिरहेको छ वा के गर्दै छ ? भन्ने प्रश्नमा मोदी सरकार बेखवर रहेको वा अहिलेसम्म ती टेलिभिजनको निन्दनीय कार्यमाथि कुनै नियन्त्रण नहुनुले स्वयम् मोदी सरकार पनि त्यो कार्यमा सामेल रहेको बुझिन्छ । भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या वा नेपालका विरुद्ध जुन समाचार सम्प्रेषण गरिरहेका छन्, त्यसले भारतीय मिडियाको स्तरमा पनि गम्भीर प्रश्न खडा गर्दछ । त्यस प्रकारको स्तरका लागि भारतीय मिडियाक्षेत्र मात्र जिम्मेवार छ वा स्वयम् भारत सरकारको प्रेसनीतिसमेत जिम्मेवार छ ? आउने दिनमा अन्तर्राष्ट्रिय रूपमा नै त्यो कुरा अरू प्रष्ट हुँदै जाने छ ।

    भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकताका विरुद्ध षड्यन्त्रकारी कार्य गर्दै आएको छ र अहिले भारतीय टेलिभिजनले नेपालका विरुद्ध प्रसारण गरिरहेका कार्य त्यही षड्यन्त्रको सिलसिला भएको कुरा स्पष्ट छ । नेपालका भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रमा भएको भारतीय साम्राज्यवादी अतिक्रमणका विरुद्ध नेपाली जनताले सङ्घर्ष गर्दै आएका छन् । त्यस सन्दर्भमा नेपालको संसदले पनि नयाँ नक्सा जारी गरिसकेको छ । यस विषयमा भारतीय सञ्चार माध्यमले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताका विरुद्ध अभियान नै सञ्चालन गरेका छन् । उनीहरूको त्यो कार्यले भारतीय साम्राज्यवादको कुरूप र घिनलाग्दो तस्बिरलाई व्यक्त गर्दछ ।
    भारतीय सञ्चार माध्यमको पीतपत्रकारिता र चरित्रहत्याको कार्यका विरुद्ध नेपालमा प्रेस काउन्सिल र पत्रकार महासङ्घले गरेको विरोध तथा प्रतिवादलाई हाम्रो पार्टीले स्वागत गर्दछ । त्यसैगरी नेपाल र नेपालीको अस्मिताका विरुद्ध पीतपत्रकारिता गरिरहेका भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न मल्टिसिस्टम अपरेटर (एमएसओ) को निर्णय तथा नेपाल केबुल टेलिभिजन महासङ्घका निर्णयको पनि हाम्रो पार्टीले सराहना गर्दछ । यसका साथै भारतीय मिडियाको नेपाल विरुद्धको षड्यन्त्र, चरित्रहत्या, तथ्यहीन तथा पीतपत्रकारिताका विरुद्ध एकजुट हुन हामी सम्पूर्ण जनतालाई एकताबद्ध हुन अपिल गर्दछौँ ।

    चरित्रहत्या गरेर समाचार सम्प्रेषण गर्ने कार्य सम्पूर्ण पत्रकारिता जगत्का लागि निन्दनीय र भत्र्सनीय छ । त्यस प्रकारको पीतपत्रकारिताको अवस्था नेपालमा पनि कायम छ । त्यो कुरा स्वयम् हाम्रा पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहका विरुद्ध सम्प्रेषण गरिएका विभिन्न पत्रपत्रिका, अनलाइन पत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित लेख तथा समाचारले पुष्टि गर्दछन् । का. सिंहका विरुद्ध श्रीमतीलाई मन्त्री बनाउनका लागि दौडधुप गरेको भन्नेजस्ता कपोलकल्पित समाचार तथा बिभिन्न छद्म नामधारीका सिआइए शैलीका लेख पटक–पटक प्रकाशित हुने गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीका विरुद्ध पनि त्यस प्रकारका लेख प्रकाशित भएका छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष तथा सांसद का. दुर्गा पौडेलका विरुद्ध पनि त्यस प्रकारका लेख प्रकाशित भएका छन् । त्यसरी नै अन्य कैयौँ कामरेडका विरुद्ध पनि अफवाहपूर्ण समाचार सम्प्रेषण गर्ने कार्य हुँदै आएका छन् । त्यस प्रकारको पीतपत्रकारिताका विरुद्ध हाम्रो पार्टीले कानुनी सङ्घर्ष पनि गरेको छ । पीतपत्रकारिता सत्यतथ्यका विरुद्ध अपनाइने कार्यशैली हो । यसले समाजलाई भ्रमित बनाई भ्रष्ट आचरणमा भड्काउँछ । त्यसैले त्यस प्रकारको प्रवृत्तिमाथि नियन्त्रण कायम राख्नका लागि नेपाल सरकारले पनि ध्यान पु¥याउनुपर्ने आवश्यकता छ ।

    सङ्घीय समाजवादी पार्टीले आफ्नो पार्टीका सांसद सरिता गिरीलाई पार्टी तथा सांसदबाट नै निष्काशित गर्ने कार्यलाई हाम्रो पार्टीले स्वागत गर्दछ । सांसद गिरीले नेपालको नयाँ नक्सा संसदबाट पारित गर्ने कार्यको विरोध गरी भारतीय साम्राज्यवादको दलाली गरेकी थिइन् । त्यस प्रकारको कार्य गर्ने व्यक्तिलाई कारबाही गरेर सङ्घीय समाजवादी पार्टीले सराहनीय कार्य गरेको छ । आगामी दिनमा पनि सबै मधेशवादी सङ्गठनले त्यसरी नै नेपालको राष्ट्रियता र सार्वभौमिकताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउन सके धेरै राम्रो हुने थियो र हामीले त्यस प्रकारको आशा पनि गर्दछौँ ।

    देशका विभिन्न भागमा बाढीपहिरोको कारण ठुलो धनजनको क्षति भएको छ । यसतर्फ सतर्कता अपनाएर नागरिकको जिउधनको रक्षा गर्नका लागि नेपाल सरकारले खास ध्यान दिएको देखिँदैन । बाढीपहिरोको सम्भावना रहेका देशका सबै भागमा आवश्यक सतर्कता र पूर्वतयारीका साथ कार्य गर्नका लागि हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ । यसका साथै बाढीपहिरोको कारणले भएको क्षतिका लागि पीडितको उद्धार गर्दै राहतको उचित व्यवस्था गर्नका लागि पनि हामीले सरकारसित माग गर्दछौँ  ।”

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.